काठमाडौं– नेपाल प्रिमियर लिग सिजन ३ को शनिबार हुने फाइनलका लागि टिकट नपाइएकोबारे नेपाल क्रिकेट संघ क्यानले जवाफ दिएको छ । टिकट बिक्री खुला भएलगत्तै सम्पूर्ण टिकट सोल्टआउट भएको क्यानले दाबी गरेको छ ।
क्यानका महासचिव पारस खड्काले एकैपटक करिब २ लाख समर्थककले टिकट खरिद गर्न खोजेको र केही मिनेटमै सबै टिकट सोल्डआउट भएको बताएका छन् ।
क्यानले टिकट नपाउनेहरूलाई अनलाइनबाट फाइनल खेल हेर्न आह्वान गर्दै असुविधाप्रति क्षमा मागेको छ ।
कतिपयले भने टिकट बिक्रीमा अनियमितता भएको भन्दै प्रश्न उठाइरहेका छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।