काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने भएको छ।
ललितपुरको बीपी नगरस्थित बीपी स्मृति भवनमा रहेको पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २:०० बजे बैठक आह्वान गरिएको हो।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले एक सूचना जारी गर्दै बैठकबारे जानकारी दिएका छन्। दुलालद्वारा जारी सूचनामा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्धारित समयमा उपस्थित हुन अनुरोध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।