• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

नवौं राष्ट्रिय खेलकुदः दिनहुँ खेलाडी घाइते, चन्दा उठाएर उपचार गर्नुपर्ने बाध्यता

64x64
रिखिराम जिसी मंगलबार, कात्तिक १, २०७९  १९:५६
1140x725

पोखरा- नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको पहिलो दिनको खेल खेल्ने क्रममा गण्डकीका प्रेम कुमालको खुट्टा भाँचियो।

गण्डकी र बागमतीबीचको खेलको तेस्रो सेटमा कोर्टमा लड्दा उनको देब्रे खुट्टा भाँचिएको थियो। नवौं खेलकुदमा दुर्घटना बिमा नहुँदा उपचार आफैं गर्नुपर्ने अवस्था आयो। उनको घरको आर्थिक अवस्था कमजोर भएको कारण उपचारमा आर्थिक समस्या देखियो। 

प्रेमको उपचारका लागि चन्दा संकलन गर्नुपरेको छ। एनआरएनए भलिबल टिमबाट ५५ हजार ५ सय ५५ रुपैयाँसहित १ लाख ३३ हजार ५ सय ५५ रुपैयाँ आर्थिक संकलन भयो। उपचार गरियो। अहिले उनी घाइते भएका कारण मैदान बाहिर छन्। उनी करिब २ महिना मैदान बाहिर रहनेछन्। 

उनीसहित नवौं राष्ट्रिय खेलकुदको पुरुष भलिबलमा ६ जना घाइते भए। मंगलबार भएको सशस्त्र प्रहरी क्लब र लुम्बिनी प्रदेशबिचको क्वार्टरफाइनल खेल ३ जना खेलाडी घाइते भए। यसअघि लुम्बिनीका चिरञ्जीवी खड्का र एपिएफका हेमन्त मल्ल घाइते भएका थिए। मल्ल अहिले ठिक भइसकेका छन्। 

प्याराग्लाइडिङ खेलाडी निसिम थापाको दुर्घटनामा परेर मृत्यु भएको छ भने अन्य खेलका अरु खेलाडी पनि घाइते भएका छन्। 

मंगलबार एपिएफ र लुम्बिनीबीच चल्दै थियो। दोस्रो सेटमा ५–३ को अग्रता लिइरहँदा एपिएफका खेलाडी रुपिन्द्र गैरे घाइते हुन पुगे। उनको खुट्टाको एंकल गएपछि उनलाई थप उपचारका लागि अस्पताल पठाइयो। त्यसलगत्तै लुम्बिनीले नम्बर ५–५ को स्थितिमा पुर्‍यायो।

बराबरीको अवस्थामा लुम्बिनीका विजय परियार घाइते भए। उनको पनि एंकलमा नै चोट लागेको छ। त्यसलगत्तै पुनः एपिएफका टेकराज अवस्थी घाइते हुन पुगे। जसका कारण केही समय खेल रोकियो। 

खेलाडीहरु लगातार म्याटमा चिप्लिएर लडेका थिए। राष्ट्रिय प्रतियोगिता भए तापनि भलिबल चाहिँ पुरानै नेट र म्याटमा खेलाइएको छ। राखेपको लापरबाहीले खेलाडीहरु घाइते भएका लुम्बिनी प्रदेश भलिबल टिमका कप्तान लोकेन्द्र भण्डारीले बताए।

Ncell 2
Ncell 2

‘हामीले पहिलो दिनदेखि नै भन्दै आएका हौँ, म्याट राम्रो भएन भनेर। यसको काम नै छैन। राखेपले यस्तो लापरबाही गर्न हुँदैनथ्यो। न म्याट छ, न खेलाडीको इन्स्योरेन्स छ,’ उनले भने। 

खेलाडी घाइते भएपछि आफूहरुले नै म्याटको सट्टा खाली ग्राउण्डमा खेल्न भनेको कप्तान भण्डारीले सुनाए। ‘हामीले त बरु म्याट नै निकालेर खेलौँ भनेका छौँ, राष्ट्रिय खेलकुद भन्यो हालत यस्तो छ,’ उनले भने, ‘उपचार पनि अब आफैं गर्नुपर्छ।’ 

घाइते भएका खेलाडी रुपिन्द्रले राष्ट्रिय खेलकुद भने तापनि घाइते भएपछि उपचार आफैंले गर्नुपरेको उल्लेख गरे। ‘यहाँ आइसले सेकेको छ, एंकलको चोट त अर्थोपेडिकलाई नै देखाउनुपर्छ। खर्च पनि हामीले नै व्यहोर्नुपर्छ,’ उनले भने। 

म्याट पुरानो हुँदा खेलाडी लडेर घाइते हुने गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रचारप्रसार उपसमितिका सदस्य केशव पाठकले बताए। ‘म्याट पुरानो भयो, फेर्नुहोस् भनेर उहिलेदेखि भनेका हौँ। तर, उहाँहरुले सुन्नुभएन,’ पाठकले भने। 

भलिबलका लागि भनेर ल्याइएको म्याट नवलपुर लगिएको पाठकले बताए। ‘भलिबलका लागि ल्याइएको म्याट नवलपुर लगियो, नवलपुरमा म्याट गएपछि पुरानो म्याटमा भलिबल खेलाइएको छ,’ पाठकले भने। 

दर्शक र खेलाडीको विरोधपछि म्याट झिकेर खेल पुनः सुरु गरियो। म्याट फेरेर खाली ग्राउन्डमा बाँकी खेल गराइने भलिबल संघका महासचिव रोशन श्रेष्ठ बताए। ‘खाली ग्राउन्डमा गेम खेलाइने भएपछि लाइनका लागि चुना र रिबन ल्याउने र बाँकी खेल खेलाउने तयारी गरिएको छ,’ उनले भने। 

नवौं राष्ट्रिय खेलकुदमा अन्य खेलमा नि:शुल्क प्रवेश हुँदा दर्शक कमजोर देखिँदा भलिबल खेलमा प्रवेश सशुल्क हुँदा पनि दर्शकको उपस्थिति बाक्लो देखिन्छ। तर दैनिक जस्तो खेलाडी घाइते हुँदा दर्शक दु:खी भएका छन्।

प्रकाशित मिति: मंगलबार, कात्तिक १, २०७९  १९:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने कार्यक्रमका लागि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोतिबहादुर श्रीशको संयोजकत्वमा थाइल्याण्डम... सोमबार, मंसिर २२, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जीतबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने... बुधबार, कात्तिक १९, २०८२
काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गदै श्रीलंकामा आज सुरु हुने च्याम्पिनसिपको पहिलो खेलमा नेपालले साँझ सवा ५ बजे प्रतिस्पर्धा गर्न लागेको हो। त्यसअघि आजै आयोजक श्रीलंका र... मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
रेजा पहलवीले गरे इरानमा अमेरिकी हस्तक्षेपका निम्ति आह्वान शनिबार, माघ ३, २०८२
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्