• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी

64x64
नेपाल लाइभ आइतबार, कात्तिक ८, २०८३  २०:००
1140x725

 

 काठमाडौं - महिला हिंसासहितका विभिन्न आरोपमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा सांसद खगेन्द्र सुनारले आरोप अस्वीकार गरेपछि पार्टीको अनुशासन आयोगलाई अनुसन्धान अघि बढाउन थप प्रमाण जुटाउनुपर्ने भएको छ। सार्वजनिक भएको अडियो आफ्नो नभएको र आफूविरुद्ध षड्यन्त्र भएको दाबी सुनारले गरेपछि आयोगले अडियोको प्राविधिक परीक्षणदेखि सम्बन्धित व्यक्तिहरूसँग थप सोधपुछसम्मका विकल्पमा छलफल थालेको छ।

सुनारमाथि लागेका आरोपबारे अनुसन्धान गर्न पार्टीले पत्र पठाएपछि अनुशासन आयोगले उपप्रमुख एवं प्रवक्ता अधिवक्ता हरिचन्द्र भट्टराईको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले सार्वजनिक रूपमा उठेका प्रश्न र आरोपबारे लिखित जवाफ माग्दा सुनारले आरोप अस्वीकार गर्दै प्रतिक्रिया दिएका हुन्।

समितिका संयोजक भट्टराईका अनुसार सुनारले आरोप स्वीकार नगरेपछि अब सार्वजनिक सामग्रीको सत्यता परीक्षण र थप प्रमाण संकलनमा केन्द्रित हुनुपर्ने भएको छ।

‘अडियोका सन्दर्भमा पत्राचार गरेका थियौं। यस्तो खालको अडियो आयो, यस्ता किसिमका प्रश्न उठेका छन्, यस विषयमा के कस्तो हो भनेर उहाँको प्रतिक्रिया मागेका थियौं,’ भट्टराईले भने, ‘उहाँको इन्कारी प्रतिक्रिया आयो। अब अन्य प्रमाण खोज्नुपर्ने भयो। यो विषयमा अनुसन्धान थप गहिराइमा जानुपर्ने अवस्था छ।’

सुनारसम्बन्धी विवाद जनआस्थाले अडियो र बैंकिङ कारोबारको विवरणसहित समाचार प्रकाशित गरेपछि सार्वजनिक भएको थियो। समाचारमा सुनारले एक महिलालाई अश्लील गालीगलौज गरेको, पैसा मागेको र ज्यान मार्ने धम्की दिएको सुनिने अडियो सार्वजनिक गरिएको थियो। त्यस्तै, बिहे गर्ने प्रलोभनमा पारी अश्लील भिडियो तथा तस्बिर बनाएर ब्ल्याकमेल गरेको आरोप पनि समाचारमा उल्लेख थियो। यी आरोपको स्वतन्त्र पुष्टि भने अनुसन्धानबाट हुन बाँकी छ।

विवाद सार्वजनिक भएपछि रास्वपा महामन्त्री विपिन आचार्यले विषयलाई गम्भीर र संवेदनशील भन्दै अनुसन्धानको जिम्मेवारी अनुशासन आयोगलाई दिएका थिए। महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, धम्की तथा शंकास्पद आर्थिक कारोबारसम्बन्धी आरोपलाई पार्टीले सामान्य रूपमा नलिने उनको भनाइ थियो।

पार्टीले अनुसन्धान प्रक्रिया अघि बढाउँदै सुनारलाई केन्द्रीय सदस्य र सांसदको हैसियतमा कुनै पनि कार्यक्रममा सहभागी नहुन निर्देशनसमेत दिएको थियो।

महिलाको अन्तर्वार्ता र अडियो परीक्षणमा चासो

अनुसन्धानका क्रममा समितिले सुनारको भनिएको अडियोसहितका सामग्री बुझ्न जनआस्थाको कार्यालयमा पुगेर आवश्यक विवरण लिएको थियो। त्यसैगरी, पीडित भनिएकी महिलाले न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा’ कार्यक्रममा दिएको अन्तर्वार्ताको अडियो उपलब्ध गराउन पत्राचार गरेको छ। तर, समितिले उक्त अडियो प्राप्त गरिसकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

