• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मौलाउँदै कालोबजारी : मनलाग्दी मूल्य, अखाद्य सामान बिक्रीदेखि बिल नदिनेसम्म

विभाग भन्छ- अनुगमन तीव्र पारेका छौं
64x64
कल्पना घिमिरे शुक्रबार, भदौ २४, २०७९  ११:२६
1140x725

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भदौ १ गते इमाडोलस्थित खाद्य स्टोरहरुमा अनुगमन गर्‍यो। अनुगमनका क्रममा विभागले एउटा पसलमा खरिद बिल-बिजक नराखिएको फेला पार्‍यो। र, बिल नै नराखी सामान बेच्ने पसलेलाई २० हजार रुपैयाँ जरिवान समेत गर्‍यो।

त्यस्तै महालक्ष्मी नगरपालिकामा खरिद बिल-बिजक नराख्ने अर्को खाद्य पसललाई पनि पाँच हजार जरिवाना गरिएको विभागले जानकारी दिएको छ। 

अनुगमनका क्रममा विभागले मार्टहरुले मूल्य सूची नराखी सामग्री बिक्री गरिरहेको समेत फेला पारेको छ। विभागको अनुगमन टोलीले धापासी, ठमेल र सस्वतीनगर क्षेत्रमा अनुगमन गर्दा मूल्यसूची नै नराखी सामान बिक्री गरिरहेको फेला पारेको हो। 

दर्ता प्रमाणपत्र र मूल्यसूची नराखी सञ्चालन गरिएको धापासीको एक मिनीमार्टलाई पनि विभागले ५० हजार रुपैयाँ जरिवाना तिराएको छ।

अनुगमनका क्रममा धापासीकै एक खाद्य स्टोरमा खरिद-बिक्री बिल-बिजक नराखेका पाइएको थियो। उक्त खाद्य स्टोरलाई विभागले ५ हजार रुपैयाँ जरिवाना तिराएको जनाएको छ।

गुणस्तरहीन खानेकुरा बेच्दै होटल-रेस्टुरेन्ट
वाणिज्य विभागको अनुगमन टोलीले विभिन्न होटल तथा रेस्टुरेन्टहरुले गुणस्तहीन खानेकुरा बिक्री गरिरहेको फेला पारेको छ। सरस्वती नगरको एक रेस्टुरेन्टमा अनुगमन गर्दा गुणस्तरहीन खानेकुरा बिक्री गरिरहेको पाइएको विभागले बताएको छ। विभागले उक्त होटललाई स्वास्थ्य मापदण्ड र व्यावसायिक आचारसंहिता पालना गर्न निर्देशन दिएको छ। 

कतिपय होटलले कुनै कागजात नै नराखेको पनि पाइएको छ। ठमेल क्षेत्रका केही होटलले कागजात नै नराखेको अनुगमन टोलीले जनाएको छ। 

त्यस्ता होटललाई टोलीले व्यवसायसँग सम्बन्धित कागजात चुस्त राख्न तथा व्यावसायिक आचारसंहिता पालना गर्न निर्देशन दिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सिंहदरबार आसपासका होटलहरुले पनि जथाभावी मूल्य राखेर उपभोक्ता ठगिरहेको विभागले फेला पारेको छ। यस विषयमा परेको उजुरीका आधारमा अनुगमन गर्दा विभागले उपभोक्तासँग होटलहरुले मनलाग्दी शुल्क लिइरहेको फेला परेको थियो। यस्ता होटललाई तोकिएको शुल्क मात्र लिन विभागले निर्देशन दिएको छ। 

अनुगमनका क्रममा होटलहरुले सरसफाइलाई पनि ध्यान नदिएको पाइएको विभागले जनाएको छ। फोहोर र दूषित अवस्थाका होटललाई सरसफाइमा ध्यान दिन निर्देशन दिइएको विभागका निर्देशक होमनाथ भट्टराईले बताए।

