• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

सवारी दुर्घटना: छानबिन हुन्छ, प्रतिवेदन बन्छन् र दराजमा थन्किन्छन्

64x64
नेपाल लाइभ बुधबार, माघ १८, २०७९  १८:४४
1140x725

काठमाडौं- सरकारले गत शुक्रबार सडक दुर्घटनाका बारेमा अध्ययन गर्न एक समिति गठन गरेको छ। हवाई दुर्घटनालाई महत्व दिएको तर सडक दुर्घटनामा हरेक वर्ष त्यो भन्दा ठूलो संख्यामा ज्यान गुमाउँदा पनि बेवास्ता गरेको भनी आलोचना भएपछि सरकारले सडक दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेको हो। 

सडक दुर्घटनाबारे गठन भएको यो कार्यदल नयाँ भने होइन। यसअघि धेरै पटक मन्त्रालयगत, संसदीय र उच्चस्तरीय समितिहरु बनेका छन्। ती समितिहरुले आफ्नो प्रतिवेदन पनि दिएका छन्। दुर्घटनाको समयमा भावुक भएर समिति गठन गर्ने तर उक्त समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्नेभन्दा दराजमै थन्क्याउने गरिएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७१ मंसिर २८ गते दुर्घटना न्यूनीकरण गर्ने सुझाव दिन उपसमिति गठन गरेको थियो। मन्त्रिपरिषद्को २०७१ मंसिर २५ गतेको निर्णय अनुसार मन्त्रालयका सचिवको संयोजकत्वमा गठित कार्यदलले उक्त उपसमिति बनाएको थियो। उक्त समितिले विस्तृत अध्ययन गरेर प्रतिवेदन पनि दिएको थियो।

त्यस्तै २०७७ सालमा प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले सवारी दुर्घटना न्यूनीकरण अध्ययन उपसमिति बनाएको थियो। उक्त समितिले लामो समय लगाएर नेपालमा हुने सडक दुर्घटनाको बारेमा अध्ययन गरेको थियो। उक्त समितिले प्रतिवेदन सरकारलाई बुझाएर कार्यान्वयन गर्न निर्देशन समेत दिएको थियो।

यी दुई समितिले दिएको प्रतिवेदनका सुझावहरु न कार्यान्वयन भए न त सुधार नै भयो। सरकारले प्रतिवेदन बुझ्यो अनि दराजमा थन्क्यायो। तत्कालीन सांसदहरु गणेश पहाडी, गौरीशंकर चौधरी, दुर्गा पौडेल, यज्ञराज सुनुवार र रंगमती शाही उक्त समितिमा थिए। उक्त समितिले केही सुझावहरु पनि दिएको थियो।  

‘सवारी दुर्घटना घटाउन अब चालकको योग्यतासँगै दायित्व पनि तोक्ने कानुनको खाँचो छ। जसरी हुन्छ दुर्घटनाबाट हुने जनधनको क्षति कम गर्नु राज्यको प्रमुख दायित्व हो,’सुझावमा भनिएको छ, ‘दुर्घटनाको कारण पहिचान भइसकेको अवस्थामा सडक यात्रालाई सुरक्षित र भरपर्दो बनाउन राज्यले जुनसुकै कदम चाल्न पनि चुक्नु हुँदैन।’ 

हरेक वर्ष हुने दुर्घटनाको संख्या, त्यसबाट हुने मानवीय र भौतिक क्षतिको मूल्यांकन नै छैन। दुर्घटनाबाट हुने सबभन्दा ठूलो क्षति मानवीय क्षति नै हो। आफन्त गुमाउनु पर्दा पारिवारका अन्य सदस्य र आश्रितहरूले सहनु पर्ने पीडा अकल्पनीय हुन्छ।’ 

नेपालमा औसत दैनिक ८ जनाको दरले सडक दुर्घटनामा मृत्यु हुने र वर्षमा २५ सयभन्दा बढीको मृत्यु हुने गरेको सरकारी तथ्यांकले देखाएको प्रतिवेदनमा उल्लेख छ। विश्व स्वास्थ्य संगठनले नेपालमा हरेक दिन औसत १३ जना र वर्षेनी झन्डै ५ हजार जनाको ज्यान जाने गरेको भन्दै आएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सडक सुरक्षामा देखिएका समस्या

