काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ सवारीसाधनमाथि कारबाही गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार बिहान ६ बजेसम्मको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरिएको हो।
कार्यालयका अनुसार तीव्र गतिमा सवारी चलाउने ११, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४० र सिसिटिभी निगरानीमार्फत पहिचान भएका १६ सवारीसाधनमाथि कारबाही गरिएको छ।
त्यस्तै, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ७, हर्न निषेधको नियम उल्लङ्घन गर्ने १, सवारीको अवस्था ठीक नभएका ५ सवारीसाधनमाथि कारबाही गरिएको छ।
यसैगरी, अन्य शीर्षकमा २३२ सवारीसाधनमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।