• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?

64x64
ईश्वर बराल शुक्रबार, मंसिर १५, २०८०  ०९:३०
1140x725

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) मा सहभागी हुन बिहिबार बिहान संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन्। यूएईको दुबई बिहीबारदेखि नै सम्मेलन सुरु भएको छ। 

कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट अध्यक्षता सहितको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री प्रचण्डले सहभागिता जनाउनेछन्। प्रधानमन्त्री प्रचण्डले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८–विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको छ। उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य दिनेछन्।

तर नेपालले कत्तिको बलियो ढङ्गले आफ्नो विषय प्रस्तुत गर्छ र अरु सरोकारवाला मुलुकलाई प्रभावित पार्छ भन्ने कुरा चाहिँ चासोपूर्वक हेर्नु पर्ने यो क्षेत्रमा काम गर्ने विज्ञहरु बताउँछन्। जलवायु परिवर्तन र यसका असरमाथि काम गरिरहेका डा धर्मराज उप्रेती नेपालले आफ्नो कुरा दह्रो र स्पष्ट ढङ्गले उठाउनुपर्ने धारणा राख्छन्। 

‘नेपालले उठाउने मुद्दाहरु उठ्नुपर्ने सबै तहमा उठ्यो भने पक्कै सकारत्मक हुन्छ,’ उनी भन्छन्। 

बिगो गर्ने अरु, क्षति बेहोर्ने नेपाल
कार्बन उत्सर्जन गर्ने २ ठूला मुलुकका बीचको भूमरीमा परेको नेपालले यसको गम्भीर असर बेहोर्नु परिरहेको छ। हिमालहरुबाट हिउँ रित्तिनु, पानीका मुहान सुक्नुका साथै जलवायु परिवर्तनकै कारण सिर्जित सह–उत्पदानको असरका रुपमा बाढी, पहिरोले वार्षिक ठूलो मात्रामा जनधनको क्षतिको सामना गर्नु नेपालको नियति बनेको छ। 

उपरोक्त विषय विश्व समुदायसमक्ष राख्नुपर्ने उप्रेती बताउँछन्। 

‘हिमालमा हिउँ रहेन। कुरुप जस्तो देखिन थल्यो। हिमाल बचाउनु पर्छ भनेर पर्वतीय मुद्दा घनिभूत रुपमा नेपालले उठाउँदै छ। र यो मूख्य अजेण्डा बन्नुपर्छ,’ उनी भन्छन्। 

सो सम्मेलनमा सम्बोधन गर्न अबुधावी पुगेका प्रचण्डले पनि नेपालले अनाहकमा बेहोर्नु परेको क्षतिको सोधभर्ना पाउनु नेपालको अधिकार रहेको दाबी गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘जलवायु परिवर्तनको प्रभावबाट सिर्जित समस्याको कारण हामी होइनौं। हामीले नगरेको कर्मको भारी बोकेका छौँ। नेपाल कोप २८ मा माग्नेको रूपमा होइन अधिकार कायम गर्ने गरी प्रस्तुत हुन्छ। कोपमा हाम्रो उपस्थिति यही मनस्थिति र तयारीका साथ रहेको छ,’ प्रचण्डले आबुधावीस्थित नेपाली राजदूतावासमा आयोजित समारोहमा भने। 

उप्रती पनि यो मुद्दाले शसक्तता पाउनुपर्ने मत राख्छन्। ‘हानि नोक्सानीको कोषको रकमको विषयमा शसक्त ढङ्गले कुरा राख्नुपर्छ। नेपाल कम विकसित देशहरुको अध्यक्ष पनि भएकोले झन् टड्कारो रुपमा विषयहरु राख्नु पर्छ,’ उनी भन्छन्। 

पेरिसमा आयोजित कोप २६ मै यो कोष स्थापना गर्ने सवालहरु उठेका थिए। तर त्यहाँ ठूला देशबीच समझदारी बन्ने सकेको थिएन। इजिप्टमा आयोजित कोप २७ मा यो कोष स्थापना गर्नेमा सहभागी देशहरु सहमत भए पनि कतिपय विषयहरु अझै स्पष्ट ढङ्गले कार्यन्वयनका चरणमा पुग्न सकेको छैन। कोप २८ ले यसलाइ टुंगोमा पुर्‍याउने विश्वास लिइएको छ। 

