काठमाडौं- नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डेलाई सिंह दरबार प्रहरी वृत्तको हिरासतमा राखिएको छ।
जिल्ला अदालत काठमाडौंले तीन दिनको म्याद थप परेपछि प्रहरीले सिंहदरबार वृत्तको हिरासतमा राखेर अनुसन्धान गर्न लागिएको हो। प्रहरीले उनलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं पुर्याएको थियो।
पाण्डे बुधबार बिहान पक्राउ परेका थिए। तत्कालीन गृहसचिव हुँदा पाण्डे यो प्रकरणमा संलग्न भएको यसअघि पक्राउ परेकाहरुले बयान दिएपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।