क) सवारी साधनको यान्त्रिक अवस्था सम्बन्धी समस्या
- सवारी साधनको नियमित मर्मत-सम्भार तथा परीक्षण नगर्ने प्रवृत्ति।
- पुराना सवारी साधनहरू प्रयोगमा रहनु।
- मर्मतमा नक्कली पाटपुर्जा प्रयोग हुनु।
- कृत्रिम वा थप अस्थायी सिट राखी सवारी साधन सञ्चालन गरिनु।
- मर्मतका लागि दक्ष तथा क्षमतायुक्त प्राविधिक जनशक्ति तथा कार्यशालाहरूको कमी हुनु।
- ब्रेक वा स्टेरिङ फेल हुनु।
- एक सिट एक यात्रु नियम पालना नहुनु।
- मास ट्रान्स्पोर्टलाई प्राथमिकता नदिइनु।
- सवारी साधनको उचित आयात नीति नहुनु।

ख) सडकको अवस्था सम्बन्धी समस्या
- विद्युत, टेलिफोन, ढल, अप्टिकल फाइबर जस्ता उद्देश्यका लागि विभिन्न निकायले गर्ने कार्यले सडकमा सवारी आवतजावत अवरुद्ध हुने र कहिलेकाहीँ निर्माणस्थलको खाल्टोमा परेर मृत्यु समेत हुने गरेको।
- सडक क्षमताभन्दा सवारी साधनको संख्या बढी हुनु।
- सडकमा साँघुरा मोड र ठाडो उकालो-ओरालो हुनु।
- प्राविधिक मापदण्ड र उचित इन्जिनियरिङ विना सडक निर्माण हुनु।
- राजमार्ग तथा अन्य सडकहरूमा पर्याप्त रुपमा ट्राफिक संकेत, लाइट र रोड फर्निसिङ नहुनु।
- सडकमा खाल्टाखुल्टी व्यापक हुनु।
- सडक समयमै मर्मत नहुनु।
- सुरक्षित सडकपेटी पर्याप्त मात्रामा नहुनु।
- पहिरो जान सक्ने जोखिमयुक्त सडकहरूमा रिटेनिङ वाल नहुनु।

 ग) सवारी चालक सम्बन्धी समस्या
- लापरबाही तरिकाले सवारी चलाउनु।
- चालकमा पर्याप्त ट्राफिक ज्ञानको कमी।
- सवारी चलाउँदा मादक पदार्थ सेवन।
- तीव्र गतिमा सवारी चलाउने प्रतिस्पर्धा।
- लामो दूरीमा चालक परिवर्तन गर्नुपर्ने व्यवस्था पूर्ण रुपमा कार्यान्वयन नहुनु।
- कम उमेरका चालक हुनु।
- सवारी चालकमा पर्याप्त तालिमको अभाव हुनु।
- ट्राफिक नियम तथा सडक सुरक्षाप्रति बेवास्ता गरिनु।
- बढी कमाउन चालकहरूबीच बढी सामान र यात्रु राख्न अस्वस्थ प्रतिस्पर्धा हुनु।
- चालकहरूलाई न्यून सामाजिक मर्यादामा राखिनु।
- सवारी चालक अनुमतिपत्र लिनको लागि निश्चित शैक्षिक योग्यता नराखिनु।

Xtrem

Xtrem

संसदीय समितिले दिएको जस्तै सुझाव २०७१ साल पुसमा सरकारलाई बुझाएको प्रतिवेदनमा मन्त्रालयको उपसमितिले दिएको थियो। उक्त समितिले पनि चालकको लापरबाहीदेखि यान्त्रिक कारण र रोडको अवस्थासम्म वर्गीकरण गरेर अध्ययन प्रतिवेदन बनाएको थियो।

