• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

संघीयताका लागि लडेको मधेसमा प्रादेशिक अभ्यास कति सफल?

64x64
नवीन झा शुक्रबार, माघ २७, २०७९  १४:५६
1140x725

काठमाडौं– गत ४ मंसिरको प्रदेश सभा निर्वाचनपछि अन्य प्रदेशझैं मधेस प्रदेशले पनि नयाँ सरकार पायो। जनता समाजवादी पार्टी (जसपा) नेता सरोजकुमार यादवको नेतृत्वमा गठन भएको नयाँ सरकारमा एमाले, माओवादी, जनमत पार्टी सहभागी छन् भने नेपाली कांग्रेस सहितका दलले समर्थन गरेका छन्।

२०७४ को निर्वाचनपछि पनि मधेस प्रदेशमा जसपाकै नेतृत्वमा सरकार गठन भएको थियो। उक्त सरकार पाँचै वर्ष चलेको थियो। मुलुक संघीय अभ्यासमा गएपछिको दोस्रो कार्यकाल प्रारम्भ भइरहँदा मधेसमा संघीयताबारे थुप्रै छलफल र बहस भएको देखिन्छ। यद्यपि, पहिलो संघीय निर्वाचनमा मधेस प्रदेशमा बलियो देखिएका मधेश केन्द्रित दलहरु यो निर्वाचनमा कमजोर देखिए।

तथापि, निर्वाचनबाट तेस्रो शक्तिमा खुम्चिएको जसपाले मधेसमा पुन: सरकार बनाउने सौभाग्य भने पायो। यो पटकको निर्वाचनमा मधेसमा उदाएको जनमत पार्टीले पनि आफ्नो नेतृत्वमा सरकारको दावी गरिरहँदा जसपा र जनमतबीच आधा-आधा कार्यकाल (साढे दुई वर्ष) वर्ष मुख्यमन्त्री पाउने गरी सहमति भएको छ। 

हुनत, गएको पाँच वर्षको संघीय अभ्यासमा प्रादेशिक संरचनाहरुबाट जनतामा आसाभन्दा निरासा बढी भएको एकथरीको बुझाइ छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी त संघीय संरचना हटाउनु पर्ने पक्षमै उभिएका छन्।

स‌ंघीयताको औचित्यबारे तर्क-बितर्क चलिरहँदा संघीय संरचनाका लागि आन्दोलन गरेको र यो मुद्दाको नेतृत्व गरेको मधेस वा त्यहाँको नेतृत्व कसरी सोचिरहेको छ? भन्ने प्रश्न उठेको छ।

मधेस प्रदेश सरकारको पहिलो कार्यकालमा प्रदेश सरकारको नीति आयोगका उपाध्यक्ष रहेका भोगेन्द्र झा मधेसी पार्टीहरुकै कारण प्रादेशिक संरचना आएको भए पनि त्यसलाई संस्थागत गर्न मधेसी दलहरुले गर्नु पर्ने जति काम नगरेको बताउँछन्।

मधेस आन्दोलनताका नागरिक अगुवाको भूमिकामा समेत देखिएका प्राध्यापक झा मधेस प्रदेशको सरकारमा मधेस केन्द्रित पार्टीको मुल नेतृत्व आएर यसलाई संस्थागत गर्ने काममा लाग्नु पर्ने बताउँछन्। ‘मधेस प्रदेशको पहिलो मुख्यमन्त्री उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोमध्ये एक जना बन्नुपर्थ्यो,’ झाले नेपाल लाइभसँग भने, ‘दोस्रो, तेस्रो तहको नेतालाई मात्रै प्रदेश राजनीतिमा लगाएर मुल नेतृत्व आफू भने रनभुल्लमा परेको देखिन्छ।’ 

विगत पाँच वर्षमा मधेस प्रदेशमा उपेन्द्र यादव र महन्थ ठाकुर दुवैको पार्टी प्रादेशिक सरकारमा सहभागी भइसकेका छन्। यो पटकको निर्वाचनबाट मधेसमा उदाएको नयाँ दल जनमत पार्टी पनि वर्तमान प्रादेशिक सरकारमा सहभागी भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

बाटो बनाउने काम भयो 
मधेसमा मधेश केन्द्रित दलकै सरकार भए पनि उनीहरु आलोचनाबाट भने मुक्त छैनन्। जसको परिणाम गत ४ मंसिरको निर्वाचनमा पनि देखिएको छ। २०७४ को निर्वाचनभन्दा यो पटक मधेस केन्द्रित दलहरु अत्यन्त कमजोर देखिए।

