• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?

64x64
ईश्वर बराल मंगलबार, मंसिर १९, २०८०  ०७:४७
1140x725

काठमाडौं– कोशी प्रदेशमा सरकार र प्रदेश सभा दुवैले पूर्णता पाउन सकेका छैनन्। सरकारको नेतृत्व गर्दै नेपाली कांग्रेसका केदार कार्की असोज १८ गते सत्तारोहण भए पनि मन्त्रिपरिषद्‌लाई पूर्णता दिन सकेका छैनन्।

त्यसअघि प्रदेश सभाका तत्कालीन सभामुख बाबुराम तिम्सिनाले पदबाट राजीनामा दिएर बहुमत पुर्‍याउन भूमिका खेलेपछि सो पद रिक्त रहेका कारण सदनले पनि पूर्णता पाउन सकेको छैन। 

यता, तत्कालीन अवस्थामा नेकपा एमालेका सांसदहरुको समर्थनमा मुख्यमन्त्री हुँदै गर्दा कार्कीले एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राईलाई मन्त्रीको सपथ खुवाएका थिए। तर एमालेसँगको सहमति विपरीत माओवादी लगायत संघीय गठबन्धन दलको सहमति अनुसार नै कार्की अघि बढ्न थालेपछि एमालेले सरकार छोडेको थियो। समर्थन भने अद्यापि कायमै छ। 

यसबीचमा कार्कीले एकीकृत समाजवादीबाट कमलप्रसाद जवेगु र माओवादी केन्द्रबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरेका छन्। तर राई सहित जवेगु र उप्रेतीले मन्त्रालयको जिम्मेवारी भने आइतबार मात्रै पाएका छन्। त्यसअघि असोज २८ गते मन्त्री भएका राई र कात्तिक १७ गते मन्त्री भएका अन्य दुई सहित बिनाविभागीय हैसियतमा रहेका थिए। ढिलो गरी मन्त्रीहरुको कार्यविभाजन तोकेका मुख्यमन्त्री कार्कीले सरकारलाई पूर्णता दिने सन्दर्भमा भने अझै विलम्ब गर्ने भएका छन्। 

पछिल्लो साता बसेको सत्ता गठबन्धनको बैठकले अब रिक्त रहेको सभामुख चयन गर्ने र सरकार विस्तार गर्ने सहमति गरेको माओवादी सांसद राजेन्द्र कार्कीले जानकारी दिए। ‘अब सदनले नेतृत्व कसले पाउने टुङ्ग्याउने, अनि सरकारले पूर्णता पाउने भन्नेमा छलफल चल्छ भन्ने हामीबीच सहमति बनेको छ,’ कार्कीले नेपाल लाइभसँग भने। 

कार्कीले राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जवेगुलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र  उप्रेतीलाई पर्यटन, बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग कृषि तथा सहकारी मन्त्रालय र खानेपानी सिँचाई तथा ऊर्जा मन्त्रालय भने मुख्यमन्त्री कार्कीकै जिम्मामा रहेको छ। 

सत्ता गठबन्धनले सरकारको स्थायित्वका लागि पहिला सभामुखको टुङ्गो लगाउनु पर्ने दबाब रहेको कांग्रेस सचेतक भूपाल राईको धारणा छ। ‘पहिला हामी बहुमतमा हुँदाहुँदै अल्पमतमा पार्ने काम भएको सबैलाई थाहा छ। त्यही भएर संसद्‌बाट हुने खेल रोक्न पनि सभामुख टुङ्गिनु आवश्यक छ,’ राई भन्छन्। 

सभामुख को? 
अहिलेको संसद्‌को नेतृत्व उपसभामुख सिर्जना दनुवारले गरिरहेकी छिन्। अब बन्ने सभामुख को भन्ने जवाफमा सत्ता गठबन्धनका नेताहरु भन्छन्, ‘एमाले वा राप्रपाबाट बन्छन्।’

Ncell 2
Ncell 2
nimb
nimb

तर, सत्ता गठबन्धनले सभामुख लिएर सरकारमा सहभागी हुन राप्रपालाई फकाइरहेका छन्। राप्रपा यो गठबन्धनमा आए स्पष्टसँग बहुमत सुनिश्चित गर्ने गठबन्धनको ध्यान छ। अहिले एमालेको समर्थनलाई हिसाब नगर्ने हो भने सत्तापक्षसँग ४७ सांसद छन्। राप्रपाका ६ सांसदको समर्थन आए उसलाई ढुक्क हुनेछ। 

राप्रपा भने यसै फकिने ‘मुडमा’ छैन। यो पार्टी कोशीमा हुने लेनदेन एकमुष्ट रुपमा केन्द्रबाटै तय गर्ने तयारीमा छ। तर यसबारे भने नेताहरु मौन रहेका छन्। उनीहरु यति मात्र भन्छन्, आफ्नो कारणले कहीँ पनि अस्थिरिता नहोस्। ‘हामी अस्थिरताको कारक बन्दैनौँ। तर सभामुख लिने सरकारमा पनि जाने कुनै छलफल भएको छैन,’ राप्रपा कोशीका संसदीय दलका नेता भक्ति सिटौला भन्छन्। 

गठबन्धन भने राप्रपालाई सरकारको नेतृत्वको आलोपालो गर्ने सहमति गराउने प्रयासमा रहेको गठबन्धनका एक नेताले दाबी गरेका छन्। 

राप्रपा सहमत नभएमा के गर्नुहुन्छ भन्ने प्रश्नमा ती नेता भन्छन्, ‘संसद्को ठूलो दल पनि हो एमालेले सदनको नेतृत्व लिन्छ नि।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसअघि तत्कालीन मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन उपसभामुख दनुवार गयल भइदिएर कांग्रेसकै एक सांसद सभामुखको भूमिकामा बस्न बाध्य हुनु परेको थियो। यस कारण पनि गठबन्धन एमालेकै कारण कुन बेला ढल्छ भन्ने शंकामा रहेको छ। तर संवैधानिक कारण एमालेको समर्थन अहिले पाएको उसले बुझेको छ। 

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सांसदहरुको समर्थनमा मुख्यमन्त्री भएका कार्कीलाई विश्वास फिर्ता लिँदा दलले लिने कि सांसदले भन्ने संवैधानिक अस्पष्टताका कारण एमाले त्यहाँ रहेको सत्ता गठबन्धनको निर्क्योल छ। 

एमाले भने अहिल्यै यस विषयमा केही नबोल्ने बताउँछन् सांसद एकराज कार्की। उनी भन्छन्, ‘अहिले हामी पार्टीको विषेश अभियानमा केन्द्रित छौँ। यस विषयमा छलफल हुन पाएकै छैन।’

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०७:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्