• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, मंसिर १८, २०८२ Thu, Dec 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण

64x64
ईश्वर बराल बिहीबार, असोज २५, २०८०  २०:२१
1140x725

काठमाडौं– ‘हामी हाम्रो सम्बन्धलाई हिमालय जत्तिकै उचाइ दिने काम गर्नेछौं। यही भावनाका साथ हामी सबै मुद्दाको, चाहे सीमाको वा अरू केही विषय, सबैको समाधान गर्नेछौं।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ हो, यो। 

गत जेठमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा जेठ १८ गते आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले सो प्रतिबद्धता व्यक्त गरेका थिए।

त्यसअघि सीमा विवाद सुल्झाउने विषयमा कुरै सुन्न नचाहने भारतले, प्रधानमन्त्री तहबाटै उक्त व्यक्त गरेपछि नेपालका प्रधानमन्त्री प्रचण्ड उत्साहित भएका थिए। उनको भनाइ थियो, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा सीमा समस्या समाधानबारे बोल्नु निकै महत्त्वपूर्ण हो। मैले प्रधानमन्त्री मोदीजीलाई सीमाको विषय स्थापित द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न आग्रह गरेँ।’

भारत भ्रमणबाट फर्किएपछि प्रचण्डले पटक–पटक मोदीको उक्त प्रतिबद्धताको चर्चा गर्ने गरेका छन्, जसलाई उनले भारत भ्रमणको एक उपलब्धि जस्तो गरी प्रस्तुत गर्ने गरेका छन्।

मोदीले सीमा समस्या समाधान गर्ने भनेर प्रतिक्रिया व्यक्त गरेको चार महिनामै भारतीय प्रधानमन्त्री मोदीले विवादास्पद भ्रमण गरेका छन्। उनी बिहीबार बिहान कालापानी क्षेत्र पुगेका छन्। हेलिकप्टरमार्फत् बिहान ८:३० मा मोदी नेपाली भूमि गुन्जीनजिकै जोलिङ्काङमा उत्रिएका थिए। त्यसलगत्तै मोदीले त्यहाँस्थित पार्वतीकुण्डमा पूजा गरेका थिए। उत्तराखण्डको पिथौरागढ जिल्लामा पर्ने उक्त क्षेत्रमा मोदी उक्त प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीसँग पुगेका थिए। पार्वतीकुण्डको पूजा गर्दै मोदीले कैलाश पर्वतको दूरदर्शन पनि गरेको उनको ट्विटर हेण्डलबाट सार्वजनिक भएको भिडियोहरुमा देखिन्छ।

उत्तराखंड में पिथौरागढ़ के पवित्र पार्वती कुंड में दर्शन और पूजन से अभिभूत हूं। यहां से आदि कैलाश के दर्शन से भी मन आह्लादित है। प्रकृति की गोद में बसी अध्यात्म और संस्कृति की इस स्थली से अपने देश के सभी परिवारजनों के सुखमय जीवन की कामना की। pic.twitter.com/iIEpO0Cta0

— Narendra Modi (@narendramodi) October 12, 2023

 

मोदीको सचिवालयले सार्वजनिक गरेको भ्रमणको तालिका अनुसार उनले करिब ९:३० को आसपास नेपाली भूमि गुञ्जीका स्थानीयसँग छलफल गरेका थिए। त्यसका साथै नेपालको नक्सामा समावेश भएको कुटी, नावीका स्थानीयसँग छलफल गर्ने पूर्वनिर्धारित तालिका अनुसार सामान्य छलफल भएको उनको सचिवालय र भारतीय संचारमाध्यमले सार्वजनिक गरेको भिडियो क्लिपहरुमा देखिन्छ।

Ncell 2
Ncell 2

Uttarakhand's progress and wellbeing of its citizens are at the core of our government's mission. Speaking at inauguration and foundation stone laying ceremony of development works in Pithoragarh. https://t.co/JcBRkhMR0M

— Narendra Modi (@narendramodi) October 12, 2023

मोदीले स्थानीयसँग कहाँ बसेर छलफल गरे भन्नेचाँहि नेपाली पक्षले पुष्टि गर्न सकेको छैन, वा खुलाउन चाहेको छैन। बरु समग्र भ्रमणबारे नै औपचारिक जानकारी नभएको प्रतिक्रिया दिएको छ। परराष्ट्रका एक अधिकारीले सूचना संकलनको कार्य भइरहेको बताए। छिमेकी राष्ट्रको प्रधानमन्त्रीको भ्रमण रहेकोले सत्यतथ्यमा नपुगी धारणा बनाउन हतार हुने उनको भनाइ छ। ‘हामीले पनि समाचारहरुबाटै थाहा पाएका हौं। हामी आधिकारिक र वास्तविक सत्यतथ्य बुझ्दै छौं। अहिले टिप्पणी गर्नु हतार हुन्छ। हामी आधिकारिक रुपमा पुष्टि गरेर जानकारी गराउँछौं’, उनले भने। 

मोदीको भ्रमणको बारेमा आफूहरु जानकार नरहेको बताउँछिन्, दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशी। उनी भन्छिन्, ‘औपचारिक संयन्त्रबाट कुनै जानकारी थिएन। हामीलाई हाम्रै स्रोतहरुले केही जानकारी दिए। तर कुन स्थानमा आउनु भएको, कसकसलाई भेट्नु भएको भन्ने चाहिँ हामी बुझ्दै छौं,’ नेपाल लाइभसँग कुरा गर्दै प्रजिअ जोशीले भनिन्। 

