• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी

महानिर्देशक जोशी भन्छिन्- विभागको काम भ्यान मात्रै चलाएर बस्ने जस्तो कुरा नगर्नोस्
64x64
कल्पना घिमिरे बिहीबार, साउन २४, २०८१  १८:४५
1140x725

काठमाडौँ- सरकारले ६ वर्षअघि खाद्यजन्य पदार्थको स्थलगत अनुगमन गर्नका लागि करिब २८ करोड खर्चिएर खरिद गरेका गाडी कवाडीमा परिणत भएका छन्। कृषि तथा पशुपंक्षी मन्त्रालय मातहतको खाद्य तथा प्रविधि गुण नियन्त्रण विभागले खरिद गरेका उक्त भ्यान (वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यान ) प्रयोगमै नआई थोत्रिएका छन्।

सरकारले स्थलगत अनुगमनमा खाद्य र पेयजन्य पदार्थको संकलित नमूना सो भ्यानको सहयोगमा परीक्षण गर्ने र परीक्षणको क्रममा प्रतिकूल भेटिए सोही स्थानमा कारबाही गर्ने उद्देश्यले उक्त अत्याधुनिक प्रविधियुक्त सहितको भ्यान खरिद गरेको हो।

तर, उक्त भ्यान सञ्चालन नगरी विभागले आम उपभोक्ताको स्वास्थ्य अधिकारमाथि खेलवाड गरेको छर्लङ्गै देखिन्छ।

बुधबार विभागले आयोजना गरेको एक कार्यक्रममा सो भ्यान किन सञ्चालनमा आएन भन्ने प्रसंग उठेको थियो। यस विषयमा एक जना पत्रकारले सवाल जवाफसमेत गरेका थिए। सो भ्यान सञ्चालनमा किन आएन भन्ने पत्रकारको प्रश्नको जवाफमा अमर्यादित रुपमा प्रस्तुत हुँदै विभागकी महानिर्देशक मतिना जोशी वैद्यले भ्यानको विषयमा प्रश्न नगर्न आग्रह गरिन्। 

‘विभागको काम भ्यान मात्रै चलाएर बस्नेजस्तो कुरा नगर्नोस्। यस विषयको कुरै नगर्नोस्,’ उनले भनिन्।

उक्त मोबाइल भ्यान जुन प्रयोजनका लागि ल्याइएको हो सोही प्रयोजनका लागि सञ्चालनमा ‘ल्याउनू’ भनेर तत्कालीन कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले आफूले विभागलाई निर्देशन दिँदा पनि विभागका महानिर्देशक वैद्यले अटेर गरी उक्त मोबाइल भ्यान सञ्चालनमा नल्याएको आरोप लगाएका थिए।

विशेष अदालतले उक्त मोबाइल भ्यान सञ्चालनमा ल्याउनू भनेर २०७९ वैशाख २५ गते नै विभागलाई आदेश दिएको थियो। तर ३ वर्ष बितिसक्दा पनि सो भ्यान सञ्चालन गर्न नसकेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले स्वीकार गरे। उक्त भ्यान तत्काल सञ्चालन गर्न नसक्ने अवस्थामा रहेको र त्यसलाई मर्मत गरेर मात्रै सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ। 

उक्त भ्यान २०७५ सालमा ७ करोडका दरले ४ वटा खरिद गरिएको थियो। बा२झ ४०८७, बा२झ ४ ०८८, बा२झ ४०८९ र बा२झ ४ ०९० नम्बरका चार वटा मोबाइल भ्यान खरिद गर्दा तत्कालीन समयमा करिब २८ करोड रुपैयाँ खर्च भएको जानकारहरु बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

452627813_1023749669469264_5051606984422110291_n-1723118558.jpg
 

यसमध्ये २ मोबाइल भ्यान खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नै स्रोतमा खरिद गरेको थियो भने २ मोबाइल भ्यान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खरिद गरेर उपलब्ध गराएको थियो।

सो मोबाइल भ्यान खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ असार ५ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका तत्कालीन महानिर्देशक सञ्जीवकुमार कर्णसहित १३ जनामाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सो मोबाइल भ्यान खरिदमा १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको थियो।

विभाग र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि बोलपत्रको माध्यमद्वारा खरिद गरिएका चार थान ‘वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यान काठमाडौँको ‘प्रुडेन्ट मेडिटेक इन्टरनेसनल’ले आपूर्ति गरेको थियो।

Xtrem

Xtrem

अनुसन्धानको क्रममा भ्यान र त्यसका विभिन्न सरसमान, उपकरण तथा रसायनहरू समेत स्वीकृत मापदण्ड तथा स्पेसिफिकेसन अनुसार नभेटिएको, गुणस्तरहीन भएको भन्ने प्राविधिक प्रतिवेदनसमेत पेस भएको थियो। तर पनि त्यसलाई बेवास्ता गरी सप्लायर्ससँगको मिलेमतोमा भुक्तानी भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो। 

