• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
३२ वर्ष बुढो पदक
64x64
सराेज तामाङ सोमबार, असोज १९, २०७७  १४:०६
1140x725

काठमाडौं- आफ्नो कीर्तिमान भंग भएन भनेर खुसी हुनु कि देशले पदक जित्न सकेन भनेर दुःखी हुनु। आफ्नो कीर्तिमान नतोडिँदा देश हारिरहेकाले विधान लामा खुसी हुन सकेका छैनन्। अहिलेको पुस्ता उनलाई नचिन्ला तर नेपाली खेलकुदको इतिहास पल्टाउँदा विधानलाई बिर्सन सकिने छैन। कीर्तिमानी पदकका कारण पनि। 

नेपाली खेलकुदले अन्तर्राष्ट्रिय एरिनामा पाइला टेकेको इतिहास लामै छ। यति लामो इतिहासमा पदकको खोजी गर्ने हो भने हातको औंला भाँचे पुग्छ। नेपाललाई पहिलो पदक एथ्लेटिक्सका जितबहादुर केसीले दिलाए। सन् १९७३ मा फिलिपिन्सको मनिलामा सम्पन्न एसियन च्याम्पियनसिपको म्याराथनमा उनले जितेको कास्य पदक नै नेपाली खेलकुदले जितेको पहिलो पदक हो।

१९८० को दशक नेपाली खेलकुदमा एउटा यस्तो धावक देखियो जसको रेकर्ड दक्षिण एसियाली खेलकुद (साग) मै कसैले तोड्न सकेका छैनन्। १८८४, १९८५ र १९८७ मा लगातार तीन पटक सागको म्याराथनमा नेपाललाई स्वर्ण पदक दिलाएका बैकुण्ठ मानन्धरले १९८७ मा भने २ घण्टा १५ मिनेट ३ सेकेण्डको कीर्तिमान राखे। जुन अहिलेसम्म तोड्न सकेका छैनन्। यहि समय नेपाली तेक्वान्दोमा अर्का यस्ता कीर्तिमानी खेलाडीको उदय भयो। जुन कीर्तिमान अहिले पनि जीवित छ। त्यस्ता खेलाडी हुन्, विधान लामा। 

कति खेलाडी सदाबहार चर्चामा रहिरहन्छन्। कति छिटै गुमनाम हुन्छन्। एक समयका कीर्तिमानी खेलाडी विधान तेक्वान्दोबाट मात्रै हैन नेपाली खेलकुदबाटै एकाएक हराए। उनै विधान हुन् जसले नेपाललाई ओलम्पिक, विश्व तेक्वान्दो च्याम्पियनसिप, एसियन गेम्स र एसियन च्याम्पियनसिपमा पदक दिलाए। विधान ओलम्पिकमै पदक जित्ने एक मात्र नेपाली खेलाडी हुन्। 

विधानले ओलम्पिकमा पदक जितेको ३२ वर्ष भइसक्यो। यो अवधिमा धेरै खेलाडीले ओलम्पिक खेले। कति आए कति गए। तर देशलाई पदक भने दिलाउन सकेनन्। पदककै खडेरीमा खेलाडी हराइरहे। 

तर पदक जितेर पनि हराउन बाध्य भएका खेलाडी हुन्, विधान। उनी आफ्नो पुरानो कीर्तिमान तोडिएन भनेर खुसीभन्दा पनि नेपालले पदक नजितेकोमा दुःखी छन्। भन्छन्, ‘मेरो रेकर्ड तोडेन भनेर खुसी हुनुभन्दा पनि नेपालले पदक जितेन भनेर दुःखी छु। नेपालले मेडल जितोस्। राम्रो गरोस् भन्ने हो।’

त्यो ओलम्पिक पदक
विधानसँग त्यस्ता थुप्रै याद र अविस्मरणीय पलहरु छन्। जुन नेपाली खेलकुदको इतिहास बनेको छ। जित्नेकै इतिहास बन्छ हार्नेको त के कुरा। विधान पनि त्यो बेला तेक्वान्दोका बादशाह थिए।   

