काठमाडौं– म्याक्स टाइगर इनर्जी ड्रिंक्सको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत नौ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जितेका छन् ।
सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । त्यस्तै, बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल प्राप्त गरेका छन् ।
बुटवलका नरबहादुर फौगाडले स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल जितेका छन् । पछिल्लो चरणमा सार्वजनिक भएका विजेतामा जनकपुरका कौटिल्य कुमार सिंह र बिर्तामोडका तेजनारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् । धरानका मनोजकुमार अधिकारी र वीरगन्जका रमेश बस्नेतले यामाहा रे जेडआर स्कुटर प्राप्त गरेका छन् ।
कम्पनीका अनुसार अभियानमा कुल ३७ वटा सवारीसाधन पुरस्कारका रूपमा राखिएका छन् । जसमा १८ वटा यामाहा एफजेड एफआई मोटरसाइकल, १८ वटा यामाहा रे जेडआर स्कुटर र एक वटा प्रोटोन कार छन् ।
हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेका छन् भने अब २८ वटा सवारीसाधन जित्ने अवसर बाँकी छ । तीमध्ये एक भाग्यशाली उपभोक्ताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्राप्त गर्नेछन् ।
‘हरेक क्यानमा ऊर्जा र हरेक जितमा नयाँ उत्साह’ भन्ने नारासहित सञ्चालित अभियानमा आगामी दिनमा थप विजेता सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।