मनिला- फिलिपिन्समा ६.१ म्याग्ननिच्युडको भूकम्प गएको छ। स्थानीय समय अनुसार दिसँसो साढे २ बजेतिर भूकम्प गएको अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ।
भूकम्पको केन्द्रविन्दु राजधानी मनिलाबाट ३१० किलोमिटर पूर्वमा रहेको स्थानको आपपास ३० किलोमिटर गहिराइमा रहेको जनाइएको छ। भूकम्पमा हालसम्म मानवीय र सम्पत्तिको क्षतिको के कति क्षति भयो भन्नेबारे पूरा विवरण आउन बाँकी छ। यसअघ अमेरिकाको हवाई प्रान्तमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।