काठमाडौँ – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका कृष्णप्रसाद भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान गरेको छ।
मन्त्रिपरिषद्को यही मङ्सिर ५ गतेको निर्णयअनुसार उपरथीमा विशेष बढुवा पाएका सहायक भण्डारीलाई प्रधान सेनापति सिग्देलले आज जंगी अड्डामा आयोजित एक कार्यक्रममा दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेको हो।
सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी र महासेनानीमा पदोन्नति भएका महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको जन सम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।