• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

सडक दुर्घटनाका घाइते ३ महिनादेखि अस्पतालमा, यातायात कम्पनीको ‘बेहोरा’ले परिवारलाई छुट्टै तनाव

64x64
अन्शु खनाल बुधबार, माघ १८, २०७९  १६:१५
1140x725

काठमाडौं– सुर्खेतको बराहताल गाउँपालिकाका २६ वर्षीय भुपेन्द्र चालिसे गत कात्तिक ७ गते वीरेन्द्रनगरबाट बड्डीचौर फर्किँदै थिए। हार्डवेयर पसलका लागि सामान अर्डर गरेर फर्किंदै गरेका भुपेन्द्रले चलाएको मोटरसाइकल बीच बाटोमै दुर्घटना भयो।

जंगलको बाटोमा भुपेन्द्रको बाइकलाई पछाडिबाट आएको फोर्स गाडीले ठक्कर दिएको थियो। उनको उद्दार हुँदासम्म ठक्कर दिने गाडीका चालक फरार भइसकेका थिए। उद्दार गर्नेले उनलाई सुर्खेतको प्रादेशिक अस्पताल लगिदियो। त्यसपछि बल्ल उनको परिवारले दुर्घटना भएको खबर पायो।

परिवार अस्पताल पुग्दा भुपेन्द्रको निधार र छातीमा सानोतिनो चोट देखिएको थियो। हातखुट्टा या शरीरका अन्य अंग केही भएको थिएन। तर टाउकोको सिटी स्क्यान गर्दा उनको दिमागमा चोट देखियो। प्रादेशिक अस्पतालले काठमाडौं लगेर उपचार गर्न सुझायो। कहिल्यै यस्तो दुर्घटना नभोगेको भुपेन्द्रको परिवारले काठमाडौंको कुन अस्पताल जाने भेउ पाउन सकेन। 

सुर्खेतमै अस्पतालमा बसिरहँदा धेरैले काठमाडौंको मेडीसिटी अस्पतालमा राम्रो उपचार हुने बताएका थिए। तर उनीहरुलाई सरकारी अस्पताल लैजान पाए सहुलियतमा उपचार हुन्थ्यो कि भन्ने आशा थियो। उता ठक्कर दिने गाडीका चालक पनि दुर्घटना भएकै दिन प्रहरीको सम्पर्कमा आइसकेका थिए। 

‘बस चाहिँ दैलेखको मान्छेको रहेछ। सुर्खेतकै देउती नागरिक यातायात समिति (प्रालि)मा आबद्द रहेछ,’ भुपेन्द्रका भिनाजु चेतन काफ्ले भन्छन्। 

काठमाडौं लानै पर्ने भएपछि उनीहरुले यातायात समितिलाई खबर गरे। बिरामीलाई भेन्टिलेटरमा राखेर ल्याउनु पर्ने थियो। एम्बुलेन्स या प्लेनमा त्यो कुरा असम्भव जस्तै भयो। परिवारका सदस्यले हेलिकोप्टर मगाए तर यातायात समितिले हेलिकोप्टरको पैसा नतिर्ने भन्न थाल्यो। 

‘आधा भए पनि तिरिदिनूस् भन्दा पनि समितिले मानेन। त्यो समयमा जसरी पनि बिरामीको ज्यान बचाउनु थियो। पैसाभन्दा बिरामीको ज्यान महत्वपूर्ण थियो। पैसाको हिसाब नै भएन। उनीहरुले नतिरे पनि हामी आफैंले ६ लाख ६० हजार तिरेर मेडिसिटी हस्पिटल ल्यायौं,’ काफ्ले भन्छन्।

उनीहरु कात्तिक ९ गते मेडिसिटी अस्पताल आइपुगे। अस्पतालको खर्च समिति (कम्पनी)ले नभइ नव कान्तिपुर भलाइ तथा इन्भेस्टमेन्ट प्रालिले तिर्ने रहेछ। नव कान्तिपुरले कात्तिक १३ गते मेडिसिटी अस्पताललाई आफूले उपचारको रकम भुक्तानी गर्ने भन्दै पत्र लेखेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

