• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण

64x64
ईश्वर बराल बिहीबार, असोज २५, २०८०  २०:२१
1140x725

काठमाडौं– ‘हामी हाम्रो सम्बन्धलाई हिमालय जत्तिकै उचाइ दिने काम गर्नेछौं। यही भावनाका साथ हामी सबै मुद्दाको, चाहे सीमाको वा अरू केही विषय, सबैको समाधान गर्नेछौं।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ हो, यो। 

गत जेठमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा जेठ १८ गते आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले सो प्रतिबद्धता व्यक्त गरेका थिए।

त्यसअघि सीमा विवाद सुल्झाउने विषयमा कुरै सुन्न नचाहने भारतले, प्रधानमन्त्री तहबाटै उक्त व्यक्त गरेपछि नेपालका प्रधानमन्त्री प्रचण्ड उत्साहित भएका थिए। उनको भनाइ थियो, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा सीमा समस्या समाधानबारे बोल्नु निकै महत्त्वपूर्ण हो। मैले प्रधानमन्त्री मोदीजीलाई सीमाको विषय स्थापित द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत् समाधान गर्न आग्रह गरेँ।’

भारत भ्रमणबाट फर्किएपछि प्रचण्डले पटक–पटक मोदीको उक्त प्रतिबद्धताको चर्चा गर्ने गरेका छन्, जसलाई उनले भारत भ्रमणको एक उपलब्धि जस्तो गरी प्रस्तुत गर्ने गरेका छन्।

मोदीले सीमा समस्या समाधान गर्ने भनेर प्रतिक्रिया व्यक्त गरेको चार महिनामै भारतीय प्रधानमन्त्री मोदीले विवादास्पद भ्रमण गरेका छन्। उनी बिहीबार बिहान कालापानी क्षेत्र पुगेका छन्। हेलिकप्टरमार्फत् बिहान ८:३० मा मोदी नेपाली भूमि गुन्जीनजिकै जोलिङ्काङमा उत्रिएका थिए। त्यसलगत्तै मोदीले त्यहाँस्थित पार्वतीकुण्डमा पूजा गरेका थिए। उत्तराखण्डको पिथौरागढ जिल्लामा पर्ने उक्त क्षेत्रमा मोदी उक्त प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामीसँग पुगेका थिए। पार्वतीकुण्डको पूजा गर्दै मोदीले कैलाश पर्वतको दूरदर्शन पनि गरेको उनको ट्विटर हेण्डलबाट सार्वजनिक भएको भिडियोहरुमा देखिन्छ।

उत्तराखंड में पिथौरागढ़ के पवित्र पार्वती कुंड में दर्शन और पूजन से अभिभूत हूं। यहां से आदि कैलाश के दर्शन से भी मन आह्लादित है। प्रकृति की गोद में बसी अध्यात्म और संस्कृति की इस स्थली से अपने देश के सभी परिवारजनों के सुखमय जीवन की कामना की। pic.twitter.com/iIEpO0Cta0

— Narendra Modi (@narendramodi) October 12, 2023

 

मोदीको सचिवालयले सार्वजनिक गरेको भ्रमणको तालिका अनुसार उनले करिब ९:३० को आसपास नेपाली भूमि गुञ्जीका स्थानीयसँग छलफल गरेका थिए। त्यसका साथै नेपालको नक्सामा समावेश भएको कुटी, नावीका स्थानीयसँग छलफल गर्ने पूर्वनिर्धारित तालिका अनुसार सामान्य छलफल भएको उनको सचिवालय र भारतीय संचारमाध्यमले सार्वजनिक गरेको भिडियो क्लिपहरुमा देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

Uttarakhand's progress and wellbeing of its citizens are at the core of our government's mission. Speaking at inauguration and foundation stone laying ceremony of development works in Pithoragarh. https://t.co/JcBRkhMR0M

— Narendra Modi (@narendramodi) October 12, 2023

मोदीले स्थानीयसँग कहाँ बसेर छलफल गरे भन्नेचाँहि नेपाली पक्षले पुष्टि गर्न सकेको छैन, वा खुलाउन चाहेको छैन। बरु समग्र भ्रमणबारे नै औपचारिक जानकारी नभएको प्रतिक्रिया दिएको छ। परराष्ट्रका एक अधिकारीले सूचना संकलनको कार्य भइरहेको बताए। छिमेकी राष्ट्रको प्रधानमन्त्रीको भ्रमण रहेकोले सत्यतथ्यमा नपुगी धारणा बनाउन हतार हुने उनको भनाइ छ। ‘हामीले पनि समाचारहरुबाटै थाहा पाएका हौं। हामी आधिकारिक र वास्तविक सत्यतथ्य बुझ्दै छौं। अहिले टिप्पणी गर्नु हतार हुन्छ। हामी आधिकारिक रुपमा पुष्टि गरेर जानकारी गराउँछौं’, उनले भने। 

