• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ ५, २०८२ Mon, Jan 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
भुटानी शरणार्थी बनाएर ठगी धन्दा :

पक्राउ पुर्जी जारी भएपछि सचिव पाण्डे लुकेका थिए रिसोर्ट, पक्राउ परेपछि नुहाएर आए प्रहरी हिरासत

गृहसचिव भएलगत्तै पाण्डेले किनेका थिए पेप्सीकोलामा ३ करोडको घर
64x64
नारायण अधिकारी बुधबार, वैशाख २०, २०८०  १८:५१
1140x725

काठमाडौं– नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौ रुपैयाँ ठगी गरेको आरोपमा पूर्वगृहसचिव तथा हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्।
 
पाण्डेलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार पक्राउ गरेको हो। पक्राउ परेका पाण्डेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले ३ दिनको अनुमति दिएको छ।

आउँदो तीन दिनमा हालसम्म पक्राउ परेकाहरुको म्याद सकिने भएकाले सोही अनुसार म्याद मिलान गर्न अदालतले तीन दिनको म्याद दिएको हो। त्यसपछि पुनः म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा फाँटका डीएसपी निरन्जनदत्त भट्टले बताएका छन्।

यो पनि पढ्नुहोस

सचिव पाण्डेलाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखियो

यसअघि हिजो मात्रै परिसरकै टोलीले तत्कालीन गृहमन्त्री तथा एमालेका नेता रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजीत राईलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरुको अहिलेसम्मको बयान र प्राप्त प्रमाणका आधारमा मंगलबार पाण्डेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको थियो। अदालतले पक्राउ पुर्जी दिएलगत्तै पाण्डेको खोजीमा परिसरको टोली जुटेको थियो।

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना पाण्डेले पाएपछि उनी फरार भएका थिए। हिजो राति नै पाण्डेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरे पनि उनी आफ्नो घर पेप्सीकोलामा थिएनन्। उनी भक्तपुरस्थित आशापुरी रिसोर्टमा पुगेका थिए। उनी रातभर त्यही रिसोर्टमा लुकेका थिए। आज बिहान प्रहरी टोली खोजी गर्दै भक्तपुरको आशापुरी रिसोर्टमा पुगेको थियो। प्रहरीले पाण्डेलाई रिसोर्टबाट उनकै गाडीमा राखेर उनको घर पुर्‍याएको थियो।

यो पनि पढ्नुहोस

टोपबहादुरको प्रतिक्रिया- कसैसित फोटो खिचेकै आधारमा जिम्मा लिने कुरा भएन

पाण्डेले प्रहरीलाई केही बयान तथा सोधपुछका लागि एकछिन उपस्थित हुनुपर्ने वा कि बस्नै पर्ने हो भनेर सोधेका थिए। प्रहरीले बस्नुपर्ने हुन्छ सर भनेपछि पाण्डेले नुहाएर जाने इच्छा व्यक्त गरेका थिए। त्यसपछि प्रहरीले उनलाई नुहाउन समय दिएको थियो। नुहाएपछि ड्रेस चेन्ज गरेर पाण्डेले सुट लगाए। झोलामा कपडाको पोका हाले। पाण्डेलाई गाडीको बीचमा राखेर छेउछेउमा प्रहरी बसेर परिसर टेकु पुर्‍याइयो। 

Ncell 2
Ncell 2

लगत्तै उनलाई मेडिकल जाँचका लागि पठाइयो। त्यसपछि म्याद थपका लागि अदालत लगियो। म्याद थप गर्न अदालत लैजाने बेला पाण्डेले आफ्नै गाडीमा जाने इच्छा व्यक्त गरेका थिए। तर नमिल्ने भन्दै प्रहरीले आफ्नै भ्यानमा राखेर पाण्डेलाई अदालत पुर्‍याएको थियो। अदालतले ३ दिनको म्याद दिएपछि पाण्डेलाई कहाँ राख्ने भन्दै परिसरका अधिकारीहरुले छलफल गरे। अन्य ठाउँको भन्दा अलि राम्रो र धेरै थुनुवा पनि नभएको तथा मान्छेको जमघटसमेत कम हुने भन्दै तत्कालीन सभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा बसेको प्रहरी वृत्त सिंहदरबारको हिरासतमा पठाइयो।

यो पनि पढ्नुहोस

सचिव पाण्डेलाई सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिने

गृहसचिव भएलगत्तै पाण्डेले किनेका थिए ३ करोडको घर 
प्रहरी अनुसन्धानका क्रममा पाण्डेले गृहसचिव भएलगत्तै तीन करोड रुपैयाँको घर किनेको खुलेको छ। उक्त घर किन्ने रकम नै भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पीडितहरुबाट उठाएको रकमबाट किनिएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ। 

प्रमाणले पुष्टि गरेपछि मात्रै पाण्डेलाई पक्राउ गरिएको प्रहरीको दाबी छ। एकाएक करोडौंका सम्पत्ति देखिनु र पक्राउ परेका गिरोहसँगको कनेक्सन देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरी अधिकृतहरुले बताएका छन्।

यो पनि पढ्नुहोस

पक्राउ परेका पाण्डेविरुद्ध अदालतबाट तीन दिन म्याद थप

गिरोहका सदस्यहरुसँग कुराकानी गरेको रकेर्डहरु देखिएको, ठगी धन्दाका लागि सहजीकरण गरिदिएको प्रमाण नै फेला परेको प्रहरीको दाबी छ। पाण्डेसँग मुख्यगरी यो ठगी गिरोहका एक नाइके सानु भण्डारीसँग कनेक्सन देखिएको प्रहरीले जनाएको छ। पीडितहरुसँग सन्देश शर्माले रकम उठाउने र उक्त रकम पाण्डेलगायतकका व्यक्तिलाई नगदै दिने काम भने सानु भण्डारीले गरेको देखिएको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस

पक्राउ परेका सचिव पाण्डेलाई म्याद थपका लागि जिल्ला अदालत पुर्‍याइयो

 

नक्कली भुटानी शरणार्थी प्रकरणः अख्तियारका प्रमुख आयुक्त राई पनि तानिएलान्?

 

भुटानी शरणार्थी बनाएर ठगी धन्दा: एमाले नेता रायमाझीका बाबु–छोराविरुद्ध पक्राउ पूर्जी जारी

 

भुटानी शरणार्थी बनाएर ठगी धन्दा: उपराष्ट्रपति कार्यालय सचिव पाण्डे पक्राउ

 

भुटानी शरणार्थी बनाएर ठगी धन्दा: बादलका सुरक्षा सल्लाहकार राईले गर्थे रकमको डिल

 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १८:५१
  • #नक्कली भुटानी शरणार्थी बनाएर ठगी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको छ भने नेपाल बार एसोसिएसन लगायतले आलोचना र फिर्ता लिन दबाब बढाएपछि महान्यायाधिव... शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगको मुख्य गेटमा प्रहरी परिचालन आसन्न निर्वाचनको तयारीका लागि निर्वाचन आयोग परिसरमा चहलपहल बढिरहेका बेला नेपाली कांग्रेस विभाजनपछि आधिकारिकताका लागि दुई पक्षीय नेता... शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
अमरेशकुमार सिंह रास्वपा प्रवेश सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्