मनलाग्दी मूल्य सूची र विना कागजात सञ्चालन 
उपत्यकामा सञ्चालित मिनीमार्टहरुले मनलाग्दी मूल्य सूची राखेको फेला परेको विभागले जनाएको छ। त्यस्ता मिनीमार्टहरुलाई मूल्यसूची व्यवस्थित गर्न विभागले निर्देशन दिएको छ।

कागजात नराख्ने कागेश्वरी मनोहरा- ९ को एक मिनीमार्टलाई विभागले कारबाही समेत गरेको छ।

Xtrem

Xtrem

अनुगमनका क्रममा विभागको टोलीले खाद्य स्टोरहरुले आवश्यक कागजात नै नराखेको फेला पारेको छ। 

पेप्सिकोलास्थित एक खाद्य स्टोरले खरिद बिल-बिजक नराखेको फेला परेपछि उक्त स्टोरलाई १० रुपैयाँ हजार जरिवाना गरिएको विभागले जनाएको छ।

गौरीघाटको एक खाद्य स्टोरले पनि खरिद बिल-बिजक नराखी व्यवसाय गर्दै आएको विभागले भेटाएको थियो। उक्त स्टोरलाई अनुगमन टोलीले ५ हजार रुपैयाँ जरिवाना गरेको छ।

उपत्यकाका यस्ता धेरै खाद्य स्टोरहरुले व्यवस्थित कागजात नराखेको पाइएको विभागले बताएको छ। 

भैंसीपाटीको मिनीमार्ट, गोकर्णेश्वर अत्तरखेलको केमिकल गोदाम, अत्तरखेलको एक गोदाम, गोकर्णेश्वरको एक गोदाम, अत्तरखेलको उद्योग व्यवसायको कुनै पनि कागजात व्यवस्थित नभएका कारण अनमुगमन टोलीले कागजातको माग गरेको छ। 

कस्मेटिक सामग्रीहरुमा पनि कालोबजारी भइरहेको विभागले फेला पारेको छ। विभागको अनुगमन टोलीले विभिन्न कस्मेटिकमा अनुगमन गर्दा लेबल नगरिएको तथा मूल्य समेत नराखिएको पाइएका कारण सामग्रीहरु नष्ट गरिएको बताएको छ। 

ललितपुर महानगरपालिकाको एक कस्मेटिक पसलमा अनुगमन टोलीले व्यवसायको कागजात प्रयोग नगरी व्यवसाय गर्दै आइरहेको पाएको थियो। तीन दिनभित्र व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजात लिएर उपस्थित हुन विभागले निर्देशन दिएको छ।

मेडिकल सामानमा पनि मनलाग्दी मूल्य 
भदौ ८ गते विभागको नियमित अनुगमन टोली नयाँ बानेश्वरको एक मेडिकलमा अनुगमनका लागि पुगेको थियो। उक्त टोलीले जथाभावी मूल्य राखेर औषधि व्यापार गर्दै आएको फेला पारेको छ। उक्त मेडिकललाई व्यावसायिक मापदण्ड पालना गर्न र मूल्य व्यवस्थित राख्न विभागले निर्देशन दिएको छ।

बानेश्वरको एक तरकारी पसलले खरिद-बिक्री बिल प्रयोग नगरेको पाइएको विभागले छ। उक्त पसललाई अनुगमन टोलीले साउन र भदौ महिनाको खरिद-बिक्री बिल लिएर विभागमा उपस्थित हुन निर्देशन गरेको छ।

खरिद बिल-बिजक नराख्ने र अनुगमनमा सहयोग नगर्ने व्यवसायीलाई कारबाही 
गत १३ गते न्युरोडका जुत्ता-चप्पल पसलमा नियमित अनुगमन टोली पुगेको थियो। उक्त टोलीलाई अनुगमनमा सहयोग नगरेको भन्दै एक जुत्ता-चप्पल पसलेलाई  पाँच हजार जरिवाना गरिएको छ।

