• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर ४, २०८३ Fri, Nov 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

सामसङ र एनसेलबीच सहकार्य, फोन अपग्रेडमा १० हजारसम्म एक्स्चेन्ज बोनस

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ४, २०८३  १२:१६
1140x725

काठमाडौं– नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको पहुँच विस्तार, डिजिटल कनेक्टिभिटी सुदृढीकरण तथा पुराना मोबाइल प्रयोगकर्तालाई नयाँ प्रविधिमा आबद्ध गराउने उद्देश्यले सामसङ नेपाल र एनसेलबीच सहकार्य भएको छ।

सहकार्यअन्तर्गत ग्राहकले छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा निःशुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्स्चेन्ज बोनस, थप वारेन्टी र सहज किस्ताबन्दी भुक्तानी सुविधा पाउने भएका छन् । सामसङको ग्यालेक्सी प्रविधि र एनसेलको कनेक्टिभिटी नेटवर्कलाई एकीकृत गर्दै नेपालभरका ग्राहकलाई उन्नत मोबाइल प्रविधि र एआई अनुभव सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

यस सहकार्यले नयाँ स्मार्टफोन खरिदलाई मात्र नभई पुरानो २ जी प्रविधिबाट ४ जी कनेक्टिभिटीमा स्तरोन्नति गर्न पनि प्रोत्साहन गर्नेछ । २ जीदेखि ४ जीमा स्तरोन्नति अभियानअन्तर्गत ग्राहकले जुनसुकै २ जी मोबाइल साटेर सामसङको ४जी स्मार्टफोन खरिद गर्दा पाँच हजार रुपैयाँसम्मको एक्स्चेन्ज सुविधा पाउनेछन् । यसका साथै न्यूनतम एक हजार २२१ रुपैयाँदेखि सुरु हुने मासिक किस्ताबन्दी (ईएमआई) सुविधाले नयाँ फोन खरिदलाई थप सहज बनाउने कम्पनीको भनाइ छ।

सहकार्यको अर्को उद्देश्य एआई तथा कनेक्टेड प्रविधिको अनुभवलाई महँगा तथा प्रिमियम स्मार्टफोनमा मात्र सीमित नराखी धेरैभन्दा धेरै ग्राहकसम्म पुर्‍याउनु हो । दैनिक स्मार्टफोन प्रयोगमा जेनेरेटिभ एआईको महत्त्व बढ्दै गएको सन्दर्भमा सामसङले ग्यालेक्सी उत्पादन शृङ्खलामार्फत एआई सुविधाको पहुँच विस्तार गरिरहेको छ। ग्यालेक्सी ए१७ लगायतका स्मार्टफोनमा उपलब्ध एआई सुविधाले उन्नत प्रविधिलाई थप उपयोगी र किफायती बनाउने अपेक्षा गरिएको छ।

यस सहकार्यअन्तर्गत छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकले फोनको मोडेल र योग्यताअनुसार एनसेलका मासिक डेटा तथा भ्वाइस प्याकमा शतप्रतिशत छुट पाउनेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

ग्यालेक्सी जेड फोल्ड ८, जेड फ्लिप ८, जेड फोल्ड ७, एस २६ अल्ट्रा, एस २६ प्लस, एस २६ तथा एस २६ एफई खरिद गर्ने ग्राहकले मासिक ७९९ रुपैयाँको प्याक १२ महिनासम्म निःशुल्क प्राप्त गर्न सक्नेछन्। उक्त प्याकमा अनलिमिटेड डेटा तथा भ्वाइस, लायन्सगेट र दैनिक १०० एसएमएस सुविधा समावेश छ। १२ महिनाको यस प्याकको कुल मूल्य नौ हजार ५८८ रुपैयाँ हुन्छ।

त्यस्तै, ग्यालेक्सी ए१७, एम१७ तथा ए०७एस खरिद गर्ने ग्राहकले मासिक ४४९ रुपैयाँको प्याक नौ महिनासम्म निःशुल्क पाउनेछन्। उक्त प्याकमा सात जीबी डेटा र अनलिमिटेड भ्वाइस सुविधा उपलब्ध हुनेछ। नौ महिनाको प्याकको कुल मूल्य चार हजार ४१ रुपैयाँ रहेको छ।

फ्ल्यागशिप फोन खरिदमा ३६ महिनासम्म किस्ताबन्दी

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सामसङले फोन अपग्रेड गर्दा मूल्यलाई प्रमुख पक्ष मान्दै हुलास फिन सर्भसँगको सहकार्यमा किस्ताबन्दी भुक्तानी योजनालाई पनि सहज बनाएको छ। छनोट गरिएका फ्ल्यागशिप स्मार्टफोन खरिद गर्दा ग्राहकले ३६ महिनासम्मको ईएमआई सुविधा लिन सक्नेछन्। यस योजनाअन्तर्गत मासिक किस्ता पाँच हजार १०६ रुपैयाँदेखि सुरु हुनेछ। यसले सामसङका उन्नत फोल्डेबल स्मार्टफोनलाई थप ग्राहकको पहुँचमा पुर्‍याउने अपेक्षा गरिएको छ।