सो कार्यदलमा यातायात व्यवस्था विभागका तत्कालीन निर्देशक मुक्ति केसी, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक बसन्त पन्त, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिडिई (मेकानिकल) नवीनकुमार पोख्रेल र मन्त्रालयका कानुन अधिकृत कृष्णकुमार कार्की सदस्य थिए। उनीहरुले ८७ प्रतिशतभन्दा बढी सवारी दुर्घटना मानवीय कारणबाट हुने गरेको उल्लेख गरेका थिए। 

यी बाहेक विभिन्न दुर्घटनापछि गठन हुने समितिले पनि यस्तै प्रतिवेदन बुझाउने गरेका थिए।

२०७१ चैत २ गते जुम्ला खलङ्गाबाट कालिकोटको नग्माका लागि छुटेको बस जुम्लाको साविक रारालिही गाविसस्थित डोकोलोटौमा दुर्घटनामा पर्‍यो। उक्त दुर्घटनामा १८ जनाको ज्यान गएको थियो भने १४ जना घाइते भएका थिए।

उक्त दुर्घटनाका विषयमा छानविन गर्न सरकारले समिति निर्माण गर्‍यो। उक्त समितिले अध्ययनपछि प्रतिवेदन दियो। उक्त प्रतिवेदनमा दुर्घटनाको मुख्य दोषी चालक र थोत्रो बस भएको उल्लेख थियो।

सवारी चालक सागर भन्ने सिंहवीर बुढा जसले दुर्घटनामा ज्यान गुमाए उनको सवारी चालक अनुमतिपत्र नै नक्कली पाइएको थियो। यातायात व्यवस्था कार्यालयको तथ्यांकमा उनको सवारी चालक अनुमतिपत्र प्राप्त गरेको विवरण नै भेटिएन।

प्रतिवेदनमा दुर्घटनाको ४ कारण उल्लेख थियो। बसको टाइरड बिग्रिएर बस अनियन्त्रित भएको, बसको स्टेरिङ फेल भई बस अनियन्त्रित भएको, बसको ब्रेक फेल भई बस अनियन्त्रित भएको र बसको स्पिड अति नै धेरै भई चालकले बस नियन्त्रण गर्न नसकेकाले दुर्घटना भएको निष्कर्ष निकालियो।

यो एउटा उदाहरण मात्र हो। अन्य अधिकांश दुर्घटनापछि सरकारले कारण पत्ता लगाउन अध्ययन समिति बनाउने अनि प्रतिवेदन लिएर थन्क्याउने गरेको छ।

 

सम्बन्धित सामग्री: 

कहालीलाग्दो सडक दुर्घटना: न्यूनीकरणका लागि केही त गर

सवारी दुर्घटना: छानबिन हुन्छ, प्रतिवेदन बन्छन् र दराजमा थन्किन्छन्

सडक दुर्घटनाका घाइते ३ महिनादेखि अस्पतालमा, यातायात कम्पनीको ‘बेहोरा’ले परिवारलाई छुट्टै तनाव

सडक दुर्घटनाका घाइते ३ महिनादेखि अस्पतालमा, यातायात कम्पनीको ‘बेहोरा’ले परिवारलाई छुट्टै तनाव 

सवारी दुर्घटनाको मानवीय कारण: न्यायाधीशले ‘स्वविवेक’ प्रयोग गर्दा ‘लापरबाही’को कसुरमा उन्मुक्ति पाउँछन् चालक 

सवारी चलाउन ताेकिएको ‘साधारण लेखपढ’ योग्यता पूर्ण छ? 

नेपालका सडक मृत्युमार्ग जस्ता भए: गोविन्द भट्टराई [अन्तर्वार्ता] 

कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १८:४४
  • #कहालिलाग्दो सडक दुर्घटना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
मौसममा फेरि जोखिम : सरकार उच्च सतर्कतामा, कार्यबहाक प्रधानमन्त्रीले लिए पूर्वतयारीको जानकारी
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
मौसममा फेरि जोखिम : सरकार उच्च सतर्कतामा, कार्यबहाक प्रधानमन्त्रीले लिए पूर्वतयारीको जानकारी बुधबार, असोज ७, २०८३
एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने अनुमान बुधबार, असोज ७, २०८३
पोखराबाट अब सिधै दुबई : फ्लाई दुबईको पहिलो नियमित उडान अवतरण बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्