• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

सवारी चलाउन ताेकिएको ‘साधारण लेखपढ’ योग्यता पूर्ण छ?

64x64
ईश्वर बराल आइतबार, माघ १५, २०७९  २१:१२
1140x725

काठमाडौं- नेपालमा पछिल्ला वर्षहरुमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको ग्राफ बढ्दो छ। दुर्घटना हुनुको करिब ७३ प्रतिशत कारण मानवीय (चालक) रहेको पछिल्ला अनुसन्धानहरुले देखाएका छन्। जसले गर्दा सवारी चलाउन आवश्यक योग्यतामाथि विमर्श सुरु हुन थालेको छ। 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले सवारी चालक अनुमतिपत्र पाउन साधारण लेखपढ भए पुग्ने व्यवस्था गरेको छ। अनुमति पाएपछि न तालिमको आवश्यकता रहन्छ न त्यसअघि नै न्यूनतम तालिम वा शैक्षिक योग्यता आवश्यक पर्छ।

उक्त ऐन अनुसारको कार्यविधिले सवारी चलाउन अनुमति दिएपछि चालकले समयसमयमा परीक्षण गर्नुपर्ने व्यवस्था नरहेकोले चालकको योग्यता र तालिमको विषयमा बहस हुने नगरेको यस क्षेत्रका जानकारहरु बताउँछन्। 

कति योग्यता भए सवारी चालक अनुमतिपत्र पाइन्छ?
मौजुदा ऐनले चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आवश्यक योग्यताभन्दा पनि सवारी चालक अनुमतिपत्र प्राप्त गर्न दरखास्त दिने व्यक्तिको अयोग्यताबारे व्यवस्था गरेको छ। निम्न अयोग्यता भएमा सवारी चालक अनुमति पाइंदैन :

१. मझौला तथा ठूला सवारीका निम्ति २१ वर्ष नपुगेको व्यक्ति,
२. साना सवारीका निम्ति १८ वर्ष नपुगेको व्यक्ति,
३. मोटरसाइकल तथा त्यस्तै अन्य सानो २ पाङ्ग्रे सवारीका हकमा १६ वर्ष उमेर नपुगेको व्यक्ति,
४. छारे रोग भएको वा बौलाएको वा एकाएक रिँगटा लाग्ने वा मुर्छा हुने किसिमको रोग भएको व्यक्ति,
५. देख्ने शक्ति कमजोर भइ चस्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठिक नभएको व्यक्ति,
६. साधारण ध्वनि सङ्केत, आवाज सुन्न नसक्ने गरी बहिरो भएको व्यक्ति,
७. रातो, हरियो, पहेँलो इत्यादि रङहरू तुरुन्त छुट्याउन नसक्ने दृष्टिदोष भएको व्यक्ति,
८. रतन्धो भएको व्यक्ति,
९. दुवै आँखा नभएको व्यक्ति,
१०. हातखुट्टा शक्तिहीन भइ काम दिन नसक्ने भएको व्यक्ति,
११. साधारण लेखपढ गर्न नजान्ने व्यक्ति,
१२. अपाङ्गका निमित्त खास किसिमले बनेको सवारीका निमित्त यो खण्डको बन्देज लागू हुने छैन,
१३. ठूलो र मझौला सार्वजनिक सवारीको लागि ६० वर्ष उमेर पूरा भएको कुनै पनि व्यक्ति ।

वर्तमान कानुनले गरेको उपरोक्त व्यवस्था अपुग रहेको केही अभियानकर्मी बताउँछन्। सडक सुरक्षाको क्षेत्रमा वकालत गरिरहेका अधिवक्ता सुवास आचार्य सवारी चालक अनुमतिपत्रका लागि न्यूनतम शैक्षिक योग्यताको व्यवस्था गर्नुपर्ने बताउँछन्। 

‘सवारी सम्बन्धी ऐन पूर्ण छैन। न्यूनतम शैक्षिक योग्यता तोक्नुपर्छ। ऐनमा केही व्यवस्था छ, तर त्यो पर्याप्त छैन। सवारी सधान चलाउँदा आफ्नो कुनकुन विषयमा जानकारी हुनुपर्छ? आफ्नो भूमिका के हो भन्ने न्यूनतम योग्यता हुन आवश्यक छ,’ नेपाल लाइभसँग कुरा गर्दै आचार्यले भने। 

यस्तै, विद्यालयको पाठ्यक्रमबाटै सडक सुरक्षा सम्बन्धी विषयलाई गहनरुपमा लागू गर्नु पर्ने आचार्यको जोड छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सडक सुरक्षा अभियन्ता गोविन्द भट्टराई भने न्यूनतम शैक्षिक योग्यताभन्दा व्यक्तिगत तालिममा जोड दिनुपर्ने बताउँछन्। जापान सरकारको सहयोगमा पाठ्यक्रम बनाएकोले त्यसलाई ड्राइभिङ स्कुल बनाएर प्रभावकारी कार्यान्वयन गराए दक्ष चालकहरु उत्पादन हुने भट्टराई बताउँछन्।

‘अहिले दुर्घटना बढ्नुमा ड्राइभिङ स्कुलबाट सिक्ने बिन्दुबाट खराबी सुरु हुन्छ। दक्ष प्रशिक्षकबाट सिकाएको व्यवस्थित ड्राइभिङ स्कुलहरु बनाउनु पर्छ,’ नेपाल लाइभसँग कुरा गर्दै भट्टराई भन्छन्, ‘हामीसँग ड्राइभिङ स्कुलका लागि पाठ्यक्रम पनि छ। त्यसलाई प्रभावकारी कार्यान्वयन गरे पर्याप्त हुन्छ।’

