काठमाडौं– कात्तिक महिनामा जम्मा १२ दिनमात्र सरकारी कार्यालय खुल्ने भएका छन् । दशैँ, तिहार, नेपाल संवत् र छठ बिदाका कारण ३० दिनको महिनामा १८ दिन बिदा परेको छ । सातामा दुई दिन बिदा दिने चलन सुरु भएपछि दुई वटा आइतबार कात्तिक ८ र १५ गते पनि यस पटक बिदामा गनिएका छन् ।
कात्तिक १ गतेदेखि बिदा रहेका कार्यालय अब ९ गते सोमबार खुल्नेछन् । १०, ११, १२ र १३ गते खुला रहने कार्यालय पुनः १६, १७, १८, १९ र २० गते खुल्नेछन् ।
यस्तै, कात्तिक २७ गते र ३० गते पनि कार्यालय खुला रहने सरकारी क्यालेन्डरमा जनाइएको छ ।
२०८३ सालको ३१ दिनको असोज महिनामा पनि २२ दिनमात्र सरकारी कार्यालय खुलेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।