Ncell 2
Ncell 2

सन् १९८८ मा कोरियामा ओलम्पिक खेलकुद प्रतियोगिता आयोजना हुँदै थियो। खेलकुदको महाकुम्भ ओलम्पिकमा सन् १९८७ मा बार्सिलोनाको स्पेनमा भएको विश्व तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण, रजत र कास्य पदक विजेता राष्ट्रलाई सिधै छनोट गर्ने निर्णय भयो। त्यो च्याम्पियनसिपमा विधानले नेपाललाई कास्य पदक दिलाएका थिए। । यो सँगै ओलम्पिकको तेक्वान्दोमा नेपालले पनि भाग लिने भयो। त्यसबेला राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा शरदचन्द्र शाह सदस्यसचिव थिए।

खेलाडीको सपना भनेकै ओलम्पिक खेल्ने हुन्छ। विधान पनि सोचिरहन्थे ओलम्पिक खेल्न पाए कस्तो हुन्थ्यो? विधान आफूलाई ओलम्पियन भनिने सपना देखिरहन्थे। नभन्दै ओलम्पिकका लागि नेपालमा तेक्वान्दोको छनोट प्रतियोगिता भयो। ५० केजी तौल समूहमा विधान नै छानिए। ओलम्पिक खेल्न जाँदै गर्दाको माहोल सम्झिँदै विधान भन्छन्, ‘फरक प्रतियोगिता, फरक फरक खेलाडी, फरक देश अनि फरक शान। माहोल नै बेग्लै।’

१९८४ देखि नै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न थालेका विधानलाई ओलम्पिक अझ चिनाउने प्रतियोगिता बन्यो। तर उनलाई ओलिम्पकमा एउटा कुराले भने पिरोली नै रह्यो। प्रतियोगिताकै क्रममा उनलाई विदेशी खेलाडीले प्रश्न गर्दा जवाफ फर्काएका थिए, नेपालबाट। तर तिनले नेपाल भन्दा चिनेनन्। यहि कुराले विधानको मनमा चिसो नपसेको होइन। तर यसको जवाफ उनले पदकले दिए।

‘नेपालबाट खेल्न आएकोभन्दा नेपाल कहाँ पर्छ भनेर खेलाडीहरु सोध्थे। तर पदक जितेर बाहिर आउँदा चाहिँ संसारकै पत्रकारहरु गेटमा अन्तरवार्ताको लागि कुरेर बसेका थिए’, विधानले सुनाए।

ओलम्पिकमा इंग्ल्यान्ड र जर्मनीको खेलाडीलाई पराजित गर्दा अमेरिकाका खेलाडीसँग हार्दै विधानले देशलाई कास्य पदक दिलाएका थिए। जुन कास्य अहिले पनि ओलम्पिकमा नेपालले जितेको एक मात्र पदक हो।

विधानले ओलम्पिकमा पदक जितेको पनि ३२ वर्ष पूरा भयो। तर त्यो ओलम्पिकमा तेक्वान्दोलाई डेमोको रुपमा राखिएको थियो।त्यसपछि भने तेक्वान्दो आधिकारिक खेलकै रुपमा ओलम्पिकमा रहँदै आयो।  त्यसयता, सबै ओलम्पिक खेलकुदमा नेपालले भाग लिँदै आएको छ। तर नतिजा हुन्छ सधैँ शून्य। अन्य देशका खेलाडीको प्रदर्शन दिनदिनै बढ्दै जाँदा नेपालको भने घट्दो छ।

उनी भन्छन्, ‘जब जितमा झण्डा माथि उठ्दै जान्छ। महसुस नै छुट्टै हुन्छ। गर्वले छाती फुल्छ। अनि आफ्नै शीर पनि सगरमाथा झैँ उचो हुन्छ। देशको लागि केही गर्न पाउँदा धेरै खुसी लाग्छ।’

