• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?

64x64
नवीन झा शनिबार, वैशाख २३, २०८०  ०५:५९
1140x725

काठमाडौं- मंसिर ४ को निर्वाचनपछि सुरु भएको पुराना दलभित्र सुधार हुनुपर्ने बहस वैशाख १० को उपनिर्वाचनपछि उत्कर्षमा पुगेको छ। आजकाल त सामाजिक सञ्जाल र बौद्धिक अन्तर्क्रियामा समेत पुराना दलहरु सच्चिने वा सकिने विकल्प मात्रै बाँकी रहेको चर्चा पनि भइरहेको छ।

प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेस पनि त्यसमा जोडिनु स्वाभाविक छ। खासमा यो बहसले सबैभन्दा बढी तरंगित नै यही पार्टी भएको छ। किनकि, रास्वपालाई वैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा हेरिँदैछ।

नेपाली कांग्रेसका महामन्त्रीद्वयलेसमेत उपनिर्वाचनले पार्टीलाई रुपान्तरण हुन सन्देश दिएको र आफूहरुसमेत रुपान्तरणको पक्षपाती भएको बताइरहेका छन्। जसले सुधारको बहसलाई थप बलियो बनाएको छ।

वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा कांग्रेसले तनहुँ-१ र चितवन-२ मा उम्मेदवारी दिएको थियो। तर, बारा-२ मा भने जसपालाई सघाएको थियो। उम्मेदवारी दिएको दुवै ठाउँमा कांग्रेस फराकिलो मतान्तरसहित पराजित भयो। त्यसपछि पुराना पार्टीहरु यथास्थितिमा अगाडि बढ्न सक्दैनन् भन्ने बहसले तिव्रता पाएको हो।

राजनीतिक विश्लेषकदेखि पुराना भनिएका दलहरुका कतिपय नेताहरु स्वयंले समयअनुसार कांग्रेस, एमाले लगायतका पुराना दलहरु चल्न नसकेकाले नै नयाँ दलहरु विकल्पको रुपमा उदाएको टिप्पणी गर्न थालेका छन्। अर्कोतिर, रास्वपाका नेताहरुले पनि कांग्रेस, एमाले र माओवादीले व्यवस्था परिवर्तन गरे पनि जनताको अवस्था परिवर्तन गर्न नसकेको भन्दै त्यसका लागि आफूहरु आएको प्रचार गरिरहेको देखिन्छ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त उपनिर्वाचनको नतिजापछि सामाजिक सन्जालमा आफ्नो धारणा राख्दै भनेका छन्, ‘राजनीतिप्रतिको यो चासो र चिन्ताले नेपालको राजनीतिको शुद्धीकरण र नेपाली कांग्रेस  रूपान्तरणको अभियानलाई थप मद्दत पुग्छ भन्ने म ठान्दछु।’

थापाले थप भनेका छन्, ‘पार्टीमा जहाँ समस्या छ, त्यसलाई पन्छाएर वा लुकाएर पार्टीमा नवजीवन सम्भव छैन। त्यसैले, सौम्यता र धैर्यतापूर्वक सबैको कुरा सुनौं, मनन गरौं अनि आफैंतिर फर्केर निर्मम समीक्षा गर्दै वैचारिक र सांगठनिक दृष्टिले रूपान्तरण गरी हाम्रो पार्टीलाई जन भावनाअनुसार नयाँ जीवन दिने गरी लागौं।’

विगत लामो समयदेखि पार्टी रूपान्तरण, सुदृढीकरण तथा शुद्धीकरणको लागि पार्टीभित्र निरन्तर इमान्दार प्रयत्न गर्दै आएको भन्दै थापा पार्टी गतिशील र जनमुखी भइदियोस् भन्ने आम चाहना अनुरुप अपेक्षित परिणाम आइनसकेकाले आफूले नेपाली जनता र पार्टीका साथीहरुले दिएको सुझावलाई गम्भीरतापूर्वक आत्मसात गरेको बताउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

