• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

अवैध संरचना हटाउँदै पोखरा महानगर

64x64
रिखिराम जिसी बुधबार, मंसिर १४, २०७९  १९:५३
1140x725

पोखरा– पोखरा महानगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने फिर्केखोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाउन लागेका संरचना हटाइएको छ। 

वडा कार्यालयको नेतृत्वमा नगर प्रहरी सहितको टोलीले पोखरा–बाग्लुङ राजमार्ग अन्तर्गत फिर्के पुलको उत्तरतर्फ फिर्केखोला अतिक्रमण गरेर बनाउन लागेका अस्थायी संरचना बुधबार हटाइएको वडा नम्बर ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए। 

‘खोलाको छेउमा फडानी गरेर कम्पाउन्डजस्तो बनाउनुभएको रहेछ। पाँचवटा कोठा बराबरको अतिक्रमण भएको थियो, पाँचवटै कोठा बनाएर प्लटिङ गरेर छोड्नुभएको थियो। संरचना बनाउँदै हुनुहुन्थ्यो। वडा कार्यालयले गएर हटाएका छौं’, उनले भने। 

हटाउन सूचना जारी गरे पनि नहटाएपछि वडा कार्यालय आफै गएर संरचना हटाएको वडाध्यक्ष पराजुलीले बताए। ‘हामीले हटाउन भनेर सूचना जारी ग¥यौं, उहाँहरू मान्नु भएन’, उनले भने, ‘बुधबार नगर प्रहरीसहितको टोली गएर हटाएका हौं ।’ 

बन्न लागेका संरचनालाई बनाउन रोकिएको वडा अध्यक्ष पराजुलीले बताए। ‘अतिक्रमण गरेर संरचना बनाउन दिएका छैनौं। मिच्ने क्रम जारी छ, तर हामी हटाउने अभियानमा लागिरहेका छौं’, उनले भने। 

अतिक्रमण गरेर बनेका संरचना पनि सूचना दिएर हटाउन लगाउने वडाध्यक्ष पराजुलीले सुनाए। ‘अतिक्रमण गरेर धेरै संरचना बनेका छन्, बनेका संरचना सूचना, समय दिएर हटाउन लगाउँछौं’, उनले भने। 

महानगरपालिकाले सार्वजनिक ठाउँमा अतिक्रमण गरेर बनेका संरचना क्रमशः हटाउँदै जाने महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले जानकारी दिए। ‘सार्वजनिक ठाउँमा अतिक्रमण भएर बनेका संरचना हट्ने कुरा त रह्यो नै।

कतिपय मापदण्डका कुरा छन्। ती कुरालाई व्यवस्थापन गर्नुपर्ने हुन्छ। अन्य ठाउँको पनि क्रमशः हटाउँछौं’, उनले भने ।

Ncell 2
Ncell 2
nimb
nimb

महानगरले मापदण्डविपरीत बन्दै गरेका संरचना निर्माण रोकिरहेको प्रवक्ता तिमिल्सिनाले बताए। ‘मापदण् विपरीत केही संरचना बन्दै गरेका थिए। जसलाई महानगरले सूचना जारी गर्दै निर्माण रोकेको छ’, उनले भने।

 

सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको संरचनाका विषयमा के गर्ने भन्नेबारे छलफल भइरहेको प्रवक्ता तिमिल्सिनाले बताए। उनले भने, ‘अतिक्रमण गरेर बनिसकेका संरचनाको हकमा कसरी जाने भन्नेबारे छलफल हुँदैछ।’ 

यसअघि पोखरा महानगरले वडा नम्बर ३३ मा रहेका अनधिकृत रूपमा निर्माण गरिएका छाप्रा भत्काएको थियो। विभिन्न जिल्लाबाट आएका मानिसहरूले अवैध रूपमा निर्माण गरेर बसेका छाप्रा हटाइएको हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरी २६ वटा छाप्रा थियो। 

छाप्रा भत्काउँदै मेयर आचार्यले भनेका थिए, ‘सार्वजनिक जग्गा संरक्षण अभियानको सुरुवात स्वरूप ती छाप्रा भत्काइएको हो। अन्यत्र पनि यस्ता अनधिकृत रूपमा निर्माण गरिएका संरचना क्रमशः भत्काउँदै लगिने छ।’ 

यसअघि फेवातालको सिमसार क्षेत्रमै पुगेर महानगर मेयर धनराज आचार्यले मापदण्ड मिचेर संरचना नबनाउन निर्देशन दिएका थिए। फेवातालको सिरानमा डाँडा खारेर पुरिएको सिमसार क्षेत्रको अवलोकन गर्दै मेयर आचार्यले फेवातालको मापदण्डभित्र पर्ने गरी संरचना नबनाउन निर्देशन दिएका थिए। 

पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वको ५५ औं कार्यपालिकाको २०७८ चैत १६ गते बसेको बैठकले फेवातालको मापदण्ड ३० मिटर बनाउने निर्णय गरेको थियो। तर, सर्वाेच्च अदालतले गत असार १३ गते फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको थियो। 

सर्वोच्चको आदेशलाई आधार मान्दै ६५ मिटरभित्र संरचना नबनाउन मेयर आचार्यको निर्देशन थियो। ‘अटेर गरेर संरचना बनाए भत्काउँछौं। सिमसार क्षेत्र यसरी पुरिनु अत्यन्त दुःखद् छ। यसरी त भोलिको पुस्ताले ताल नै देख्न पाउँदैन। अब यस्तो हुन दिइने छैन’, मेयरले भनेका थिए। 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १९:५३
  • #पोखरा महानगरपालिका

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रिखिराम जिसी
लेखकबाट थप
यसरी भएको थियो विमान दुर्घटना
फेवाताल क्षेत्र: अतिक्रमण बढी संरक्षण कम
अवैध संरचना हटाउँदै पोखरा महानगर
सम्बन्धित सामग्री
बुढीगण्डकी बाढीपछि अवरुद्ध बेनिघाट–तातोपानी सडक बल्ल खुल्यो तातोपानी र आसपासका क्षेत्रमा बाढीले थुपारेका ढुङ्गा, माटो र गेग्रान हटाउने काम सकिएपछि सडक खुलेको हो। आइतबार, कात्तिक ८, २०८३
लिफ्टसहितको कुसुन्तीको आकाशे पुल छिट्टै सञ्चालनमा आउने निर्माण कार्य अन्तिम चरणमा पुगेको भए पनि पुल सञ्चालन तथा उद्घाटनको औपचारिक मिति भने सार्वजनिक भइसकेको छैन । आइतबार, कात्तिक ८, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ बुधबार, कात्तिक ११, २०८३
ग्यास किन्दा बिल अनिवार्य, निगमको निर्णय कार्यान्वयन गर्न व्यवसायीलाई आग्रह बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्