काठमाडौं । नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्लेटिनम क्याप प्रायोजक बनेको छ।
नेपाल क्रिकेट संघ (क्यान) र टीएसएम स्पोर्ट्स मार्केटिङ प्रालिसँग भएको त्रिपक्षीय सम्झौताअनुसार नियोफिन आगामी तीन वर्षसम्म एनपीएलको आधिकारिक प्लेटिनम क्याप प्रायोजक रहनेछ।
सम्झौताअनुसार एनपीएलको प्रत्येक सिजनमा प्रतियोगिता अवधिभर सबैभन्दा बढी रन बनाउने खेलाडीलाई दुई लाख रुपैयाँ नगद पुरस्कारसहित नियोफिनको लोगो अंकित क्याप प्रदान गरिनेछ।
एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ।
सम्झौताबारे प्रतिक्रिया दिँदै नियोफिन हायर पर्चेज प्रालिका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद तिम्सिनाले नेपालमा क्रिकेट सबै उमेर समूहका बीच लोकप्रिय खेलका रूपमा स्थापित भइसकेको बताए।
एनपीएलजस्तो प्रतिष्ठित प्रतियोगितासँग साझेदारी गर्न पाउँदा गौरवान्वित भएको उल्लेख गर्दै उनले सर्वाधिक रन बनाउने खेलाडीलाई प्रदान गरिने नियोफिन क्याप उत्कृष्टता, निरन्तरता र लगनशीलताको प्रतीक हुने बताए।
उनले यस साझेदारीले खेलकुद क्षेत्रको विकासमा योगदान पुर्याउने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास पनि व्यक्त गरे।
नेपाल क्रिकेट संघ र टीएसएम स्पोर्ट्स मार्केटिङ प्रालिले समेत यस साझेदारीले प्रतियोगिताको प्रवर्द्धन तथा नेपाली क्रिकेटको विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
नियोफिन हायर पर्चेज प्रालि नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त गैरबैंकिङ वित्तीय संस्था हो। केडिया अर्गनाइजेसनअन्तर्गत सञ्चालित कम्पनीले यसअघि बतास हायर पर्चेज प्रालिका नाममा सेवा दिँदै आएको थियो। कम्पनीले नयाँ ब्रान्ड पह
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।