सुनारले आरोप अस्वीकार गर्नु र महिलाले टेलिभिजन अन्तर्वार्तामा हिंसा नभएको बताएको विषयलाई समेत समितिले अनुसन्धानको दायरामा राखेको छ। त्यसैले सार्वजनिक अडियो, सम्बन्धित व्यक्तिका भनाइ र उपलब्ध अन्य प्रमाणबीचको सम्बन्ध पहिल्याउनु समितिका लागि महत्त्वपूर्ण हुने देखिएको छ।

समितिका एक सदस्यले इन्कारी बयान र महिलाको अन्तर्वार्तापछि अनुसन्धान थप गहिराइमा लैजानुपर्ने अवस्था आएको बताए। यद्यपि, उपलब्ध सामग्रीका आधारमा महिलाले पहिले दिएको भनाइबाट पछि हटेको वा कुनै दबाबमा परेको निष्कर्ष निकाल्न नसकिने समितिको अनुसन्धान प्रक्रियाले स्पष्ट पार्नुपर्ने हुन्छ।

संयोजक भट्टराईले सुनारले आरोप लगाइएअनुसारका काम नगरेको भए उनको मानमर्दन र छविमा क्षति पुगेको हुन सक्ने पक्षलाई पनि अनुसन्धानमा ध्यान दिइने बताए।

‘उहाँले भनेको होइन भने त उहाँको मानमर्दन भयो, छविको क्षयीकरण हुन्छ। त्यसैले पनि यो विषय गहिरोसँग हेर्नुपर्ने जिम्मेवारी समिति समक्ष छ,’ भट्टराईले भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्राविधिक परीक्षणपछि अनुसन्धानले दिशा लिने

सुनारको भनिएको अडियोको प्रामाणिकता यकिन गर्न प्राविधिक परीक्षण गर्ने विषयमा समितिभित्र छलफल भइरहेको छ। तर, परीक्षण गर्ने वा नगर्ने भन्नेबारे औपचारिक निर्णय भइसकेको छैन।

न्यूज २४ बाट महिलाको अन्तर्वार्ताको अडियो प्राप्त भएपछि समितिको बैठक बसेर परीक्षणलगायतका थप अनुसन्धान प्रक्रियाबारे निर्णय लिइने भट्टराईले बताए। सुनारसँग अडियोको विषयमा थप सोधपुछ गर्ने तयारी पनि समितिको छ।

समितिमा संयोजक भट्टराईसहित रामचन्द्र कार्की, सुशीला सिम्खडा, सन्तोष आचार्य, सन्तोष विशुंके र उपेन्द्र नन्दन तिमिल्सिना सदस्य छन्।

सुनारले आरोप अस्वीकार गरिसकेको अवस्थामा सार्वजनिक अडियोको स्रोत, त्यसको प्रामाणिकता, सम्बन्धित व्यक्तिका बयान र अन्य उपलब्ध प्रमाणको परीक्षण अनुसन्धानका मुख्य विषय बन्नेछन्। आयोगले संकलित प्रमाणका आधारमा निष्कर्ष निकाल्नुपर्ने भएकाले तत्कालै आरोप पुष्टि भएको वा निराधार रहेको निष्कर्षमा पुग्ने अवस्था छैन।

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क
सम्बन्धित सामग्री
खगेन्द्रले स्वीकार गरेनन् विवादित अडियो : थप प्रमाण खोज्दै रास्वपा, अडियो परीक्षणको तयारी समितिका संयोजक भट्टराईका अनुसार सुनारले आरोप स्वीकार नगरेपछि अब सार्वजनिक सामग्रीको सत्यता परीक्षण र थप प्रमाण संकलनमा केन्द्रित हुन... आइतबार, कात्तिक ८, २०८३
हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ रामेछापको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा आयोजित पार्टी गाउँपालिका कमिटी पुनर्गठन कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले रोजगारीक... आइतबार, कात्तिक ८, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
पाकिस्तानी खेलाडीको एनपीएल सहभागिता अन्योलमा आइतबार, कात्तिक ८, २०८३
एनपीएलको विजेतालाई १ करोड १० लाख, अन्यले कति पाउँछन् ? आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्