बिरामीलाई काठमाडौं ल्याइसकेपछि उता सुर्खेतमा पनि स्थानीय केही र परिवारका व्यक्तिहरु गएर उपचार खर्च बेहोर्ने सहमतिसहित कागज बनाइएको थियो। ‘हामीले पुलिस रिपोर्ट पनि गरेका थियौँ। सहमति कागज बनाएपछि समिति (यातायात कम्पनी)ले गाडी र ड्राइभरलाई छाडिदिन अनुरोध गर्न थाल्यो। जे नहुनु भइसकेको थियो। बस नै गरिखाने बाटो हो भनेर छाडिदिने भनेका थियौं। तर बिरामीको बुवाले मान्नुभएन। त्यसपछि कम्पनीले उपचार नै गर्दिनँ भन्न थाल्यो। बाध्य भएर बस छाड्नुपर्‍यो,’ काफ्ले सम्झिन्छन्।

काठमाडौं ल्याए पनि बिरामीको अवस्थामा सुधार आएको थिएन। मेडिसिटीको केही दिनको बसाइपछि फेरि नवकान्तिपुरले धेरै खर्च भयो भन्दै परिवारलाई गनगन गर्न थाल्यो। नव कान्तिपुरका प्रतिनिधिहरु बिरामी अन्तै सारौँ भन्न थाले।

‘सुरुमा हेलिकोप्टरको खर्च बाहेक बिरामी निको नहुन्जेल खर्च गर्छौं भनेकाहरु एकाएक खर्च धान्न सक्दैनौं भन्न थाले। बिरामीलाई कहाँ लैजाने, के गर्ने हामीलाई मेसो थिएन। मेडिसिटीका डाक्टरहरुले पनि प्रालिका मान्छेहरुले हात निकाल्ने दिन आउँछ, खर्च बढी हुन्छ भनेझैँ गर्नुभयो,’ काफ्लेले भने।

त्यसपछि बिरामीलाई ट्रमा सेन्टर सार्ने सल्लाह भयो। बल्लतल्ल बेड मिलाएर कात्तिक ३० गते ट्रमा सेन्टरमा सारियो। काफ्लेका अनुसार अहिले भुपेन्द्रको स्वास्थ्यमा थोरै सुधार आएको छ। 

Xtrem

Xtrem

उनी भन्छन्, ‘मेडिसिटीमा हुँदा अब बिरामीले आँखा देख्नु हुन्न होला भनेका थिए। प्यारालाइसिस जस्तै भएको छ भनेका थिए। तर अहिले आँखामा समस्या छैन, हातखुट्टा पनि चलेको थियो। आजभोलि चाहिँ एउटा खुट्टा दह्रो जस्तो भएको छ। बोलायो भने मुख चलाउने, जिब्रो चलाउने गर्छन्। पहिले जस्तो भेन्टिलेटरको पूर्ण सपोर्टमा छैनन्। भेन्टिलेटरको मोडहरु झार्दै गएको छ। जे होस् पहिलेभन्दा सुधार भएको छ।’

नव कान्तिपुरको हेलचेक्र्याइँ: बिरामीको परिवारलाई छुट्टै तनाव
मेडिसिटीमा खर्च धेरै भयो भनेर बिरामी ट्रमा सेन्टर सार्न लगाएको नव कान्तिपुर भने जिम्मेवारीबाट भागेको बिरामीको परिवार बताउँछ। मेडिसिटीमा भर्ना गरेपछि बिरामीको परिवारले नै पनि २ देखि ३ लाखको हाराहारीमा पैसा खर्च गरेको दाबी गरेको छ। यातायात कम्पनीले भने मेडिसिटीमा १७ लाख खर्च भएको काफ्लेलाई बताएको थियो।