अर्का जुत्ता–चप्पल पसलले खरिद बिल-बिजक नै नराखी सामान बिक्री गरेको टोलीले फेला पार्यो-। उक्त पसललाई पाँच हजार जरिवाना गरी कारबाही गरिएको विभागले जनाएको छ।

चाडबाड लक्षित अनुगमन
चाडबाड नजिकिएसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र पारिएको बताएको छ। चाडबाडको समयमा बजारमा कालोबजारी बढ्ने जोखिम भएका कारण विभागले टोली खटाएर नियमित अनुगमन गरिरहेको विभागका निर्देशक होमनाथ भट्टराईले बताए।

‘अनुगमन तीन प्रकारका हुन्छन्। एउटा नियमित अनुगमन हुन्छ। त्यो वर्षभरि चलिरहन्छ। अर्को आकस्मिक हुन्छ। त्यो हामीलाई प्राप्त सूचनाका आधारमा अनुगमन गरिन्छ। र, अर्को चाहिँ उजुरीका आधारमा अनुगमन गरिन्छ,’ उनले भने।

अनुगमनका क्रममा विभागको टोलीले होटल तथा रेस्टुरेन्टले गुणस्तरहीन खाद्यान्न बिक्री गरिरहेको, खाद्य स्टोरहरुमा पनि गुणस्तरहीन खाद्यान्न भेटिएको, खरिद बिल-बिजक नराखिएको फेला पारेको छ।

त्यसै बजारमा एमआरपी नलेखिएका सामग्री बिक्री गरी उपभोक्ता ठगिएको पाइएको छ। कतिपय पसल तथा स्टोरहरु बिना दर्ता सञ्चालनमा रहेको पाइएको विभागले बताएको छ। 

नजिकिँदै गरेको दशैंलाई लक्षित गरी नियमित अनुगमन तीव्र पारिएको विभागको भनाइ छ। दशैंमा किनबेच हुने सामग्रीमा कालोबजारी नहोस् भन्ने उद्देश्यले बजार अनुगमन बढाइएको भट्टराईले बताए। बेच्न राखिएका सामान म्याद नाघेका छन् की छैनन्, सरकारी तहबाट अनुमति लिएको छ/छैन, चर्को मूल्यमा बिक्री भएको छ की छैन भनेर विभागले दैनिक चार टोली खटाएको उनले जानकारी दिए।

विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयसँग समन्वय गरेर निरीक्षण अधिकृत तोकेको छ। सबै जिल्लामा विभागले अनुगमन गरिरहेको भट्टराई बताउँछन्। ७ सय ५३ वटै स्थानीय तहलाई आफ्नो कार्य क्षेत्रभित्र बजारलाई सशक्त अनुगमन गर्न विभागले स्थानीय तहलाई पत्राचार गरेको छ।

‘बजार अनुगमन तीन तहककै सरकारले गर्नुपर्ने विषय भएकाले सबै सरकारहरुसँग समन्वय गरेर अनुगमन गरिरहेका छौं। वाणिज्य विभागको जनशक्ति थोरै छ। त्यसकारण अनुगमन कमजोर भएको हो। हामी केन्द्रीय अनुगमन निर्देशिकाले भने बमोजिम काम गरिरहेका छौँ, भट्टराईले भने।

कसैले अखाद्य तथा म्याद गुज्रिएका वस्तु बिक्री गरेको पाइएमा वा कालो बजारी गरेको शंका लागेमा विभागको टोल फ्रि नम्बर ११३७ मा कल गरेर उजुरी दिन सकिने विभागले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  ११:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
बेपत्ता व्यक्तिको मृत्यु घोषणाका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्दैछौं : कानुनमन्त्री मंगलबार, असोज २०, २०८३
असोज २३ बाट दशैंका लागि अग्रीम टिकट बुकिङ खुला मंगलबार, असोज २०, २०८३
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्