उनले पाएिको त्यो उपलब्धी र सफलतापछिको खुसीको ब्याख्या अपूर्ण हुन्छ, शब्दले त्यो उचाइ अझ खुम्च्याउने न हो। त्यो उमंग त भित्रैबाट महसुस गर्ने हो। नेपाल आउँदा पाएको सम्मान, नगर परिक्रमा र अरुले देखाएको सद्भाव विधानका सम्पति हुन्। जुन कहिल्यै सकिँदैन।

एसियन गेम्समा कोरेको गोरेटो
लक्ष्य लिनेको गन्तब्य प्राय टाढै हुने गर्छ। त्यसैले कति बिचैमा थाक्छन्। कति मेहनत गरिरहन्छन् र सपना भेटेरै छाड्छन्। 

विधान लामालाई नेपाली खेलकुदमा लामो रेसका घोडाको रुपमा लिइन्थ्यो। उनका प्रदर्शन र खेल कौशलले पनि त्यही देखाउँथ्यो। उनको उचाइ त त्यतिबेला चुलियो जतिबेला उनले नेपाललाई एसियन गेम्समा पदक दिलाए। यो सन् १९८६ को कुरा हो, आज भन्दा ३४ वर्षअघि। कोरियामा भएको एसियन गेम्स। एसियाको कुम्भ मेला जहाँ तेक्वान्दोमा नेपालका विधान लामाले पनि खेल्ने अवसर पाए।

एसियन गेम्सकै लागि भनेर तयारी राम्रो थियो। क्लोज क्याम्प राखेर सिंगापुर र हङकङमा गएरसम्म खेल्न भ्याएका थिए विधानले। विधान भन्छन्, ‘यो भन्दा अघि विश्व तेक्वान्दो च्याम्पियनसिप र एसियन च्याम्पियनसिप खेलिसकेको थिएँ। अनुभव राम्रो थियो। त्यसैले पदक आयो।’

त्यस्तै, विधानले तीन वटा एसियन तेक्वान्दो च्याम्पियनसिप खेलेका छन्। जसमा उनले रजत पदकसम्म पाएका छन्। सन् १९८८ मा एसियन तेक्वान्दो च्याम्पियनसिपको आयोजना नेपालले गर्यो। नेपालमै भइरहेको प्रतियोगितामा स्वर्णको दाबेदार थिए विधान। तयारी राम्रो थियो। अनुभव राम्रो थियो। घरेलु भूमिको साथ थियो, दर्शकको साथ थियो। तर खेल करियरकै नमिठो क्षण भने उनको लागि यहाँ भयो। जित्दा जित्दै हारको शिकार बने।

‘सेमिफाइनलमा मेरो प्रतिस्पर्धा जोर्डनका खेलाडीसँग भयो। खेलकै क्रममा म पूरै घाइते भएँ। नेपाली पत्रपत्रिकामा मेरो करङ भाँचियो भनेर समाचार पनि आयो। तर भाँचिएकै चाहिँ थिएन। करङमा गम्भीर प्रकृतिको चोट भने लागेको थियो। तर पनि जोर्डनको खेलाडीलाई पराजित गर्दै फाइनल पुगे’, विधान सम्झिन्छन्।

फाइनलमा पुगे पनि उनी खेल्न नसक्ने भए। डाक्टरले फाइनल खेल्न नहुने सल्लाह दिएका थिए। खेले ज्यान जोखिममा पर्ने खतरा रहेको डाक्टरको भनाइपछि आफूले फाइनलमा वाक ओभर दिएको विधान सुनाउँछन्। 

कुरा विश्व च्याम्पियनसिपको
विधानले सन् १९८५ र १९८७ गरी दुई वटा विश्व तेक्वान्दो च्याम्पियनसिप खेले। १९८७ मा बार्सिलोनाको स्पेनमा भएको विश्व तेक्वान्दो च्याम्पियनसिपमा उनले कास्य पदक जिते।

खेल जीवनको एक बिर्सिन नसक्ने क्षण पनि बन्यो उनको लागि त्यो प्रतियोगिता। उनले स्वीडेन, हङकङ र फिलिपिन्सका खेलाडीलाई पराजित गर्दै पदक जितेका थिए। अझ रोचक कुरा त १९८६ मा भएको एसियन तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण पदक विजेता फिलिपिन्सका खेलाडीलाई नै उनले हराएका थिए।