विद्यालयको शैक्षिक योग्यतालाई अनिवार्य बनाएमा धेरै विद्यालय नपुगेकाहरु चालक अनुमतिपत्रबाट वञ्चित हुने र रोजगारी र स्वरोजगारबाट पनि वञ्चित हुने हुँदा त्यसमा जोड दिनु उपयुक्त नहुने भट्टराई बताउँछन्। सिपमूलक रहेकोले ड्राइभिङ स्कुलबाट तालिम लिएर चालक अनुमतिपत्र पाउने व्यवस्थालाई पूर्णत: लागू गराएमा चालककै कारण हुने दुर्घटना घट्ने उनको विश्वास छ। 

पर्याप्त चेतना र सार्वजनिक सवारीका चालकलाई समयसमयमा तालिमको आवश्यकता रहेको सरोकारवालाहरुको जोड छ। यस्तै, सार्वजनिक सवारी सधानका चालकहरुलाई व्यावसायिक बनाउनु पर्नेमा जोड गर्छन् अधिवक्ता आचार्य। व्यावसायिक भए जिम्मेवार र व्यावसायिक धर्म निभाउने हुँदा यात्रुहरुले अनावश्यक झन्झट र लापरबाही भोग्नु नपर्ने आचार्यको धारणा छ। 

के छ अन्तर्राष्ट्रिय अभ्यास?
सन् २०१९ मा भारत सरकारले सवारी चालक अनुमतिपत्रका लागि मौजुदा कानुनले तोकेको न्यूनतम शैक्षिक योग्यताको व्यवस्था खारेजी गर्‍यो। सवारी साधन सम्बन्धीको कानुन, १९८९ ले चालक अनुमतिपत्र प्राप्त गर्नका लागि न्यूनतम कक्षा ८ उत्तीर्ण गर्नुपर्ने व्यवस्था गरेको थियो। 

कानुनको उक्त व्यवस्था खारेज गर्दै तत्कालीन सडक तथा यातायात मन्त्री नितिन गडकरीले सरकारले बढ्दो बेरोजगारीलाई कम गर्न र रोजगारीको अवसर सिर्जना गर्न सवारी चालक अनुमतिपत्र प्राप्तिका लागि आवश्यक रहेको शैक्षिक योग्यता आवश्यक नरहने जानकारी गराएका थिए। 

सिपमा दक्षता प्राप्त गरेका तर आर्थिक रुपमा विपन्न रहेका वर्गका मानिसलाई सवारी चालक अनुमतिपत्र प्राप्तिका लागि कानुनले व्यवस्था गरेको शैक्षिक योग्यताले बन्देज लगाएकोले उक्त प्रावधान खारेज गर्नुपरेको त्यहाँको यातायात मन्त्रालयले बताएको थियो। 

शैक्षिक योग्यता सम्बन्धीको प्रावधान खारेज गरे पनि चालक अनुमतिपत्र प्राप्त गर्नका लागि तालिम र सिप परीक्षणमा भने कुनै कमी नगर्न मातहतका विभागहरुलाई तालुकदार मन्त्रालयले निर्देशन गरेको थियो।

सम्बन्धित सामग्री: 

कहालीलाग्दो सडक दुर्घटना: न्यूनीकरणका लागि केही त गर

सवारी दुर्घटना: छानबिन हुन्छ, प्रतिवेदन बन्छन् र दराजमा थन्किन्छन्

सडक दुर्घटनाका घाइते ३ महिनादेखि अस्पतालमा, यातायात कम्पनीको ‘बेहोरा’ले परिवारलाई छुट्टै तनाव

सडक दुर्घटनाका घाइते ३ महिनादेखि अस्पतालमा, यातायात कम्पनीको ‘बेहोरा’ले परिवारलाई छुट्टै तनाव 

सवारी दुर्घटनाको मानवीय कारण: न्यायाधीशले ‘स्वविवेक’ प्रयोग गर्दा ‘लापरबाही’को कसुरमा उन्मुक्ति पाउँछन् चालक 

सवारी चलाउन ताेकिएको ‘साधारण लेखपढ’ योग्यता पूर्ण छ? 

नेपालका सडक मृत्युमार्ग जस्ता भए: गोविन्द भट्टराई [अन्तर्वार्ता] 

कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  २१:१२
  • #कहालिलाग्दो सडक दुर्घटना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
भोटेकोशीको भेलले कारागार घेर्दा ५० कैदी फरार, सुरक्षाकर्मीले ज्यानको बाजी लगाएर फर्काए : प्रधानमन्त्री आइतबार, भदौ २१, २०८३
सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको आश्वासन: सेवा, सुरक्षा र सुविधामा सरकारले कुनै सम्झौता गर्दैन आइतबार, भदौ २१, २०८३
बाढीपीडितका लागि नेकपाको २४ बुँदे प्रस्ताव आइतबार, भदौ २१, २०८३
भोटेकोशी प्रभावित क्षेत्रमा चिनियाँ विज्ञद्वारा निगरानी तीव्र, हिमताल र पहिरोको जोखिममा विशेष निगरानी आइतबार, भदौ २१, २०८३
आज दिनभर खोज तथा उद्धारमा के–के भयो? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्