त्यस्तै, छनोट गरिएका ग्यालेक्सी फ्ल्यागशिप स्मार्टफोनमा अपग्रेड गर्ने ग्राहकले १० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउनेछन्। योग्य ग्यालेक्सी जेड र एस सिरिजका स्मार्टफोन खरिदकर्ताले एक वर्षको थप वारेन्टीसमेत प्राप्त गर्नेछन्।

यसका अतिरिक्त सामसङका विभिन्न स्मार्टफोनमा २४ महिनासम्मको ईएमआई सुविधा उपलब्ध हुनेछ। यसले ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार स्मार्टफोन छनोट गर्न सहज बनाउने कम्पनीले जनाएको छ।

समग्रमा सामसङ र एनसेलबीचको यो सहकार्यले पुराना मोबाइल प्रयोगकर्तालाई ४जी प्रविधिमा स्तरोन्नति गर्न, ग्यालेक्सी स्मार्टफोनको पहुँच विस्तार गर्न तथा नेपालमा एआई र डिजिटल कनेक्टिभिटीको प्रयोग बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  १२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छलफल लागि निर्वाचन आयोग पुगे शीर्ष नेताहरु
प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला
सामसङ र एनसेलबीच सहकार्य, फोन अपग्रेडमा १० हजारसम्म एक्स्चेन्ज बोनस
सम्बन्धित सामग्री
सामसङ र एनसेलबीच सहकार्य, फोन अपग्रेडमा १० हजारसम्म एक्स्चेन्ज बोनस सहकार्यअन्तर्गत ग्राहकले छनोट गरिएका सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा निःशुल्क डेटा तथा भ्वाइस प्याक, आकर्षक एक्स्चेन्ज बोनस,... शुक्रबार, मंसिर ४, २०८३
होण्डाको दशैं योजना ‘यो दशैं, आशाको सुरुवात’ अन्तर्गत सातै प्रदेशबाट ३ हप्ताका विजेताहरु घोषणा चाडपर्वको उल्लाससँगै समाजप्रतिको उत्तरदायित्वलाई मध्यनजर गर्दै होण्डाले यस वर्ष ‘सहयोगको संकल्प’ नामक विशेष योजना सञ्चालन गरेको छ। य... बुधबार, मंसिर २, २०८३
मलेसियामा प्रोटोन ई.मास ५ सर्वाधिक बिक्री हुने ईभी, एक्लैले ओगट्यो झण्डै आधा बजार अक्टोबरमा प्रोटोन ई.मास ५ का २ हजार २६२ वटा सवारी दर्ता भएका छन्। यो संख्या मलेसियामा उक्त महिना दर्ता भएका कुल विद्युतीय सवारीको ४९... सोमबार, कात्तिक ३०, २०८३
ताजा समाचारसबै
छलफल लागि निर्वाचन आयोग पुगे शीर्ष नेताहरु शुक्रबार, मंसिर ४, २०८३
प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला शुक्रबार, मंसिर ४, २०८३
सामसङ र एनसेलबीच सहकार्य, फोन अपग्रेडमा १० हजारसम्म एक्स्चेन्ज बोनस शुक्रबार, मंसिर ४, २०८३
प्रधानमन्त्रीको भारत भ्रमणको चटारोबीच मन्त्रिपरिषद्को बैठक, सुरु भयो सिंहदरबारमा शुक्रबार, मंसिर ४, २०८३
आफैँलाई गोली हानेका न्यायाधीशका पीएसओकाे उपचारका क्रममा मृत्यु शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल सरकारका पूर्व मुख्यसचिव एक नारायण अर्याल पक्राउ शुक्रबार, मंसिर ४, २०८३
अपहरण गरी बन्धक बनाइएका व्यक्तिको सकुशल उद्धार, संलग्न व्यक्तिहरु पक्राउ बिहीबार, मंसिर ३, २०८३
दाङमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते बिहीबार, मंसिर ३, २०८३
प्रधानमन्त्री बालेनको भारत भ्रमण : राष्ट्रिय स्वार्थमा स्पष्ट अडान राख्न पूर्वप्रधानमन्त्रीहरूको सुझाव बिहीबार, मंसिर ३, २०८३
आफैँलाई गोली हानेका न्यायाधीशका पीएसओकाे उपचारका क्रममा मृत्यु शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य नेपाल लाइभ
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
विरोध हुँदाहुँदै सूचना प्रकाशन शनिबार, कात्तिक २८, २०८३
पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध शनिबार, कात्तिक २८, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्