• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ

64x64
नवीन झा बिहीबार, वैशाख २१, २०८०  १९:३५
1140x725

काठमाडौं– बुधबार तीन मन्त्री नियुक्त भएसँगै वर्तमान मन्त्रिपरिषद्‌मा कांग्रेसको कोटा पूरा भएको छ। गत पुष १० गते प्रधानमन्त्री बनेयता पुष्पकमल दाहाल प्रचण्डले बुधबार नवौं पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यद्यपि, मन्त्रिपरिषद् अझै पूर्ण भने भइसकेको छैन।

यता नेपाली कांग्रेसबाट सरकारमा आठ जना विभागीय मन्त्री नियुक्त भइसकेका छन्। यसअघि चैत्र १७ गते भएको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले पार्टीको आन्तरिक विवाद देखाउँदै भागमा परेका सबै मन्त्री पठाएको थिएन्। त्यसबेला पाएका आठमध्ये संस्थापन र संस्थापन इतर डा शेखर कोइराला र महामन्त्री गगन थापाबीच मन्त्री कसरी बाँडफाँट गर्ने भन्ने कुरामा सहमति हुन सकेको थिएन। 

पार्टीको भागमा परेका आठ मन्त्रालयमध्ये ६ वटामा आफ्नो पक्षबाट र दुई जना मात्रै शेखर–गगन पक्षबाट सहभागी गराउने सभापति देउवाले तयारी गरे। तर यसमा शेखर–गगन पक्षले त्यस प्रस्तावलाई अस्वीकार गर्दै तीन मन्त्रालय आफूहरुलाई अनिवार्य चाहिने अडान राखे। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले युवा पुस्ताबाट प्रदीप पौडेललाई मन्त्री बनाउन सभापति देउवामाथि दबाब सिर्जना गरिरहे।

पौडेलका लागि सभापति देउवासँग महामन्त्रीद्वयले पटक–पटक छलफल गरे पनि देउवाले त्यसलाई बेवास्ता गरिरहे। केही महिनाअघि भएको कांग्रेस संसदीय दलको निर्वाचनमा आफूलाई नसघाएकाले देउवा पौडेललाई मन्त्री बनाउन तयार थिएनन्। 

उक्त निर्वाचनमा काठमाडौं–५ बाट प्रतिनिधि सभामा निर्वाचित पौडेल संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाको समर्थक बसेका थिए। पौडेल मात्र होइन संसदीय दलको निर्वाचनमा अर्का महामन्त्री शर्मा पनि समर्थक थिए। त्यही कारण पौडेलप्रति आक्रोशित देउवाले महामन्त्रीद्वयले जति जोडबल गरे पनि मन्त्री बनाउन तयार भएनन्। जसमा अन्तत: देउवा सफल पनि भए। 

Ncell 2
Ncell 2

महामन्त्रीद्वयको दबाबलाई काउन्टर दिन देउवाले उक्त समूहका नेता शेखर कोइरालालाई नै समाते। कोइरालालाई पनि महामन्त्री थापाले संसदीय दलको निर्वाचनमा उछिनेको कुराको बदला लिने संयोग मन्त्री छान्ने प्रकरणमा देउवाको धापले जुटेको कांग्रेस नेताहरुबीचमा चर्चा चलिरहेको छ। 

त्यही कारण हुन सक्छ इतर समूहको बैठकमा आफ्नो समूहबाट तीनजना मन्त्री बनाउने महामन्त्रीको प्रस्तावमा अडिग देखिएका कोइराला देउवाको प्रस्तावमा भने राजी भइहाले। इतरपक्षले मन्त्रिपरिषद् विस्तारमा मन्त्रीको संख्यासँगै एउटा महत्त्वपूर्ण मन्त्रालयको पनि दाबी पनि गरेको थियो। तर देउवा त्यसलाई क्रस गर्दै अघि बढे।