थापाले पार्टीका साथीहरु, समर्थक, शुभेच्छुक तथा बौद्धिक समुदायसँग परामर्श र आम नागरिक तहमा संवाद गरी छिट्टै नै एउटा दृढ संकल्पका साथ नेपाली कांग्रेस रूपान्तरणको ठोस नीति, योजना र कार्यक्रम सहितको स्पष्ट मार्गचित्र लिएर आउने वचन पनि दिएका छन्।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा, जो थापा जस्तै पार्टीभित्र रुपान्तरणको बलियो पक्षपाती हुन्, उनी पनि उपनिर्वाचनको परिणामले आफूहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताउँछन्। देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नु आवश्यक रहेको उनको जोड छ। उनले उपनिर्वाचनवाट व्यक्त जनमतले नयाँ ढंगले नयाँ अभियानहरुका साथ रुपान्तरणमा जुट्न सन्देश दिएको बताएका छन्।

उपनिर्वाचनपछि नेपाली कांग्रेसको सुधारको बहसलाई महामन्त्रीद्वय थापा र शर्माले सकारात्मक रुपमा लिए पनि पार्टीको मूल नेतृत्वले कसरी लिइरहेको छ भन्ने प्रश्न राजनीतिक वृत्तमा उठेको देखिन्छ। गत सोमबार र मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले समेत पुराना दलहरुप्रति आकर्षण नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका थिए। यद्यपि, देउवामाथि नै पार्टीको विधान अनुसार काम नगरेको आरोप लागिरहेको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले उपनिर्वाचनसँगै पार्टीका बारेमा आएको सुधारको बहसलाई सकारात्मक रुपमा लिए मात्र पार्टी अगाडि जान सक्ने, नत्र पार्टी पछि पर्न सक्ने अवस्था आउन थालेको बताए। ‘पार्टीमा सुधार हाम्रो लागि राम्रो कुरा नै हो’, शिवाकोटीले नेपाल लाइभसँग भने, ‘अहिले पार्टी र नागरिक तहबीच बीचमा कतै न कतै 'ग्याप' रहेको देखियो। यसलाई हटाउनै पर्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पार्टीमा सुधारका लागि अहिले तत्काल तीनवटा विषय देखिएको पनि उनले बताए। ‘पहिलो, हामीले पार्टीको आन्तरिक जीवन नै राम्रो बनाउनुपर्छ। दोस्रो, पार्टी र जनतालाई राम्रोसँग जोड्नुपर्‍यो। तेस्रो, संघ, प्रदेश र स्थानीय तहमा रहेको कांग्रेसको उपस्थितिले आशा जगाउनुपर्छ’, उनले भने।

पार्टीभित्र सुधारको बहसलाई पनि कार्यतालिका बनाएर व्यवस्थित तरिकाले अगाडि बढाइए मात्रै परिणाम दिने उनको दाबी छ। ‘हामीले यो पनि गर्छौं, त्यो पनि गर्छौं भन्दैमा जनताले अब पत्याउनेवाला छैनन्’, उनले भने, ‘हामीले गहिरो गरी समीक्षा गरेपछि मात्रै भविष्यको योजना बनाउनुपर्छ।’

राजनीतिक विश्लेषक शंकर तिवारी कांग्रेस सुधार भनेकै अब नागरिकलाई भविष्यप्रति आसा जगाउन सक्नुपर्छ भन्ने भएको बताउँछन्। आम नागरिकहरुमा यी पार्टीहरुले केही गर्ने होइन, खाली गफ मात्रै दिने हुन् भन्ने भाष्य देखिएको तिवारीको बुझाइ छ। अहिले कम्तीमा कांग्रेसले लिएको संघीय सरकारका मन्त्रालयहरु, प्रदेशमा कांग्रेसका सरकार र स्थानीय तहमा रहेको कांग्रेसका स्थानीय तहका नेतृत्वहरुले एउटा पार्टी नीति नै बनाएर काम गर्नुपर्ने देखिएका तिवारीले बताए।

अहिले पनि पार्टीका आन्तरिक कामहरु पनि विधान अनुसार भइरहेका छैनन्। कांग्रेसका केन्द्रीय संरचनाले पूर्णता पाएका छैनन्। कतिसम्म भने, उसले मंसिर ४ कै निर्वाचनको समीक्षासमेत गरिसकेको छैन, जबकी, वैशाख १० मा पार्टीले पराजय बेहोरिसक्यो।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ०५:५९
  • #नेपाली_कांग्रेस
  • #राजनीतिक–सुधारको–बहस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्... मंगलबार, कात्तिक १०, २०८३
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले देवताहरूको जन्मसम्बन्धी प... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्