काठमाडौं — गृह मन्त्रालयको निर्देशन नमानेको भन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)लाई निलम्बन गरिएको छ ।
मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा ९२० बमोजिम एन–प्याब्सनलाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरिएको जनाएको हो ।
जारी सूचनामा बारम्बार दिइएको निर्देशन पालना नगरेको, संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उदेश्य विपरितका कार्यहरू गरेको जनाइएको छ । तर कुन निर्देशन पालना नगरिएको हो र उदेश्य विपरितका कार्यहरु के के हुन् भन्ने सूचनामा खुलाइएको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।