• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड

64x64
कल्पना घिमिरे बुधबार, साउन १६, २०८१  १३:११
1140x725

काठमाडौं– ६ वर्षमा २२ सहकारी समस्याग्रस्त सहकारीको सूचीमा परेका छन्। भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपाल सहकारी वित्तीय संस्था लिमिडेडलाई समस्याग्रस्त घोषणा गर्दा २२ पुगेको हो।

मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै काठमाडौं महानगरपालिका–१० बानेश्वर स्थित नेपाल सहकारी वित्तीय संस्था लिमिडेडलाई समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने देहायको सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य मान्यताको विपरित कार्य गरी बचतकर्ताको रकम फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा समस्याग्रस्त घोषणा गरिएको जानकारी दिए।

यस्तै भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तरगत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयका सचिव केशवप्रसाद पौडेल उक्त सहकारीले सहकारी ऐन, नियम, मूल्य मान्यताको विपरित कार्य गरी बचतकर्ताको रकम फिर्ता नगरेको कारण समस्याग्रस्ता घोषणा गरिएको बताए।

उनले उक्त सहकारीका केकति बचत कर्ता रहेको र केकति रकम अपचलन गरेको यसबारे तत्काल पुष्टि नभएको बताए। यस्तै बचतकर्ताहरुसँग दावीभुक्तानीका लागि निवेदन माग भएको जानकारी दिए।

यस्तै गत असार ६ गते गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था समस्या ग्रस्त सहकारीको सूचीमा परेको छ। उक्त सहकारी संस्थामा पनि केकति बचतकर्ता र केकति बचत रकम रहेको भन्ने विवरण आउन बाँकी नै भएको पौडेल बताउँछन्।

‘गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाकोचाहिँ बचतकर्ताले मागदावी आवेदन दिनेम्याद साउन १८ गतेसम्म रहेको छ। त्यसपछि केकति बचत रकम र बचतकर्ता रहेको थाहा हुन्छ। अर्को नेपाल सहकारी वित्तीय संस्था लिमिटेडको मागदावी आवेदन पेश सुरु भएको छ,’ उनले भने।

यता सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले गत असारमा २१ वटा सहकारी संस्थाको कागजात माग गरेका छ। ती २१ सहकारीले मात्रै बचतकर्ताको  ४० अर्ब रुपैयाँ बढी अपचलन गरेको समितिको निष्कर्ष छ। समितिले तयार गरेको कार्यविधिको अनुसूची १ मा रहेका २० र थप १ गरी २१ संस्थाले बचतकर्ताले ४० अर्ब ५१ करोड ४२ लाख १८ हजार रुपैयाँ अपचलन भएको समितिले जनाएको छ।

६ वर्षमा २२ सहकारी समस्याग्रस्त ३ वटाले फीर्ता गरे बचतकर्ताको रकम 
२०७५ साल (६ वर्ष) यता मन्त्रालयले २२ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ। ती २२ वटा सहकारीमध्ये हालसम्म ३ वटा सहकारीले फीर्ता दिएको जनाएको छ। कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पत्ति व्यस्थापन तथा दायित्व भुक्तानी भएको मन्त्रालयले जनाएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

कुबेर बचत तथा ऋण सहकारी संस्थाले ५७ लाख ६३ हजार ४६७ रुपैयाँ अपचलन गरेको छ। चार्टर्ड सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभले ८४ लाख ११ हजार ४९४ रुपैयाँ र स्ट्याण्डर्ड मल्टिप्रपोज सहकारी संस्थाले बचतकर्ताको ७५ लाख २८ हजार ८२४ रुपैयाँ अपचलन गरेका थिए। यी सबै फरफारक भइसकेको छ।

अझै १९ वटा सहकारी समस्याग्रस्त १८ सहकारीको साढे ४० अर्ब अपचलन 
फरफारक भएका बाहेक १८ वटा सहकारीले बचतकर्ताको ४० अर्ब ४९ करोड २५ लाख १४ हजार रुपैयाँ अपचलन गरेको  प्रारम्भिक अनुमान छ।

यसमध्ये सरकारले असार ६ गते समस्याग्रस्त घोषणा गरेको गोरखा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभले बचतकर्ताको ४ अर्ब बढी बचत अपचलन गरेको अनुमान छ। गोरखा सेभिङ एण्ड क्रेडिट को–अपरेटिभको अझै थप विवरण आउनभने बाँकी नै छ। 

यस्तै गत बिहीबार समस्याग्रस्तको सूचीमाम थपिएको नेपाल सहकारी वित्तीय संस्था लिमिटेडले केकति रकम अपचलन गरेको विवरण आउन बाँकी रहेको छ।

Xtrem

Xtrem

sahakari-1722410676.JPG

sahakari-1-1722410675.JPG

shakari-2-1722410676.JPG

देशैभर ३१ हजार बढी सहकारी
हाल देशभर ३१ हजार ३७३ वटा सहकारी संस्था रहेका छन्। यी संस्थाले ४ खर्ब २६ अर्ब रुपैयाँ बराबरको रकम परिचालन गरेका छन्। त्यसमा आधाभन्दा बढी सञ्चालकहरुले नै अपचलन गरेको जानकारहरु बताउँछन्।
सहकारीमा ७३ लाख ८१ हजार २१८ जना सदस्य रहेका छन्। यी बचतकर्ताको रकममध्ये ठूलो हिस्सा केही व्यक्ति तथा उनीहरुका निजी कम्पनीले अपचलन गरी बचतकर्तालाई दुःख दिएका छन्। कतिपय सहकारीका सञ्चालकले आफ्नो, आफ्नो एकाघरका सदस्यको नाममा लगानी गरेको पाइएको छ। केहीले घर जग्गामा लगानी गरेका छन्। अहिलेको आर्थिक मन्दी, घर जग्गाको न्यून मूल्यका कारण सहकारीले बचतकर्ताको पैसा फिर्ता गरिहाल्ने र बचतकर्ताले पनि बाँकी पैसा थपेर घर जग्गा सकार्ने अवस्था न्यून रहेको बताइन्छ। सहकारी संस्थाहरु सहकारीको नीतिअनुसार नचल्दा देशभरका करिब ५ सय सहकारीले लाखौं बचतकर्ताको अरबौँ रकम अपचलन गरेको देखिन्छ। 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १३:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान शुक्रबार, असोज २३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
जडीबुटी खोज्न मिमी पाटन गएका दुई जनाको शव भेटियो, गमगढि ल्याउँदै शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७७ वर्षीय शिवाकोटीले गरे पहिलो मतदान शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्