मोदीको भ्रमणको बारेमा आफूहरु जानकार नरहेको बताउँछिन्, दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशी। उनी भन्छिन्, ‘औपचारिक संयन्त्रबाट कुनै जानकारी थिएन। हामीलाई हाम्रै स्रोतहरुले केही जानकारी दिए। तर कुन स्थानमा आउनु भएको, कसकसलाई भेट्नु भएको भन्ने चाहिँ हामी बुझ्दै छौं,’ नेपाल लाइभसँग कुरा गर्दै प्रजिअ जोशीले भनिन्। 

मोदीको भ्रमण हुने भएपछि आसपासका अन्य नेपाली गाउँका मानिसहरुलाई आवतजावतमा रोक लगाएको भन्ने गुनासाहरु आएको गृह प्रशासनका अधिकारीहरु बताउँछन्।

Xtrem

Xtrem

Sharing some more glimpses from Parvati Kund. pic.twitter.com/knqEzDpa6U

— Narendra Modi (@narendramodi) October 12, 2023

 

समग्रमा मोदीले नेपाली भूमिमै टेकेर स्थानीयसँग छलफल गरेको वा भारतीय भूमिमै बोलाएर नेपाली नागरिक भेटेको भए पनि विवादास्पद कदम भएको नेपालका राजनीतिक नेताहरू र कूटनीतिकहरूले प्रतिक्रिया दिएका छन्। तर, विवादास्पद भ्रमण भएको र मोदी पुगेका ठाउँबारे नेपाल सरकारका पक्षबाट केही नखुलाइएका साझा कारण देखाउँदै उनीहरूले नाम खुलाउन भने चाहेनन्। तर सशंकित भएको उनीहरूको प्रतिक्रियाबाट बुझिन्छ।

‘प्रधानमन्त्री प्रचण्ड र मोदीबीच जेठमा एक प्रकारको समझदारी बनेको थियो। सबै समस्या वार्ताबाट हल गर्ने भन्ने थियो। र यसलाई थप नगिजोल्ने भन्ने थियो’, प्रधानमन्त्री प्रचण्ड निकटस्थ एक नेता भन्छन्, ‘तर मोदीले आज जुन प्रकारको भ्रमण गर्नुभयो। यसले भारतको पुरानो रवैयामा कति पनि सुधार नभएको देखिन्छ।’

बिहीबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो विषय उठाएका थिए। आकस्मिक समय लिएर बोलेका उनले मोदी नेपालको भू–भागमा के कति कारणले भ्रमणमा आएका हुन्, त्यसको बारेमा सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गरेका थिए।

‘सरकार र पररष्ट्र मन्त्रालयलाई सोध्न चाहन्छु, छिमेकी राष्ट्रका प्रधानमन्त्रीको यति ठूलो भ्रमणका बारेमा सरकारले सदन र जनतालाई जानकारी गराउनुपर्दैन? यसबारेमा सदनलाई सरकार र परराष्ट्र मन्त्रालयले जानकारी गराउनुपर्‍यो’, उनले भनेका थिए।

लामिछानेले कुटी, गुञ्जी नेपालको चुच्चे नक्साभित्र पर्ने स्मरण गराए। ‘सदनले पास गरेको नक्साभित्र पर्छ। त्यसकारण त्यो भू–भागभित्र गुञ्जी पनि पर्छ, जहाँ भारतका प्रधानमन्त्रीले भ्रमण गर्नुभएको छ’, उनको भनाइ थियो।

रास्वपाकै सांसद बिनिता कठायतले पनि सरकारको जवाफ माग गरेकी छन्। ‘बिना कुनै जानकारी यस्तो भ्रमण के का लागि हुँदैछ? सो भ्रमण के कति कारणले भएको हो? भन्ने कुरा पत्ता लगाउन कति समय लाग्ने हो? माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँछु’, कठायतको भनाइ थियो।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  २०:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही महत्वपूर्ण पक्षमा फरक हुँदैछ । गत विशेष महाधिवेशनबाट विधानमा गरिएको संश... आइतबार, असोज १८, २०८३
रास्वपा बैठकका मुख्य निर्णय : पार्टीका सबै सांसद ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा अनिवार्य रूपमा खटिने राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) बैठकले उम्मेदवार छनोट, समिति गठनदेखि कार्यालय खरिद गर्ने निर्णय गरेको छ। आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनको तयारी सकियो, दुई बजेदेखि उद्घाटन समारोह नेपाली कांग्रेसको १५औं महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। पाँच दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन समारोहका लागि खुला... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म आइतबार, असोज १८, २०८३
रास्वपा बैठकका मुख्य निर्णय : पार्टीका सबै सांसद ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा अनिवार्य रूपमा खटिने आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनको तयारी सकियो, दुई बजेदेखि उद्घाटन समारोह आइतबार, असोज १८, २०८३
कांग्रेसको १५औं महाधिवेशनका लागि खुलामञ्चमा भव्य तयारी आइतबार, असोज १८, २०८३
बाढी र पहिरोका कारण पाँच जिल्लाका प्रमुख सडक अवरुद्ध आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म शनिबार, असोज १७, २०८३
नेपालसहित ५० देशका नागरिकलाई अमेरिकाद्वारा २० हजार डलरसम्मको भिसा बन्ड अनिवार्य शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्