विगत पाँच वर्षमा मधेस सरकारमाथि अख्तियार लागेपछि त्यसको तीव्र आलोचना भयो। अनियमितता गर्नकै लागि मधेसले स‌ंघीयता चाहेको भन्दै प्रश समेत उठाइयो। तर नीति आयोगका पूर्व उपाध्यक्ष झा भन्छन्, ‘हजार गल्ती हुँदाहुँदै मधेस प्रदेशले प्रादेशिक संचरना संस्थागत गर्ने गरी केही काम अगाडि बढाएको छ। अब कसैले चाहेर संघीयता हट्नेवाला छैन।’

प्रादेशिक सरकारले जनताको मन जित्ने गरी काम गर्न नसक्नुमा केही कानुनी समस्याहरु समेत कारण रहेको उनी बताउँछन्। 'कर्मचारी र नेताहरुको समन्वय ठिक ढंगले हुन सकेन। अनुशासनहिनता पनि देखियो। मैले प्रदेश सरकार शीर्ष तहका नेताले चलाउनुपर्ने आवश्यकता मैले देखेको छु,’ उनले भने।

मधेस प्रदेश सरकारको पहिलो कार्यकालको तीन वर्ष गृहमन्त्रीको भूमिकामा रहेका जसपा नेता ज्ञानेन्द्र यादव पनि प्रादेशिक सरकारबाट आफूहरु समेत पूर्ण सन्तुष्ट नरहेको बताउँछन्। उनी भन्छन्, ’हाम्रै पार्टीको नेतृत्वमा मधेसमा पाँच वर्ष सरकार चल्यो। म आफैं मन्त्रीको रुपमा काम गरें। कतिपय कमी-कमजोरी भए होलान्। अब जसपा त्यसलाई सच्याउँदै अघि बढ्छ।’

प्रदेश सरकारमा काम गर्न तीन वटा कारणले समस्या भएको उनी बताउँछन्। ‘पहिलो समस्या कानुनको तहबाट, दोस्रो समस्या कर्मचारीको मनोविज्ञान र तेस्रो आफूहरुबाट समेत केही कमीकमजोरी भएर काम गर्न अफ्ठ्यारो भयो,’ यादवले भने।

प्रादेशिक राजनीतिको अभ्यास नेपालका सबै दलका लागि नयाँ भएकाले पहिलो कार्यकाल अनुभवमै बितेको उनको भनाइ छ। यद्यपि, मधेस सरकारले प्रहरी ऐन, लोकपाल विधेयक, महिला सशक्तीकरण विधेयक र दलित सशक्तीकरण सम्बन्धी कानुन बनाएर संघीयता संस्थागतका लागि रणनीतिक काम गरेको उनले दावी गरे। 

२०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानमा संघीयता उल्लेख नभएपछि उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम आन्दोलनमा उत्रिएको थियो। त्यसपछि नेपालको स‌ंविधान २०७२ मा पहिलो पटक संघीयता उल्लेख भयो। यद्यपि, सो वर्तमान संविधानप्रति यादवसहित अन्य सबै मधेसी दलहरु असन्तुष्टि जनाउँदै आन्दोलनमा गएका थिए। उनीहरु वर्तमान प्रादेशिक संरचनाप्रति पनि असन्तुष्टि जनाउँदै आएका छन्।


सम्बन्धित सामग्री: 

संघीयता कार्यान्वयनमा उल्झन:  ऐन बनेको ३ वर्ष बित्दा समेत प्रहरी समायोजन ‘कोमा’ मा

संघीयताको दोस्रो इनिङ्स : आमजनमाझ ‘अप्रिय’ प्रदेशको फेरिएला त छवि?

संघीयता विरोधीहरू नै प्रदेश सरकारमा मन्त्री र सभामुख बन्नु सुखद् कुरा हो : डा खिमलाल देवकोटा [अन्तर्वार्ता]

संघीयताका लागि लडेको मधेसमा प्रादेशिक अभ्यास कति सफल?

स्थानीय सरकारले संघीयताको जग बसाए, तर थिति बसाउन हम्मे

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? आइतबार, असोज ४, २०८३
महेश बस्नेतको दाबी : ओलीको राजीनामा नमाग्ने र आलोचना नगर्ने सहमति आइतबार, असोज ४, २०८३
राष्ट्रिय परिषद् बैठक बोलाउने एमाले कार्यदल बैठकको निर्णय आइतबार, असोज ४, २०८३
रसुवा बाढी पहिरोबारे सरकारको काम समीक्षा गर्न नेकपाले बोलायो केन्द्रीय संयोजन समिति बैठक आइतबार, असोज ४, २०८३
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्