ट्रमा सारेपछि गत महिनाको ६/७ गतेतिर केही रकम दिएका कम्पनीका सदस्यहरुले अहिले फोन नै उठाउन छाडेको काफ्लेले बताए। ‘एउटा मान्छेले मात्रै फोन उठाउँछ, म कुरा गर्छु भन्छ। हामीलाई पैसाको अभाव भएको छ। फरकफरक टेस्ट गर्न कहाँकहाँ पुग्नु पर्छ। पैसा चाहिन्छ। यहाँ फार्मेसीबाट उधारोमा औषधि ल्याइरहेका छौँ। अहिले फार्मेसीले पैसा मागिरहेको छ,’ काफ्ले थप्छन्, ‘तर पैसा सकियो भन्दैमा उपचार रोक्न मिलेन, स्वास्थ्य बीमा पनि भर्खरै गरियो। अस्पताल प्रशासनले पनि गर्न सक्ने सहयोग गरिरहेको छ। अहिले उनीहरुको पैसाको भर पर्नुभन्दा पनि कसरी उपचार निरन्तर गर्ने भन्ने कुरा महत्वपूर्ण हो। उपचार रोकिएर बिरामीलाई अफ्ठ्यारो पर्ने अवस्था कसैको नआओस्।’

अहिलेसम्म बिरामीको परिवार आफैँले १३ देखि १४ लाख रुपैयाँ खर्च गरिसकेको छ। उपचार खर्चको कुरा गर्न नव कान्तिपुरको कार्यालय बालाजुसम्मै पुगेका काफ्ले भन्छन्, ‘पैसा दिन्छौं, हुन्छ-हुन्छ भनेर मिठो बोलेर फिर्ता पठाउँछन्। तर आउनूस् कुरा गरौँ भन्दा मान्दैनन्। पैसा तिर्न बाँकी बिलको चाङ भइसक्यो। सडक दुर्घटनामा यसरी यातायात समिति (कम्पनी)ले दु:ख दिने कुरा सम्बन्धित निकायले कहिले थाहा पाउला?’

सम्बन्धित सामग्री: 

कहालीलाग्दो सडक दुर्घटना: न्यूनीकरणका लागि केही त गर

सवारी दुर्घटना: छानबिन हुन्छ, प्रतिवेदन बन्छन् र दराजमा थन्किन्छन्

सडक दुर्घटनाका घाइते ३ महिनादेखि अस्पतालमा, यातायात कम्पनीको ‘बेहोरा’ले परिवारलाई छुट्टै तनाव

सडक दुर्घटनाका घाइते ३ महिनादेखि अस्पतालमा, यातायात कम्पनीको ‘बेहोरा’ले परिवारलाई छुट्टै तनाव 

सवारी दुर्घटनाको मानवीय कारण: न्यायाधीशले ‘स्वविवेक’ प्रयोग गर्दा ‘लापरबाही’को कसुरमा उन्मुक्ति पाउँछन् चालक 

सवारी चलाउन ताेकिएको ‘साधारण लेखपढ’ योग्यता पूर्ण छ? 

नेपालका सडक मृत्युमार्ग जस्ता भए: गोविन्द भट्टराई [अन्तर्वार्ता] 

कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १६:१५
  • #कहालिलाग्दो सडक दुर्घटना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अन्शु खनाल
लेखकबाट थप
कलिलो उमेरमै आमा बन्दै किशोरी
नाटक र कविताले बदलेको अनुपको बाटो
काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहले भने– घटना होइन, समाधानका आइडिया दिनुस् बुधबार, असोज १४, २०८३
कांग्रेसले बहिष्कार गरेपछि वीरगन्जको विशेष नगरसभा प्रभावित, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित बुधबार, असोज १४, २०८३
मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी बुधबार, असोज १४, २०८३
सात उपसचिव बढुवाका लागि सिफारिस (सूची) बुधबार, असोज १४, २०८३
रास्वपा केन्द्रीय समिति बैठक १७ असोजमा, एजेन्डा खुलाइएन बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्