‘एसियन च्याम्पियनसिपमा स्वर्ण पदक विजेता फिलिपिन्सको खेलाडीलाई पराजित गर्दाको पलहरु अझै पनि ताजै छ। मलाई सबैभन्दा खुसी लागेको क्षण पनि त्यही हो। त्यसपछि चाहिँ म पनि खास हुँ भन्ने भयो’ उनले सुनाए। 

उनले जितेको त्यो पदक नै विश्व च्याम्पियनसिपमा नेपालले पाएको पहिलो पदक पनि बन्यो। त्यो भन्दा अघि कुनै पनि खेलका खेलाडीले विश्व च्याम्पियनसिपमा नेपाललाई पदक दिलाएका थिएनन्। विश्व च्याम्पियनसिपमा पदक लिएर आउँदा उनको भब्य स्वागत भयो। गएका ८–९ जना खेलाडीमध्ये विधानबोहक सबै रित्तै फर्किएका थिए। त्यहि भएर पनि उनले जितेको त्यो पदक खास बन्यो। विमानस्थलमा स्वागतका स्वरहरु घन्किए। खेलकुद मन्त्रीदेखि उच्चपदस्थ व्यक्तिबाट भब्य स्वागत पाए। नगरपरिक्रमा भयो।

यादगार पलहरु कोट्याउँदा विधान भन्छन्, ‘खेलले पनि देशलाई चिनाउँछ भनेर मैले चिनारी दिएको थिएँ। त्यही भएर होला सोच्दै नसोचेको सम्मान र माया पाएँ।’

एकाएक ओझेलमा

सन् १९८८ को ओलम्पिक खेलकुदमा पदक जितेका विधान त्यसपछि एकाएक हराए। सफलतामा पुगेका खेलाडी किन हराए? त्यसको वास्ता कतैबाट भएको देखिएन। 

सुरुमा उनी अभ्यासको लागि भनेर १५ महिना अमेरिका गएका थिए। अभ्यास पनि राम्रो भयो। थप सिक्दै गइरहेका थिए। उनको लक्ष्य थियो सन् १९९२ को ओलम्पिक खेलकुद। अभ्यासपछि उनी नेपाल फर्किए। 

राखेप र तेक्वान्दो संघले नेपालमा नै केही खेलाडीलाई अभ्यासमा राखिरहेको थियो। अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने हो भने अभ्यास गर्न विदेश नजाओस् भन्ने राखेपको सोच थियो। त्यसको विरुद्ध रहेर अमेरिकामा अभ्यास गरेका विधानको यहाँबाट भने पाइला अगाडि बढेन। क्षमता हुँदा हुँदै उनले खेल्न छाडे। पाँच महिनाको नेपाल बसाइपछि फेरि भिसा मिलाएर उनी अमेरिका नै गए। र नेपाली खेलकुदमा ओझेल परे। 

उनी भन्छन्, ‘एसियन गेम्समा पदक जितेपछि राखेपले मलाई प्रशिक्षकको जिम्मेवारी पनि दिएको थियो। तर खेल्न नपाएसी के गर्नु। आफ्नो भविष्यलाई हेर्दै अमेरिका आएँ।’

न उनको अमेरिका जाने योजना थियो। न अमेरिकाको सपना नै देखेका थिए। खेल्दै जाँदा राम्रो गर्दै जाँदा अन्तर्राष्ट्रिय हस्तीहरुसँग उनको चिनजान भने भएको थियो। नेपालका जेके सिन कोरियन प्रशिक्षक पनि अमेरिका नै गएका थिए।

त्यसैले उनले पनि अमेरिकाको बाटो तताए। भन्छन्, ‘खेलाडी भएर अमेरिका आउँछु भन्ने थिएन। जब अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्दै गए त्यसपछि भने अमेरिका आउने योजना बन्यो।’ 

