• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ

64x64
नवीन झा बिहीबार, वैशाख २१, २०८०  १९:३५
1140x725

काठमाडौं– बुधबार तीन मन्त्री नियुक्त भएसँगै वर्तमान मन्त्रिपरिषद्‌मा कांग्रेसको कोटा पूरा भएको छ। गत पुष १० गते प्रधानमन्त्री बनेयता पुष्पकमल दाहाल प्रचण्डले बुधबार नवौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यद्यपि, मन्त्रिपरिषद् अझै पूर्ण भने भइसकेको छैन।

यता नेपाली कांग्रेसबाट सरकारमा आठ जना विभागीय मन्त्री नियुक्त भइसकेका छन्। यसअघि चैत्र १७ गते भएको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले पार्टीको आन्तरिक विवाद देखाउँदै भागमा परेका सबै मन्त्री पठाएको थिएन्। त्यसबेला पाएका आठमध्ये संस्थापन र संस्थापन इतर डा शेखर कोइराला र महामन्त्री गगन थापाबीच मन्त्री कसरी बाँडफाँट गर्ने भन्ने कुरामा सहमति हुन सकेको थिएन। 

पार्टीको भागमा परेका आठ मन्त्रालयमध्ये ६ वटामा आफ्नो पक्षबाट र दुई जना मात्रै शेखर–गगन पक्षबाट सहभागी गराउने सभापति देउवाले तयारी गरे। तर यसमा शेखर–गगन पक्षले त्यस प्रस्तावलाई अस्वीकार गर्दै तीन मन्त्रालय आफूहरुलाई अनिवार्य चाहिने अडान राखे। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले युवा पुस्ताबाट प्रदीप पौडेललाई मन्त्री बनाउन सभापति देउवामाथि दबाब सिर्जना गरिरहे।

पौडेलका लागि सभापति देउवासँग महामन्त्रीद्वयले पटक–पटक छलफल गरे पनि देउवाले त्यसलाई बेवास्ता गरिरहे। केही महिनाअघि भएको कांग्रेस संसदीय दलको निर्वाचनमा आफूलाई नसघाएकाले देउवा पौडेललाई मन्त्री बनाउन तयार थिएनन्। 

उक्त निर्वाचनमा काठमाडौं–५ बाट प्रतिनिधि सभामा निर्वाचित पौडेल संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाको समर्थक बसेका थिए। पौडेल मात्र होइन संसदीय दलको निर्वाचनमा अर्का महामन्त्री शर्मा पनि समर्थक थिए। त्यही कारण पौडेलप्रति आक्रोशित देउवाले महामन्त्रीद्वयले जति जोडबल गरे पनि मन्त्री बनाउन तयार भएनन्। जसमा अन्तत: देउवा सफल पनि भए। 

Ncell 2
Ncell 2
nimb
nimb

महामन्त्रीद्वयको दबाबलाई काउन्टर दिन देउवाले उक्त समूहका नेता शेखर कोइरालालाई नै समाते। कोइरालालाई पनि महामन्त्री थापाले संसदीय दलको निर्वाचनमा उछिनेको कुराको बदला लिने संयोग मन्त्री छान्ने प्रकरणमा देउवाको धापले जुटेको कांग्रेस नेताहरुबीचमा चर्चा चलिरहेको छ। 

त्यही कारण हुन सक्छ इतर समूहको बैठकमा आफ्नो समूहबाट तीनजना मन्त्री बनाउने महामन्त्रीको प्रस्तावमा अडिग देखिएका कोइराला देउवाको प्रस्तावमा भने राजी भइहाले। इतरपक्षले मन्त्रिपरिषद् विस्तारमा मन्त्रीको संख्यासँगै एउटा महत्त्वपूर्ण मन्त्रालयको पनि दाबी पनि गरेको थियो। तर देउवा त्यसलाई क्रस गर्दै अघि बढे।

यसका साथै इतरपक्षबाट उपसभापति धनराज गुरुङसहित सहमहामन्त्रीबाट एकजना मन्त्री बनाउने र एकमा महामन्त्रीद्वयले प्रदीप पौडेललाई पठाउने जोडबल गरिरहेका थिए। तर बुधबार नियुक्त भएका तीन मन्त्रीमा उपसभापति धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूमध्ये स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका बस्नेत सभापति देउवा पक्षका हुन्। कानुनमन्त्रीको जिम्मा पाएका उपसभापति गुरुङ र युवा तथा खेलकुद मन्त्रीको जिम्मा पाएका लिम्बू शेखर–गगन पक्षका हुन्। 

