• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
भुटानी शरणार्थी बनाएर ठगी धन्दा :

पक्राउ पुर्जी जारी भएपछि सचिव पाण्डे लुकेका थिए रिसोर्ट, पक्राउ परेपछि नुहाएर आए प्रहरी हिरासत

गृहसचिव भएलगत्तै पाण्डेले किनेका थिए पेप्सीकोलामा ३ करोडको घर
64x64
नारायण अधिकारी बुधबार, वैशाख २०, २०८०  १८:५१
1140x725

काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौ रुपैयाँ ठगी गरेको आरोपमा पूर्वगृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्।
 
पाण्डेलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार पक्राउ गरेको हो। पक्राउ परेका पाण्डेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले ३ दिनको अनुमति दिएको छ।

आउँदो तीन दिनमा हालसम्म पक्राउ परेकाहरुको म्याद सकिने भएकाले सोही अनुसार म्याद मिलान गर्न अदालतले तीन दिनको म्याद दिएको हो। त्यसपछि पुनः म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा फाँटका डीएसपी निरन्जनदत्त भट्टले बताएका छन्।

यो पनि पढ्नुहोस

सचिव पाण्डेलाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखियो

यसअघि हिजो मात्रै परिसरकै टोलीले तत्कालीन गृहमन्त्री तथा एमालेका नेता रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजीत राईलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरुको अहिलेसम्मको बयान र प्राप्त प्रमाणका आधारमा मंगलबार पाण्डेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको थियो। अदालतले पक्राउ पुर्जी दिएलगत्तै पाण्डेको खोजीमा परिसरको टोली जुटेको थियो।

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना पाण्डेले पाएपछि उनी फरार भएका थिए। हिजो राति नै पाण्डेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरे पनि उनी आफ्नो घर पेप्सीकोलामा थिएनन्। उनी भक्तपुरस्थित आशापुरी रिसोर्टमा पुगेका थिए। उनी रातभर त्यही रिसोर्टमा लुकेका थिए। आज बिहान प्रहरी टोली खोजी गर्दै भक्तपुरको आशापुरी रिसोर्टमा पुगेको थियो। प्रहरीले पाण्डेलाई रिसोर्टबाट उनकै गाडीमा राखेर उनको घर पुर्‍याएको थियो।

यो पनि पढ्नुहोस

टोपबहादुरको प्रतिक्रिया- कसैसित फोटो खिचेकै आधारमा जिम्मा लिने कुरा भएन

पाण्डेले प्रहरीलाई केही बयान तथा सोधपुछका लागि एकछिन उपस्थित हुनुपर्ने वा कि बस्नै पर्ने हो भनेर सोधेका थिए। प्रहरीले बस्नुपर्ने हुन्छ सर भनेपछि पाण्डेले नुहाएर जाने इच्छा व्यक्त गरेका थिए। त्यसपछि प्रहरीले उनलाई नुहाउन समय दिएको थियो। नुहाएपछि ड्रेस चेन्ज गरेर पाण्डेले सुट लगाए। झोलामा कपडाको पोका हाले। पाण्डेलाई गाडीको बीचमा राखेर छेउछेउमा प्रहरी बसेर परिसर टेकु पुर्‍याइयो। 

Ncell 2
Ncell 2
nimb
nimb

लगत्तै उनलाई मेडिकल जाँचका लागि पठाइयो। त्यसपछि म्याद थपका लागि अदालत लगियो। म्याद थप गर्न अदालत लैजाने बेला पाण्डेले आफ्नै गाडीमा जाने इच्छा व्यक्त गरेका थिए। तर नमिल्ने भन्दै प्रहरीले आफ्नै भ्यानमा राखेर पाण्डेलाई अदालत पुर्‍याएको थियो। अदालतले ३ दिनको म्याद दिएपछि पाण्डेलाई कहाँ राख्ने भन्दै परिसरका अधिकारीहरुले छलफल गरे। अन्य ठाउँको भन्दा अलि राम्रो र धेरै थुनुवा पनि नभएको तथा मान्छेको जमघटसमेत कम हुने भन्दै तत्कालीन सभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा बसेको प्रहरी वृत्त सिंहदरबारको हिरासतमा पठाइयो।

यो पनि पढ्नुहोस

सचिव पाण्डेलाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिने

गृहसचिव भएलगत्तै पाण्डेले किनेका थिए ३ करोडको घर 
प्रहरी अनुसन्धानका क्रममा पाण्डेले गृहसचिव भएलगत्तै तीन करोड रुपैयाँको घर किनेको खुलेको छ। उक्त घर किन्ने रकम नै भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पीडितहरुबाट उठाएको रकमबाट किनिएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ। 

प्रमाणले पुष्टि गरेपछि मात्रै पाण्डेलाई पक्राउ गरिएको प्रहरीको दाबी छ। एकाएक करोडौंका सम्पत्ति देखिनु र पक्राउ परेका गिरोहसँगको कनेक्सन देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरी अधिकृतहरुले बताएका छन्।

Xtrem
Xtrem

यो पनि पढ्नुहोस

पक्राउ परेका पाण्डेविरुद्ध अदालतबाट तीन दिन म्याद थप

गिरोहका सदस्यहरुसँग कुराकानी गरेको रकेर्डहरु देखिएको, ठगी धन्दाका लागि सहजीकरण गरिदिएको प्रमाण नै फेला परेको प्रहरीको दाबी छ। पाण्डेसँग मुख्यगरी यो ठगी गिरोहका एक नाइके सानु भण्डारीसँग कनेक्सन देखिएको प्रहरीले जनाएको छ। पीडितहरुसँग सन्देश शर्माले रकम उठाउने र उक्त रकम पाण्डेलगायतकका व्यक्तिलाई नगदै दिने काम भने सानु भण्डारीले गरेको देखिएको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस

पक्राउ परेका सचिव पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत पुर्‍याइयो

 

नक्कली भुटानी शरणार्थी प्रकरणः अख्तियारका प्रमुख आयुक्त राई पनि तानिएलान्?

 

भुटानी शरणार्थी बनाएर ठगी धन्दा: एमाले नेता रायमाझीका बाबु–छोराविरुद्ध पक्राउ पूर्जी जारी

 

भुटानी शरणार्थी बनाएर ठगी धन्दा: उपराष्ट्रपति कार्यालय सचिव पाण्डे पक्राउ

 

भुटानी शरणार्थी बनाएर ठगी धन्दा: बादलका सुरक्षा सल्लाहकार राईले गर्थे रकमको डिल

 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १८:५१
  • #नक्कली भुटानी शरणार्थी बनाएर ठगी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जन... शुक्रबार, असोज २३, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार गरिएको बजार अनुगमनका क्रममा ‘श्रीराम अमिलो भण्डार’बाट उक्त परिमा... बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले मलंगवा नगरपालिकाक... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ शुक्रबार, असोज २३, २०८३
स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् शुक्रबार, असोज २३, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्