मोदीको भ्रमण हुने भएपछि आसपासका अन्य नेपाली गाउँका मानिसहरुलाई आवतजावतमा रोक लगाएको भन्ने गुनासाहरु आएको गृह प्रशासनका अधिकारीहरु बताउँछन्।

Sharing some more glimpses from Parvati Kund. pic.twitter.com/knqEzDpa6U

— Narendra Modi (@narendramodi) October 12, 2023

 

समग्रमा मोदीले नेपाली भूमिमै टेकेर स्थानीयसँग छलफल गरेको वा भारतीय भूमिमै बोलाएर नेपाली नागरिक भेटेको भए पनि विवादास्पद कदम भएको नेपालका राजनीतिक नेताहरू र कूटनीतिकहरूले प्रतिक्रिया दिएका छन्। तर, विवादास्पद भ्रमण भएको र मोदी पुगेका ठाउँबारे नेपाल सरकारका पक्षबाट केही नखुलाइएका साझा कारण देखाउँदै उनीहरूले नाम खुलाउन भने चाहेनन्। तर सशंकित भएको उनीहरूको प्रतिक्रियाबाट बुझिन्छ।

‘प्रधानमन्त्री प्रचण्ड र मोदीबीच जेठमा एक प्रकारको समझदारी बनेको थियो। सबै समस्या वार्ताबाट हल गर्ने भन्ने थियो। र यसलाई थप नगिजोल्ने भन्ने थियो’, प्रधानमन्त्री प्रचण्ड निकटस्थ एक नेता भन्छन्, ‘तर मोदीले आज जुन प्रकारको भ्रमण गर्नुभयो। यसले भारतको पुरानो रवैयामा कति पनि सुधार नभएको देखिन्छ।’

बिहीबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो विषय उठाएका थिए। आकस्मिक समय लिएर बोलेका उनले मोदी नेपालको भू–भागमा के कति कारणले भ्रमणमा आएका हुन्, त्यसको बारेमा सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गरेका थिए।

‘सरकार र पररष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु, छिमेकी राष्ट्रका प्रधानमन्त्रीको यति ठूलो भ्रमणका बारेमा सरकारले सदन र जनतालाई जानकारी गराउनुपर्दैन? यसबारेमा सदनलाई सरकार र परराष्ट्र मन्त्रालयले जानकारी गराउनुपर्‍यो’, उनले भनेका थिए।

लामिछानेले कुटी, गुञ्जी नेपालको चुच्चे नक्साभित्र पर्ने स्मरण गराए। ‘सदनले पास गरेको नक्साभित्र पर्छ। त्यसकारण त्यो भू–भागभित्र गुञ्जी पनि पर्छ, जहाँ भारतका प्रधानमन्त्रीले भ्रमण गर्नुभएको छ’, उनको भनाइ थियो।

रास्वपाकै सांसद बिनिता कठायतले पनि सरकारको जवाफ माग गरेकी छन्। ‘बिना कुनै जानकारी यस्तो भ्रमण के का लागि हुँदैछ? सो भ्रमण के कति कारणले भएको हो? भन्ने कुरा पत्ता लगाउन कति समय लाग्ने हो? माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँछु’, कठायतको भनाइ थियो।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
प्रधानमन्त्री कार्की र श्रीलंकाली समकक्षी डा. अमरसुरियाबीच टेलिफोन वार्ता प्रधानमन्त्री कार्कीले जेन जेड आन्दोलन र त्यसपछि मुलुकमा उत्पन्न परिस्थितिका विषयमा पनि जानकारी गराएकी थिइन् । बुधबार, मंसिर १७, २०८२
अति-दलीयकरण हुँदा मुलुकको प्रगति भएन, अब भ्रष्टाचारविरुद्धको कारबाही रोकिन्न : प्रधानमन्त्री नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराती नेतृत्वको प्रतिनिधिमण्डलसँगको आज सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्त... बुधबार, मंसिर १७, २०८२
हामी काम गर्न नै आएको हो, जे सकेको गरिरहेका छौँ: प्रधानमन्त्री कार्की नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किराँती नेतृत्वको प्रतिनिधिमण्डलसँगको आज सिंहदरबारमा भएको भेटका क्रममा प्रधानमन्... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
जाडोमा स्वस्थ रहने घरेलु तरिका बिहीबार, मंसिर १८, २०८२
प्रधानमन्त्री कार्की र श्रीलंकाली समकक्षी डा. अमरसुरियाबीच टेलिफोन वार्ता बुधबार, मंसिर १७, २०८२
अति-दलीयकरण हुँदा मुलुकको प्रगति भएन, अब भ्रष्टाचारविरुद्धको कारबाही रोकिन्न : प्रधानमन्त्री बुधबार, मंसिर १७, २०८२
विराटनगरविरुद्ध लुम्बिनी ५ विकेटले बिजयी बुधबार, मंसिर १७, २०८२
हामी काम गर्न नै आएको हो, जे सकेको गरिरहेका छौँ: प्रधानमन्त्री कार्की बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमै रहने बुधबार, मंसिर १७, २०८२
क्यानका महानिर्देशक अधिकारी अख्तियारको नियन्त्रणमा बुधबार, मंसिर १७, २०८२
मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा राजीनामा बुधबार, मंसिर १७, २०८२
विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने शिक्षामन्त्रीको चेतावनी बुधबार, मंसिर १७, २०८२
गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्