• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?

64x64
नवीन झा मंगलबार, वैशाख १९, २०८०  २०:२१
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा रास्वपाको पुनः आगमनको सम्भावनालाई चर्चामा ल्याइरहेका छन्। रास्वपा स्वयंले पनि त्यस किसिमको सम्भावना जीवित रहने गरी व्यवहार गरिरहेको छ। जसका कारण ऊ चाँडै सरकारमा सहभागी हुने चर्चा भइरहेको छ। त्यसो भयो भने मन्त्रालयहरुको बाँडफाँटमा कसरी सहमति जुट्ला भन्ने प्रश्न उब्जिएको छ।

प्रधानमन्त्री प्रचण्ड पुस १० मा एमालेको नेतृत्वमा निर्माण भएको गठबन्धन त्यागेर फागुन १२ गते कांग्रेस नेतृत्वमै गठबन्धन निर्माण गरेका थिए। गठबन्धन अदलबदलको संक्रमणकाल लम्बिँदा चैत १७ गते मात्रै ठूलो संख्यामा मन्त्रीहरुको नियुक्त गरिएको थियो। तैपनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। कांग्रेस र जसपाले मन्त्रीहरुको नाम नपठाउँदा मन्त्रिपरिषद् अझै अपूर्ण रहेको हो। यसैबीच रास्वपाको प्रवेशको चर्चा सुरु भएको हो।

सोमबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सरकारमा सहभागिताका बारेमा चाँडै निर्णय गर्ने निष्कर्ष निकालेको थियो। बैठकपछि महामन्त्री मुकुल ढकालले अब सरकारमा जाने वा समर्थन फिर्ता लिने, तर अहिलेकै अवस्थामा नबस्ने बताएका थिए। त्यसबारेमा शुक्रबार निर्णय लिइने बताइएको छ।

केन्द्रीय समिति बैठकले संसदीय दलको बैठकलाई सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्न निर्देशन दिएको थियो। सोही अनुसार उनी संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका थिए।  सोमबारको केन्द्रीय समिति र संसदीय दलको बैठकअघि आइतबार लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग भेटेका थिए। भेटमा प्रचण्डले लामछानेलाई सरकारमा सहभागिताका लागि आग्रह गरेका थिए।

प्रधानमन्त्री निकट स्रोतका अनुसार आइतबारको भेटमा लामिछानेले आफ्नो पार्टीले विगतमा पाएको मन्त्रालयहरु पाउनुपर्ने र सरकारको न्यूननतम साझा कार्यक्रममा आफूहरुले उठाउँदै आएको भ्रष्टाचारसम्बन्धी मुद्दाहरु सम्बोधन गर्ने गरी उच्चस्तरीय आयोग गठन लगायतका विषयलाई जोड दिएका थिए।

प्रचण्ड पुस १० मा प्रधानमन्त्री नियुक्त भएपछि गठन भएको सरकारमा लामिछाने उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएका थिए। समग्रमा सो गृह, शिक्षा र श्रम मन्त्रालय तथा स्वास्थ्य राज्यमन्त्री पाएको थियो। तर पछि रास्वपा सरकारबाट बाहिरिएको थियो। पुनर्गठित मन्त्रिपरिषद्‌मा गृहमन्त्री माओवादी केन्द्रबाट, शिक्षामन्त्री जसपाबाट र श्रममन्त्री लोसपाबाट नियुक्त भएका छन्।

यस्तो पृष्ठभूमिमा रास्वपालाई विगतकै मन्त्रालयसहित सरकारमा ल्याउन प्रधानमन्त्रीलाई कठिनाइ पर्ने देखिन्छ। किनकि, बल्लबल्ल मिलाएको भागबण्डामा पुनः अदलबदल गर्नुपर्ने देखिन्छ। मुख्यतः प्रधानमन्त्रीले आफ्नै पार्टीबाट गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठ, जसपाबाट शिक्षामन्त्री बनेका अशोक राई र  लोसपाबाट श्रममन्त्री बनेका शरतसिंह भण्डारीको व्यवस्थापन गर्नुपर्ने हुन्छ। जसले पुनः केही हप्ता किचलो निम्तिने हुनसक्छ।

