• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २७, २०८२ Fri, Jul 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
संघीयताका लागि लडेको मधेसमा प्रादेशिक अभ्यास कति सफल?
64x64
नवीन झा शुक्रबार, माघ २७, २०७९  १४:५६
1140x725

काठमाडौं– गत ४ मंसिरको प्रदेश सभा निर्वाचनपछि अन्य प्रदेशझैं मधेस प्रदेशले पनि नयाँ सरकार पायो। जनता समाजवादी पार्टी (जसपा) नेता सरोजकुमार यादवको नेतृत्वमा गठन भएको नयाँ सरकारमा एमाले, माओवादी, जनमत पार्टी सहभागी छन् भने नेपाली कांग्रेस सहितका दलले समर्थन गरेका छन्।

२०७४ को निर्वाचनपछि पनि मधेस प्रदेशमा जसपाकै नेतृत्वमा सरकार गठन भएको थियो। उक्त सरकार पाँचै वर्ष चलेको थियो। मुलुक संघीय अभ्यासमा गएपछिको दोस्रो कार्यकाल प्रारम्भ भइरहँदा मधेसमा संघीयताबारे थुप्रै छलफल र बहस भएको देखिन्छ। यद्यपि, पहिलो संघीय निर्वाचनमा मधेस प्रदेशमा बलियो देखिएका मधेश केन्द्रित दलहरु यो निर्वाचनमा कमजोर देखिए।

तथापि, निर्वाचनबाट तेस्रो शक्तिमा खुम्चिएको जसपाले मधेसमा पुन: सरकार बनाउने सौभाग्य भने पायो। यो पटकको निर्वाचनमा मधेसमा उदाएको जनमत पार्टीले पनि आफ्नो नेतृत्वमा सरकारको दावी गरिरहँदा जसपा र जनमतबीच आधा-आधा कार्यकाल (साढे दुई वर्ष) वर्ष मुख्यमन्त्री पाउने गरी सहमति भएको छ। 

हुनत, गएको पाँच वर्षको संघीय अभ्यासमा प्रादेशिक संरचनाहरुबाट जनतामा आसाभन्दा निरासा बढी भएको एकथरीको बुझाइ छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी त संघीय संरचना हटाउनु पर्ने पक्षमै उभिएका छन्।

स‌ंघीयताको औचित्यबारे तर्क-बितर्क चलिरहँदा संघीय संरचनाका लागि आन्दोलन गरेको र यो मुद्दाको नेतृत्व गरेको मधेस वा त्यहाँको नेतृत्व कसरी सोचिरहेको छ? भन्ने प्रश्न उठेको छ।

मधेस प्रदेश सरकारको पहिलो कार्यकालमा प्रदेश सरकारको नीति आयोगका उपाध्यक्ष रहेका भोगेन्द्र झा मधेसी पार्टीहरुकै कारण प्रादेशिक संरचना आएको भए पनि त्यसलाई संस्थागत गर्न मधेसी दलहरुले गर्नु पर्ने जति काम नगरेको बताउँछन्।

मधेस आन्दोलनताका नागरिक अगुवाको भूमिकामा समेत देखिएका प्राध्यापक झा मधेस प्रदेशको सरकारमा मधेस केन्द्रित पार्टीको मुल नेतृत्व आएर यसलाई संस्थागत गर्ने काममा लाग्नु पर्ने बताउँछन्। ‘मधेस प्रदेशको पहिलो मुख्यमन्त्री उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोमध्ये एक जना बन्नुपर्थ्यो,’ झाले नेपाल लाइभसँग भने, ‘दोस्रो, तेस्रो तहको नेतालाई मात्रै प्रदेश राजनीतिमा लगाएर मुल नेतृत्व आफू भने रनभुल्लमा परेको देखिन्छ।’ 

विगत पाँच वर्षमा मधेस प्रदेशमा उपेन्द्र यादव र महन्थ ठाकुर दुवैको पार्टी प्रादेशिक सरकारमा सहभागी भइसकेका छन्। यो पटकको निर्वाचनबाट मधेसमा उदाएको नयाँ दल जनमत पार्टी पनि वर्तमान प्रादेशिक सरकारमा सहभागी भएको छ।

Ncell 2
Ncell 2

बाटो बनाउने काम भयो 
मधेसमा मधेश केन्द्रित दलकै सरकार भए पनि उनीहरु आलोचनाबाट भने मुक्त छैनन्। जसको परिणाम गत ४ मंसिरको निर्वाचनमा पनि देखिएको छ। २०७४ को निर्वाचनभन्दा यो पटक मधेस केन्द्रित दलहरु अत्यन्त कमजोर देखिए।