राजनीतिले बिगारिदियो
सानैदेखि बिधान ब्रुस्लीको ठूलो फ्यान। उनको मार्सल आर्ट्समा विधान सधै फिदा। त्यसैले मार्सल आर्ट्स सिक्ने तीब्र इच्छा थियो। 

तर त्यो समयमा नेपालमा मार्सल आर्टस सर्वसाधारणको पहुँचमा थिएन। नेपालमा त्यो बेला मार्सल आर्टस तेक्वान्दो विभागीय पुलिस र आर्मीलाई मात्रै खेल्न अनुमति थियो। १९८२ तिर मार्सल आर्टस पनि सबैले खेल्न पाउने भए। थानेश्वर राईले सितोरियो कराते रंगशालामा दर्ता गरी खोले। तर तेक्वान्दो भने अझै सर्वसाधारणको पहुँचमा थिएन।

विधान भन्छन्, ‘मैले सुरुमा कराते ६ महिना सिकेँ। त्यसपछि तेक्वान्दो पनि सर्वसाधारणको लागि खुला भयो। मेरो रुची नै तेक्वान्दोतिर थियो। म तेक्वान्दोमै भर्ना भएँ। सिधै ब्लु बेल्टमा पुग्दा म १७ वर्षका थिएँ।’

सन् १९८३ मा छैटौं विश्व तेक्वान्दो च्याम्पियनसिप डेनमार्कमा भएको थियो। विधानलाई सिकाउने गुरुहरु खेल्न जाँदा त्यसै गरी कहिले खेल्ने भनेर उनलाई हुटहुटी नभएको होइन। सधैँ खेल्न रंगशाला धाउँदा घरको गाली नखाएका होइनन्। पछि मेडल जित्दै गएपछि सबैबाट साथ नै पाए।

विधानले छोटो समयमै धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाए। जुन अहिले सम्भव छैन। अहिले नेपालको हरेक खेलकुद क्षेत्रमा राजनीति घुसेको विधानको तर्क छ। राजनीतिकै कारण नेपाली खेलकुदको विकास सम्भव नभएको पक्कै हो।

‘पछिल्लो समयमा खेलक्षेत्रमा राजनीति घुसिएको छ। त्यही भएर पनि नेपाली खेलकुद विकास हुन सकेको छैन’, विधान थप्छन्, ‘राज्यले खेलकुदलाई प्राथमिकतामा राखेन। राखेप र संघले खेलाडीलाई हेरनन् भन्दैमा खेलाडीले आफ्नो अनुशासन त्याग्नु हुँदैन। सदस्यसचिवको ढोकामा लात हान्ने सम्मका खेलाडीहरु पनि अहिले छन्।’

पहिलेको तुलनामा अहिले निकै राम्रा खेलाडीहरुको जन्म भइरहेको विधानको विश्लेषण छ। आफूभन्दा पनि अब्बल खेलाडीहरु रहेको उनको ठम्याई छ। भन्छन्, ‘मभन्दा पनि अहिले नेपालमा राम्रा र प्रतिभाशाली खेलाडी छन्। तर पदक मात्रै नल्याएका हुन्। अहिलेको १३औं साग खेलकुदमा राम्रो गर्यो। नेपालले अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि राम्रो गर्छ कि।’

नेपाल फर्किन्छु
विधान अहिले अमेरिकाको ओरेगन शहरमा छन्। तीन छोरी र एक छोराको साथमा परिवारसँग रहेका विधान आफ्नै तेक्वान्दो स्कूल चलाएर बसेका छन्। 

नेपाली खेलकुदबाट टाढा भएका हुन् उनी। तेक्वान्दोबाट होइन। विधानको परिचय विश्वसामु चिनाएको तेक्वान्दो उनको जिन्दगीको एक हिस्सा सधैँ हो। त्यसैले उनी तेक्वान्दो भन्दा बाहिर छैनन्।

अमेरिका गएर वास्तविक जिन्दगी जिउन सिकेको उनको तर्क छ। भवन भाडामा लिएर तेक्वान्दो स्कूल दिउँसो ३ः३० देखि बेलुका ८ः३० बजेसम्म सञ्चालन गर्छन्। यो उनको जिउने आधार हो। अनि तेक्वान्दो खेलप्रतिको लगाव।