अहिले सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपा, नाउपा, नेसपा, आम जनता पार्टी र जनमोर्चा गरी १० दल सामेल छन्। रास्वपा सरकारमा आउने भए कांग्रेससहित अन्य घटकहरु समेतको मन्त्रालय संख्या घट्ने छ। त्यसका लागि कुन दलले बढी त्याग गर्ने, कसरी गर्ने? ती दलबाट मन्त्री भइसकेका र हुन आकांक्षा राखेकाहरुको व्यवस्थापन कसरी गर्ने? यस्ता विषयले भने रास्वपाको आगमनमा कठिनाइ थप्ने देखिन्छ। त्यसो त, प्रतिनिधि सभामा आफ्नो पार्टीको न्यून सिट रहेका प्रधानमन्त्री प्रचण्डलाई रास्वपाको आगमनले थप बलियो बनाउने छ। त्यसैले पनि उनको प्रयत्न भने रास्वपालाई भित्र्याउने नै हुने देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले रास्वपाले विगतकै तीन मन्त्रालयहरु पाउनुपर्ने दाबी गरेको स्विकार गरे। ‘उहाँहरुले विगतमा रास्वपाले पाएको मन्त्रालयहरु पाए राम्रो हुन्छ भन्नुभएको छ’, उनले नेपाल लाइभसँग भने, ‘अब उहाँहरु सरकारमा सहभागी हुने निर्णय गर्नुभएपछि थप छलफल गर्ने कुरा भएको छ।’

गजुरेलले रास्वपाले औपचारिक रुपमा सरकारमा सहभागी हुने निर्णय गरेपछि सत्ता गठबन्धनका दलहरुका बीचमा पनि छलफल हुने बताए।

रविसँगको भेटपछि भने प्रचण्डले सो पार्टी पनि सरकारमा आउने बताउन थालेका छन्। आइतबार रास्वपा अध्यक्ष लामीछानेसँग भेटेका प्रधानमन्त्री प्रचण्डले सोमबार चितवन र काठमाडौं आयोजित कार्यक्रमहरुमा सम्बोधन गर्दै सो पार्टीलाई पनि सरकारमा सहभागी गराउने प्रयास भइरहेको बताए। कतिसम्म भने, रास्वपाले माग गरेजस्तै भ्रष्टाचार छानबिनका लागि आयोग गठन गर्न आफू तयार रहेको बताए। जुनसुकै फाइल खोल्न पनि आफू तयार रहेको उनको भनाइ छ।

सरकारलाई समर्थन नै फिर्ता लिन सक्ने सम्भावना व्यक्त गरेका लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेट्नु, प्रचण्डले रास्वपा सरकारमा सहभागी हुने सम्भावना व्यक्त गर्नु, रास्वपाले शुक्रबारसम्मको समयसीमा राखेर निर्णय लिने बताउनु जस्ता विषयले सो पार्टीको सत्तारोहणलाई नै संकेत गर्छ।

Xtrem

Xtrem

त्यसो त, रास्वपाको सोमबारको बैठकको निर्णय प्रष्ट छैन। तर केन्द्रीय समिति बैठकमा प्रतिपक्षमा बस्नुभन्दा सरकारमै सहभागी भएर काम गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन्। अध्यक्ष लामिछानेको नागरिकता विवाद सल्टिएको भए पनि राहदानीको विवाद जुनसुकै समयमा सतहमा आउने सम्भावनाका कारण पनि सत्तारोहणकै सम्भावना बढी रहेको आकलन गरिएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
काँग्रेस महाधिवेशनको बन्द सत्र सुरु, चार प्रतिवेदन पारित गर्ने तयारी बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तयारी गरिएको छ। प्रतिवेदन पारित भएसँगै मह... बुधबार, असोज २१, २०८३
कांग्रेस सभापतिको उमेदवारी  फिर्ता गर्ने किशोरसिंह राठौरको घोषणा बुधबार पत्रकार सम्मेलन गर्दै राठोरले पार्टी संकटमा रहेका वेला मिलेर अघि बढ्नुपर्ने गगन थापाको प्रस्तावलाई समर्थन गर्दै आफूले उम्मेदव... बुधबार, असोज २१, २०८३
उपसभापतिका उम्मेदवार चालिसेको उम्मेदवारी फिर्ता बुधबार कांग्रेस महाधिवेशन स्थल खुला मञ्चमा उपस्थित सञ्चारकर्मीसँग कुरा गर्दै चालिसेले सभापति गगन थापाको आग्रहमा उम्मेदवारी फिर्ता लि... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
काँग्रेस महाधिवेशनको बन्द सत्र सुरु, चार प्रतिवेदन पारित गर्ने तयारी बुधबार, असोज २१, २०८३
कांग्रेस सभापतिको उमेदवारी  फिर्ता गर्ने किशोरसिंह राठौरको घोषणा बुधबार, असोज २१, २०८३
उपसभापतिका उम्मेदवार चालिसेको उम्मेदवारी फिर्ता बुधबार, असोज २१, २०८३
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा बुधबार, असोज २१, २०८३
भिक्ट्री किङ्सको लगातार दोस्रो जित, केपीएलको सेमिफाइनलमा बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्