त्यसपछि विशेष अदालतले २०७९ वैशाख २५ गते जुन उद्देश्यका साथ मोबाइल भ्यानहरु खरिद गरेको हो सो उद्देश्य अनुरुपको कार्यमा वेल इक्विप्ट मोबाइल भ्यानहरु प्रयोग गरी ३ महिना भित्र परीक्षण प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र यस अदालतमा समेत ३ महिनासम्म मासिक रुपमा उपलब्ध गराउन आदेश समेत दिएको थियो। 

यस्तै जारी आदेशको ‘तपसिल खण्ड’ मा पनि मोबाइल भ्यान सञ्चालन ‘गर्नू’ भनेर विशेष अदालतले विभागको नाममा निर्देशन पनि दिएको थियो।

उक्त भ्यानहरुको प्राविधिक अवस्थाको अवस्थाबारे परीक्षण गरी रिपोर्ट बुझाइसकेको र आरोपीहरुले पनि सफाइ समेत पाइसकेको प्रवक्ता महर्जन बताउँछन्। 

‘यसको प्राविधिक अवस्था के छ भनेर डिटेलमा एउटा समिति बनाएर अहिलेको अवस्था के छ भनेर अदालतको मानहानी गर्ने हामीले दुस्साहस गरेनौँ। ३ महिना भित्रमा हामीले रिपोर्ट दिनु भनेका थियौँ, दिइसक्यौँ। रिपोर्ट बुझाएको ३ वर्ष भइसक्यो। तर यो त अरु गाडी जस्तो होइन। उपकरण सहितको जडान भएको छ,’ उनले भने, ‘कसैले यो गाडी किन रोकिएको छ, गुडाउनुपर्‍यो भनेर मात्र हुँदैन। यस भित्र उपकरण छ, केमिकल छ। डिटेल रुपमा यो सामानको यो अवस्था हेरेर मर्मत गरेर मात्र चलाउन सकिन्छ।’

सो भ्यानमा थप मेसिन जडान गरी गाडी मर्मत गरेर तालिम प्राप्त जनशक्ति भए मात्रै चलाउन सकिने उनी बताउँछन्।

‘गाडी  सर्भिसिङ भएको छैन। सबै केमिकल डेट एक्स्पायर भइसकेको छ, मेसिनको अवस्था यो छ, २/३ वटा मेसिन जडान गर्नुपर्ने छ भनेर यसको प्राविधिक रिपोर्ट तयार पार्नुपर्‍यो। अर्को यो मेसिन चलाएपछि के गर्ने कार्यविधि चाहियो नि। केके गर्ने भन्ने कार्यविधि बनाएर रिपोर्टसहित सप्लायरलाई पनि पठाएका छौँ। यो आएपछि चलाउने छौँ भनेर सप्लायरलाई पनि जिम्मा दिएका छौँ,’ उनले भने, ‘सप्लायरले मापदण्ड पूरा गर्नुपर्‍यो। अरु गाडी चलाउने ड्राइभरलाई गुडाउन दिएर भएन। भित्र मेसिन चलाउनुपर्छ भनेदेखि यसको तालिम आवश्यक पर्छ। तालिम दिएपछि चलाउन सकिन्छ। अनि उपकरणको कन्डिसनको रिसोर्सको कसले खर्च गर्ने भन्ने पनि हो।’ 

सर्वोच्च अदालतमा पुनरावेदन भएको तर खरिद रकम भुक्तानी समेत पूरा नगरेको कारण चलाउन नसकिरहेको महर्जनको गुनासो छ। 

‘पेमेन्टको कुरा पनि अझै कम्लिट नभएको अवस्था छ। यी कुरा सबै कम्प्लिट भएपछि हामी चलाउन तयार नै छौँ। यस्तो राख्नु हाम्रो लागि राम्रो होइन। हामीले पनि सकेसम्म चाँडै गर्न पाए हुन्थ्यो भन्ने हो। विभागले ल्याएको सामान उपयोग गर्न पाए हुन्थ्यो भन्ने नै छ,’ महर्जनले भने। 

यस्तै उनले विभागको नाममा खरिद भएको २ वटा भ्यान सुरक्षित राखेको र प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गतको विभागलाई हस्तान्तरण नै नभएकाले बाहिरै राखेको बताए।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ र ४ जोड्ने बालुवाचौरस्थित तिल्चाखोला सडक पुल निर्धारित समयभन्दा करिब नौ महिनाअघि नै निर्माण सम्... बिहीबार, असोज १५, २०८३
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
सहपाइलटको आक्रमणमा इरानको संलग्नता भए कडा सैन्य कारबाही गर्ने ट्रम्पको चेतावनी शुक्रबार, असोज १६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज १६, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम शुक्रबार, असोज १६, २०८३
जाजरकोटका स्थानीयले जडिबुटीबाट भित्र्याए २९ करोडभन्दा बढी रकम शुक्रबार, असोज १६, २०८३
प्राकृतिक विपत्तिमा राहत, उद्धार र पुनर्निर्माणमा प्रभावकारी पहल गर्ने नेकपा संसदीय दलको निर्णय शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
राष्ट्रिय सभा सदस्य परियार कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित बिहीबार, असोज १५, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्