काठमाडौँ– नेकपा एमालेले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ।
भदौ २३ र २४ गतेको आन्दोलनपछि एमालेले वडा, पालिका, जिल्लाका सदरमुकाम हुँदै काठमाडौंमा पहिलो पटक शक्ति प्रदर्शन गरेको हो।
राजधानीको भृकुटीमण्डपबाट सुरु भएको र्याली भद्रकाली, सुन्धारा, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डप पुगेको छ। भृकुटीमण्डपमा हुने सभालाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
एमाले बागमती प्रदेश कमिटीको अगुवाइमा प्रतिनिधि सभा विघटनविरुद्ध सडकदेखि अदालतसम्म उपस्थिति जनाउने निर्णय गरेको एमालेले आज काठमाडौंको सडकमा शक्ति देखाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।