Xtrem
Xtrem

युवा तथा खेलकुद मन्त्री बनेका लिम्बू नेता शेखर कोइरालाका अन्त्यन्तै निकट मानिन्छन्। लिम्बू मोरङ कांग्रेसका दुई पटक जिल्ला सभापति भएका नेता हुन्। इतर पक्षमा मुख्यगरी महामन्त्री थापा लिम्बूको ठाउँमा पनि सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारमध्ये एक जनालाई मन्त्री बनाउनुपर्ने जोड दिँदै आएका थिए। तर त्यहाँ पनि नेता कोइरालाले महामन्त्री गगन थापालाई क्रस गर्दै लिम्बूलाई मन्त्रिपरिषद्‌मा पठाए। 

मंगलबार दिउँसो सभापति देउवाले कोइरालासँग छलफल गरेका थिए। मंगलबार साँझ नै कोइराला उपचारका लागि सिंगापुर लागे। तीन जनाको अडान राख्दै आएको इतरपक्षबाट दुई जना मात्र सहभागी हुनमा कोइराला सहमत हुनुलाई लिएर कांग्रेस नेताहरुबीच कोइरालाले महामन्त्रीद्वयलाई काउन्टर दिएको चर्चा चलिरहेको छ।

गत सोमबारदेखि नै देउवाले पार्टीका उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पार्टीको आन्तरिक विषयबाट लगातार अनौपचारिक छलफल गरिरहेका छन्। बिहीबार पनि छलफल भएको छ। विहीबारको छलफलमा उपसभापतिद्वयका साथै महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्रीहरु उपस्थित थिए।

सहमहामन्त्री जीवन परियारले बिहीबार देउवा निवासमा भएको पदाधिकारीको छलफलमा पार्टीले पठाएका मन्त्रीबारे कुराकानी भएइको बताए। ‘समावेशीता र युवा पुस्ताको तर्फबाट अझ राम्रो मान्छे सरकारमा पठाउन सक्थ्यौं’, उनले भने, ‘सभापतिजीले पाँच वर्षको वर्तमान कार्यकालमा अर्कोपटक मौका आए नयाँ पुस्तालाई अवसर दिने भन्दै सबैलाई एकैपटक समेट्न नसकिने स्वीकार गर्नुभयो।’ परियारले पार्टीहरुमा जहिल्यै पनि मन्त्री बन्नेहरुको सूची लामो हुने भन्दै यसमा देखिएको असन्तुष्टिलाई आफूहरुले समान्य रुपमा लिएको बताए।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
काँग्रेस महाधिवेशनको बन्द सत्र सुरु, चार प्रतिवेदन पारित गर्ने तयारी बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तयारी गरिएको छ। प्रतिवेदन पारित भएसँगै मह... बुधबार, असोज २१, २०८३
कांग्रेस सभापतिको उमेदवारी  फिर्ता गर्ने किशोरसिंह राठौरको घोषणा बुधबार पत्रकार सम्मेलन गर्दै राठोरले पार्टी संकटमा रहेका वेला मिलेर अघि बढ्नुपर्ने गगन थापाको प्रस्तावलाई समर्थन गर्दै आफूले उम्मेदव... बुधबार, असोज २१, २०८३
उपसभापतिका उम्मेदवार चालिसेको उम्मेदवारी फिर्ता बुधबार कांग्रेस महाधिवेशन स्थल खुला मञ्चमा उपस्थित सञ्चारकर्मीसँग कुरा गर्दै चालिसेले सभापति गगन थापाको आग्रहमा उम्मेदवारी फिर्ता लि... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
काँग्रेस महाधिवेशनको बन्द सत्र सुरु, चार प्रतिवेदन पारित गर्ने तयारी बुधबार, असोज २१, २०८३
कांग्रेस सभापतिको उमेदवारी  फिर्ता गर्ने किशोरसिंह राठौरको घोषणा बुधबार, असोज २१, २०८३
उपसभापतिका उम्मेदवार चालिसेको उम्मेदवारी फिर्ता बुधबार, असोज २१, २०८३
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा बुधबार, असोज २१, २०८३
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्