विगत पाँच वर्षमा मधेस सरकारमाथि अख्तियार लागेपछि त्यसको तीव्र आलोचना भयो। अनियमितता गर्नकै लागि मधेसले स‌ंघीयता चाहेको भन्दै प्रश समेत उठाइयो। तर नीति आयोगका पूर्व उपाध्यक्ष झा भन्छन्, ‘हजार गल्ती हुँदाहुँदै मधेस प्रदेशले प्रादेशिक संचरना संस्थागत गर्ने गरी केही काम अगाडि बढाएको छ। अब कसैले चाहेर संघीयता हट्नेवाला छैन।’

प्रादेशिक सरकारले जनताको मन जित्ने गरी काम गर्न नसक्नुमा केही कानुनी समस्याहरु समेत कारण रहेको उनी बताउँछन्। 'कर्मचारी र नेताहरुको समन्वय ठिक ढंगले हुन सकेन। अनुशासनहिनता पनि देखियो। मैले प्रदेश सरकार शीर्ष तहका नेताले चलाउनुपर्ने आवश्यकता मैले देखेको छु,’ उनले भने।

मधेस प्रदेश सरकारको पहिलो कार्यकालको तीन वर्ष गृहमन्त्रीको भूमिकामा रहेका जसपा नेता ज्ञानेन्द्र यादव पनि प्रादेशिक सरकारबाट आफूहरु समेत पूर्ण सन्तुष्ट नरहेको बताउँछन्। उनी भन्छन्, ’हाम्रै पार्टीको नेतृत्वमा मधेसमा पाँच वर्ष सरकार चल्यो। म आफैं मन्त्रीको रुपमा काम गरें। कतिपय कमी-कमजोरी भए होलान्। अब जसपा त्यसलाई सच्याउँदै अघि बढ्छ।’

प्रदेश सरकारमा काम गर्न तीन वटा कारणले समस्या भएको उनी बताउँछन्। ‘पहिलो समस्या कानुनको तहबाट, दोस्रो समस्या कर्मचारीको मनोविज्ञान र तेस्रो आफूहरुबाट समेत केही कमीकमजोरी भएर काम गर्न अफ्ठ्यारो भयो,’ यादवले भने।

प्रादेशिक राजनीतिको अभ्यास नेपालका सबै दलका लागि नयाँ भएकाले पहिलो कार्यकाल अनुभवमै बितेको उनको भनाइ छ। यद्यपि, मधेस सरकारले प्रहरी ऐन, लोकपाल विधेयक, महिला सशक्तीकरण विधेयक र दलित सशक्तीकरण सम्बन्धी कानुन बनाएर संघीयता संस्थागतका लागि रणनीतिक काम गरेको उनले दावी गरे। 

२०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानमा संघीयता उल्लेख नभएपछि उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम आन्दोलनमा उत्रिएको थियो। त्यसपछि नेपालको स‌ंविधान २०७२ मा पहिलो पटक संघीयता उल्लेख भयो। यद्यपि, सो वर्तमान संविधानप्रति यादवसहित अन्य सबै मधेसी दलहरु असन्तुष्टि जनाउँदै आन्दोलनमा गएका थिए। उनीहरु वर्तमान प्रादेशिक संरचनाप्रति पनि असन्तुष्टि जनाउँदै आएका छन्।


सम्बन्धित सामग्री: 

संघीयता कार्यान्वयनमा उल्झन:  ऐन बनेको ३ वर्ष बित्दा समेत प्रहरी समायोजन ‘कोमा’ मा

संघीयताको दोस्रो इनिङ्स : आमजनमाझ ‘अप्रिय’ प्रदेशको फेरिएला त छवि?

संघीयता विरोधीहरू नै प्रदेश सरकारमा मन्त्री र सभामुख बन्नु सुखद् कुरा हो : डा खिमलाल देवकोटा [अन्तर्वार्ता]

संघीयताका लागि लडेको मधेसमा प्रादेशिक अभ्यास कति सफल?

स्थानीय सरकारले संघीयताको जग बसाए, तर थिति बसाउन हम्मे

प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
माओवादी केन्द्र र नेसपाबीच एकता, १५ जना केन्द्रीय सदस्यमा समाहित बिहीबार, असार २६, २०८२
अब चेक बाउन्स प्रमाणित भए ६ महिनाभित्र उजुरी दिनुपर्ने, ५ दिनभित्रै कालोसूचीमा राखिने बिहीबार, असार २६, २०८२
रासायनिक मल अझै ९१ हजार मेट्रिक टन मौज्दात छ, किसानलाई अभाव नहुनेगरी वितरण भइरहेको छ : कृषिमन्त्रीको अधिकारी बिहीबार, असार २६, २०८२
मोन्टी देसाई काठमाडौंको मुख्य प्रशिक्षक नियुक्त बिहीबार, असार २६, २०८२
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टी-२० विश्वकप छनोट : यस्तो छ नेपालको समूह बिहीबार, असार २६, २०८२
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
संसद् भवनमा ड्रोन खसालेको आरोपमा ५ जना पक्राउ बिहीबार, असार २६, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
आफू निकटका नेताहरु कारबाहीमा परेपछि नेता कोइराला समूहको बैठक जारी बिहीबार, असार २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्