काठमाडौं– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डेविरुद्ध तीन दिनको म्याद थप भएको छ।
प्रहरीले केही बेरअघि उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पुर्याएको थियो। अदालतले पाण्डेविरुद्ध अनुसन्धानका लागि तीन दिनको म्याद थप गरेको हो।
पाण्डे बुधबार बिहान पक्राउ परेका थिए। तत्कालीन गृहसचिव हुँदा पाण्डे यो प्रकरणमा संलग्न भएको यसअघि पक्राउ परेकाहरुले बयान दिएपछि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।