यसका साथै इतरपक्षबाट उपसभापति धनराज गुरुङसहित सहमहामन्त्रीबाट एकजना मन्त्री बनाउने र एकमा महामन्त्रीद्वयले प्रदीप पौडेललाई पठाउने जोडबल गरिरहेका थिए। तर बुधबार नियुक्त भएका तीन मन्त्रीमा उपसभापति धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूमध्ये स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका बस्नेत सभापति देउवा पक्षका हुन्। कानुनमन्त्रीको जिम्मा पाएका उपसभापति गुरुङ र युवा तथा खेलकुद मन्त्रीको जिम्मा पाएका लिम्बू शेखर–गगन पक्षका हुन्। 

युवा तथा खेलकुद मन्त्री बनेका लिम्बू नेता शेखर कोइरालाका अन्त्यन्तै निकट मानिन्छन्। लिम्बू मोरङ कांग्रेसका दुई पटक जिल्ला सभापति भएका नेता हुन्। इतर पक्षमा मुख्यगरी महामन्त्री थापा लिम्बूको ठाउँमा पनि सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारमध्ये एक जनालाई मन्त्री बनाउनुपर्ने जोड दिँदै आएका थिए। तर त्यहाँ पनि नेता कोइरालाले महामन्त्री गगन थापालाई क्रस गर्दै लिम्बूलाई मन्त्रिपरिषद्‌मा पठाए। 

मंगलबार दिउँसो सभापति देउवाले कोइरालासँग छलफल गरेका थिए। मंगलबार साँझ नै कोइराला उपचारका लागि सिंगापुर लागे। तीन जनाको अडान राख्दै आएको इतरपक्षबाट दुई जना मात्र सहभागी हुनमा कोइराला सहमत हुनुलाई लिएर कांग्रेस नेताहरुबीच कोइरालाले महामन्त्रीद्वयलाई काउन्टर दिएको चर्चा चलिरहेको छ।

गत सोमबारदेखि नै देउवाले पार्टीका उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पार्टीको आन्तरिक विषयबाट लगातार अनौपचारिक छलफल गरिरहेका छन्। बिहीबार पनि छलफल भएको छ। विहीबारको छलफलमा उपसभापतिद्वयका साथै महामन्त्रीद्वय थापा र शर्मा तथा सहमहामन्त्रीहरु उपस्थित थिए।

सहमहामन्त्री जीवन परियारले बिहीबार देउवा निवासमा भएको पदाधिकारीको छलफलमा पार्टीले पठाएका मन्त्रीबारे कुराकानी भएइको बताए। ‘समावेशीता र युवा पुस्ताको तर्फबाट अझ राम्रो मान्छे सरकारमा पठाउन सक्थ्यौं’, उनले भने, ‘सभापतिजीले पाँच वर्षको वर्तमान कार्यकालमा अर्कोपटक मौका आए नयाँ पुस्तालाई अवसर दिने भन्दै सबैलाई एकैपटक समेट्न नसकिने स्वीकार गर्नुभयो।’ परियारले पार्टीहरुमा जहिल्यै पनि मन्त्री बन्नेहरुको सूची लामो हुने भन्दै यसमा देखिएको असन्तुष्टिलाई आफूहरुले समान्य रुपमा लिएको बताए।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १९:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
कांग्रेस सांसद बलदेवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभा बैठक आइतबारको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो । आइतबार, माघ ४, २०८२
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ उनले लेखेका छन्, ‘यसपटकको निर्वाचनमा म दैलेख–२ बाट नेकपा (एमाले)का कार्यकर्ताको रोजाइमा मतदानबाट पहिलो नम्बरमा सिफारिस भएको थिएँ । ज... आइतबार, माघ ४, २०८२
सिन्धुपाल्चोक-२ मा नेकपाबाट युवराज दुलाल उम्मेदवार प्रतिनिधि सभाको निर्वाचन २१ फागुनमा हुँदैछ । यही माघ ६ गते मनोनयन दर्ताको कार्यतालिका छ। आइतबार, माघ ४, २०८२
ताजा समाचारसबै
महिला टी–२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित आइतबार, माघ ४, २०८२
कांग्रेस सांसद बलदेवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो राष्ट्रिय सभा बैठक आइतबार, माघ ४, २०८२
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालले थाइल्यान्डलाई दियो १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
सिन्धुपाल्चोक-२ मा नेकपाबाट युवराज दुलाल उम्मेदवार आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्