• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

भुटानी शरणार्थी बनाएर ठगी धन्दा: बादलका सुरक्षा सल्लाहकार राईले गर्थे रकमको डिल

बाबुको आडमा छोराले गर्थे प्रहरीका मुद्दामा बार्गेनिङ 
64x64
नेपाल लाइभ मंगलबार, वैशाख १९, २०८०  १७:१६
1140x725
तत्कालीन गृहमन्त्रीको सुरक्षा सल्लाहकारको रुपमा गृह मन्त्रालयको कार्यकक्षमा राई

काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रुपैयाँ ठगी गरेको आरोपमा तत्ल्कालीन गृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापाका (बादल) का सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ गरेका छन्। राईलाई जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले मंगलबार ललितपुरको ठेचोस्थित उनको घरबाट पक्राउ गरेको हो। 

राईविरुद्ध वारेन्ट जारी भएपछि प्रहरी खोजीमा जुटेको थियो। अन्तत: उनी मंगलबार बिहान पक्राउ परे। प्रहरी टोली पक्राउ गर्न राईको घर पुग्दा राई भने सहज रुपमा प्रस्तुत भए। ‘तपाईहरु आउनुहुन्छ भन्ने मलाई थाहा थियो’ भन्दै राई सहजै प्रहरीको गाडी परिसर टेकु पुगेका थिए। प्रहरीले अहिले उनलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ। 

आफूविरुद्ध वारेन्ट जारी भएको जानकारी पाएपछि केही दिनदेखि निदाउन नसकेको राईले प्रहरीसमक्ष बताएका छन्। 

राई पक्राउ पर्नुभन्दा पहिला प्रहरीले उनीविरुद्ध प्रमाण जुटाएको थियो। तिनै प्रमाणका आधारमा पक्राउ पूर्जी जारी भएपछि उनलाई नियन्त्रणमा लिइएको परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक  (एसएसपी) दानबहादुर कार्कीले बताए। 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी भएको बेला राई तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार थिए। उनै राईले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसाको डिल गर्ने गरेको पाइएको प्रहरी स्रोतले जनाएको छ। 

यो प्रकरणमा राईदेखि अन्य नेता तथा गृह मन्त्रालयकै उच्च तहका कर्मचारीको संलग्नता रहेको पीडितहरुले बताएका थिए। हाल पक्राउ परेका राई स्वयम्‌ले नै कतिपयलाई भेटेर आफूले सहयोग गर्ने बताएको भन्दै पीडितहरुले बयान दिएको तथा राईलाई रकम दिएको समेत बताएका थिए। 

राईले यो काम मन्त्रीस्तरबाटै हुने र माथि समेत मिलाउनुपर्ने भन्दै मोटो रकम असुलेको आरोप लागेको छ। 

छोराविरुद्ध पनि पक्राउ पूर्जी
इन्द्रजित राईसँगै उनका छोरा निरज राईविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ। पीडितहरुले अमेरिका जाने भन्दै निरजको खातामा तथा भेटेर नगदै रकम बुझाएको बताएका छन्। 

Ncell 2
Ncell 2

पक्राउ परेका अन्य व्यक्तिहरुसँगको बयानबाट समेत निरजको संलग्नता देखिएकाले उनीविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको प्रहरीले जनाएको छ। निरज भने अहिलेसम्म फरार छन्। 

‘पक्राउ पूर्जी जारी भएको सूचना पाएपछि निरज अहिलेसम्म फरार छन्। हामी उनको खोजीमा जुटिरहेका छौँ,’ परिसरका एक अधिकृतले भने। ती अधिकृतका अनुसार निरजसँगै अन्य केही व्यक्तिविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ। 

निरजको संलग्नता नेपालीलाई भुटानी शरणार्थीलाई बनाएर अमेरिका लैजाने भनेर भएको ठगीसँगै अन्य घटनामा पनि देखिएको प्रहरी स्रोतको भनाइ छ। उनले आफ्ना बाबु गृहमन्त्रीको सुरक्षा सल्लाहकार भएको बेला प्रहरीमा आएको उजुरी तथा मुद्दामा समेत मोलमोलाई गर्दै अनुचित लाभ लिने गरेको पाइएको प्रहरी स्रोतले जनाएको छ। 

कतिपय व्यक्तिलाई छाड्न तथा थुन्न दबाब दिने, नमानेको अवस्थामा सरुवा तथा कारबाही सम्मका धम्की दिने गरेको पाइएको एक अधिकृतले बताए। ‘प्रहरीमा आउने उजुरी तथा मुद्दाहरुमा समेत निरजले अनुचित लाभ लिने गरेको देखियो। उनीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि निरजबाट पीडित भएकाहरुले अहिले उक्त कुराहरु बताउने गरेका छन्,’ एक प्रहरी अधिकृतले भने। 

संगिठत अपराधको कसुरमा अनुसन्धान 
प्रहरीले यो ठगी प्रकरणमा संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढाएको छ। सुरुवाती क्रममा ठगीको कसुरमा मात्रै अनुसन्धान अघि बढाइए पनि पछि अन्य व्यक्ति समेत पक्राउ परेपछि संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ। 

संगठित अपराधको कसुरमा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने प्रावधान छ। यो प्रकरणमा ५० करोड रुपैयाँ भन्दा बढी ठगी भएको पाइएको छ। 

यो प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परेका छन्। राईसँगै यो प्रकरणमा ललितपुर महानगरपालिका–२३ घर ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राईलाई पक्राउ परेका थिए।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै गृहमन्त्री रामबहादुर थापाको पालामा २०७६ जेठमा एउटा कार्यदल नै गठन गरिएको थियो। गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए। तर, पन्थी नेतृत्वको कार्यदलले भने मिलेमतोमा नेपाली नागरिकलाई भुटानी शरणार्थीको सूचीमा राखेको खुलेको थियो। अमेरिका लैजाने र त्यसवापत मोटो रकम असुल्ने उद्देश्यसहित ४२९ जनालाई भुटानी शरणार्थीको सूचीमा समेटिएको थियो। 

तीमध्ये अधिकांश वास्तविक भुटानी शरणार्थी नभइ नेपाली नागरिक रहेको खुलेको थियो। नेपाली नागरिकलाई नै भुटानी शरणार्थीको सूचीमा राखिएको विषय सार्वजनिक भएपछि उक्त प्रतिवेदन नै गुपचुप पारिएको थियो। गुपचुप पारिएको उक्त प्रतिवेदन भने अहिले पक्राउ परेको गिरोहको हातमा पुगेको थियो। उनीहरुले त्यही प्रतिवेदनमा ४४६ जना नेपाली नागरिकको नाम समेट्दै उनीहरुलाई अमेरिका लैजाने भनेर रकम उठाउने गरेको पाइएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
सम्बन्धित सामग्री
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ भने नेपाल बार एसोसिएसन लगायतले आलोचना र फिर्ता लिन दबाब बढाएपछि महान्यायाधिव... शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन आसन्न निर्वाचनको तयारीका लागि निर्वाचन आयोग परिसरमा चहलपहल बढिरहेका बेला नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता... शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
अमरेशकुमार सिंह रास्वपा प्रवेश सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्