उनको स्कुलमा ५ वर्षदेखि ६० वर्षका पाका उमेरका मान्छे पनि सिक्न आउँछन्। सेल्फ डिफेन्सको लागि पनि तेक्वान्दो सिक्न आउने गरेको विधान बताउँछन्।

‘पहिलेको दाँजोमा अहिले चाहिँ त्यस्तो छैन। १०० को हारहारीमा विद्यार्थी छन्। लिजमा लिएको हुँदा वार्षिक रुपमा ५ प्रतिशतले भाडा बृद्धि हुन्छ’, विधानले भने।

त्यसो त विधान आफूलाई निकै भाग्यमानी ठान्छन्। ओलम्पियन खेलाडी विधानलाई सुरुमा अमेरिकन नागरिक माइक विथकोम्पले आफ्नै परिवार जस्तै गरेर घरमा बस्ने ब्यवस्था मिलाएका थिए। यो अवसर उनी ओलम्पियन खेलाडी भएकै कारणले पाएका थिए। विथकोम्पको स्कूलमै तेक्वान्दो सिकाउँदै करिब ५–६ वर्ष बसेपछि विधानले सन् २००१ देखि भने आफ्नै तेक्वान्दो स्कूल खोलेका हुन्। त्यसो त साढे तीन वर्ष पुलिस अफिसर भएर काम गरेको अनुभव पनि छ उनीसँग। अहिले तेक्वान्दो स्कूलबाहेक पार्टटाइम जागिर पनि गर्छन्।

अबको केही वर्ष अमेरिका बसेर पछि नेपाल नै फर्किने उनको योजना छ। स्थायी घर काठमाडौं लैनचौर भएका विधान भन्छन्, ‘पुर्खौली घर चाहिँ दोलखा रे। मेरो भविष्यको योजना भनेको नेपाल आएर बस्ने हो। म शहरमा भन्दा पनि गाउँमा बस्न रुचाउँछु। त्यसैले नेपाल आएर गाउँमै गएर बस्छु।’

(विदेशिएका खेलाडीको आवाज समेट्न नेपाल लाइभ स्पोर्टस् ब्यूरोले यो श्रृङ्खला ‘मैदान छाडेपछि’ सुरु गरेको हो। जसमा हरेक हप्ता खेलाडीको बोलिमार्फत उनीहरुको भोगाइ, बाध्यता र रहर प्रस्तुत हुन्छन्।)

श्रृंखलाको अरु अंकहरु -

यो पनि पढ्नुहोस्

बरदान जो हराए : एक समयका अब्बल क्रिकेटरसोमबार, असोज १२, २०७७

यो पनि पढ्नुहोस्

अब फुटबल खेल्दिनँसोमबार, भदौ १५, २०७७

यो पनि पढ्नुहोस्

जसले देश भुलेका छैनन्सोमबार, भदौ ८, २०७७

यो पनि पढ्नुहोस्

जसलाई देशले लुक भन्योसोमबार, भदौ १, २०७७

यो पनि पढ्नुहोस्

‘परिवारको अवस्था हेरेँ अनि हिँडे’ सोमबार, साउन २६, २०७७

यो पनि पढ्नुहोस्

खाडी जानु रहर होइनसोमबार, भदौ २२, २०७७

यो पनि पढ्नुहोस्

लुटिएको हाँसो खोज्नु थियोसोमबार, भदौ २९, २०७७

यो पनि पढ्नुहोस्

देशबाट पर हो, खेलबाट छैनसोमबार, असोज ५, २०७७

 

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १४:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी शनिबार, जेठ २४, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद शनिबार, जेठ २४, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
बाजुरा आगलागी : ३५ पसल जल्यो, आठ करोड बढीको क्षति शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्रीबाट जीवन विकास सामुदायिक अस्पताल उद्घाटन शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
फ्रान्स माथि स्पेनको सानदार जित, लामिनको उत्कृष्ट प्रदर्शन शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्