जलवायु असरका कारण नेपालले कति लागत चुकायो?
जलवायु परिवर्तनले पार्ने जोखिम मापन गर्ने जर्मन वाचको ‘ग्लोबल क्लाइमेट रिस्क इन्डेक्स’ अनुसार नेपाल जोखिममा पर्ने पहिलो १० नम्बर भित्र पर्ने देशहरुको सूचीमा छ। त्यसको अर्थ हुन्छ नेपालले जलवायु परिवर्तनले पार्ने असरको गम्भीर रुपमा सामना गर्नु परिरहेको छ। यसको लागि नेपाललाई तक्काल ठूलो मात्रामा पैसा आवश्यक पर्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सन् २०२२ मा विश्व भरका अनुसन्धानकर्ता र नीति निर्माताहरूको समूह ‘लस एन्ड ड्यामेज कोलाबोरेसन’ ले जारी गरेको एक प्रतिवेदन अनुसार २१औं शताब्दीका पहिलो २ दशकमा संसारका ५५ राष्ट्रले जलवायु असरकै कारण ५ खर्ब अमेरिकी डलर बराबर क्षति बेहोरेको उल्लेख छ। यसमा नेपाल शीर्ष भित्रै पर्छ। 

यसलाई प्रतिरक्षा गर्न नेपालालई तत्काल करिब ५० खर्ब रुपैयाँ चाहिने सरकारी पक्षको आकलन छ। यो नेपालको अर्थतन्त्र बराबरको पैसा हो। सो लागत सन् २०३० सम्मका लागि हुने सरकारको दाबी छ। 

चिन्ताग्रस्त अवस्थाका बीच केही आशा
तथ्याङ्कले नेपालको अवस्था चिन्ताग्रस्त देखाउँछ। तर सरकारले देखाएको सक्रियता र चासोले कोप २८ महत्त्वपूर्ण कोशेढुङ्गा साबित हुनसक्ने उप्रतीको विश्वास छ। त्यस्तै, पछिल्लो महिना संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालको भ्रमणका क्रममा सगरमाथा क्षेत्रमा पुगेर गरेको अपिल र संसद्‌मा सम्बोधनका क्रममा गरेको प्रतिबद्धताले विश्वको ध्यान खिच्न सहयोग पुगेको नेपालको विश्वास छ। 

गुटरेसले नेपालले जलवायु परिवर्तनका घातक असरहरू बेहोरिरहेको भन्दै नेपाललाई मद्दत गर्न विश्व समूदायलाई आह्वान गरेका थिए। ‘रेकर्ड तापक्रमको परिणामस्वरूप रेकर्ड स्तरमा हिमनदी पग्लिएका छन्। गत ३० वर्षमा नेपाल (हिमाली क्षेत्र)ले एक तिहाइ बरफ गुमाइसक्यो। हिमनदी पग्लनु भनेको हिमताल विस्तार हुनु अनि विनाशकारी बाढी आउनु पनि हो। गत एक दशकमा नेपालका हिमनदीहरू अघिल्लो दशकको तुलनामा ६५५ बढी गतिमा पग्लिएका छन्,’ सगरमाथा नजिक पुगेर गरेको भिडियो अपिलमा उनले भनेका थिए। 

गुटरेसले देखाएको ऐक्यबद्धता र नेपाल सरकारको सक्रियताले निकै उत्साहित उप्रती भन्छन्, ‘यी कुराले नेपालका जलवायुसम्बन्धी अभियानकर्मीहरूलाई निकै उत्साहित बनाएको छ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान गुरुङले एआई, डिजिटल फरेन्सिक, साइबर अपराध, वित्तीय अपराध अनुसन्धान तथा डीएनए फरेन्सिकजस्ता क्षेत्रमा प्रहरीको दक्षता बढाउनुपर्ने बता... शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु आफू कमजोर भएर अप्ठ्यारोमा परेका बेला साथ दिनेहरूप्रति थापाले आभार व्यक्त गरे। शुक्रबार, असोज ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
राज्यका संवेदनशील सूचना चुहाउने कार्यमा संलग्नलाई उन्मुक्ति नदिने गृहमन्त्रीको अडान शुक्रबार, असोज ३०, २०८३
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शुक्रबार, असोज ३०, २०८३
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्