• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शनिबार, जेठ २४, २०८२ Sat, Jun 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
‘परिवारको अवस्था हेरेँ अनि हिँडे’ 
64x64
सराेज तामाङ सोमबार, साउन २६, २०७७  ०८:०८
1140x725

काठमाडौं- न त खेलकुदमा लागेकोमा पश्चाताप छ, न त खेलकुद छाडेकोमा नै। खेलकुदमा लाग्दा पनि घरबाट भागेरै खेल्न हिँडेकी हुन्। खेलकुद छाडेर हिँड्दा पनि अभावदेखि भागेरै हिँडिन्। त्यसैले पश्चाताप छ त त्यो अभावको, त्यो संकटको, त्यो दुःखको। 

यो कथा हो तुलसा खत्रीको। जो घरेलु मैदानमा दक्षिण एसियाली खेलकुम्भको रौनक सुरु भइसक्दा अभ्यासस्थलबाटै विदेशिइन्। खेल्दा खैल्दै मैदान छाड्नुपर्दाको अवस्था के होला? त्यो तुलसालाई जति सायदै अरुलाई थाहा छ। 

एथ्लेटिक्स खेलाडी तुलसा खेल छाडेर हिँडिन् रे! का हल्लाहरुमा अपहेलना, गाली, माया, सान्त्वना सँगसँगै कारबाहीका धम्की मिसिएका थिए। सामाजिक सञ्जालका भित्ताहरु बहसको अर्को विषय नपाउँदासम्म रंगिए। कतिले उनको बाध्यतामा माया दर्शाए, कतिले देशमाथिको धोका भन्दै आलोचना गरे। तर तुलसालाई कमैले बुझे। 

१३औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको उद्घाटन हुन दुई दिन बाँकी थियो। केही खेल उद्घाटनअघि नै सुरु भइसकेका थिए। सरकार आफ्नो उपलब्धीमा एउटा बुँदा थप्न तम्तयार थियो। खेल संघहरु पदकको लेखाजोखामा थिए। देश खेलमय थियो। तर आवरणभित्रको पीडा देखिएको थिएन। रंगशालाका झिलिमिलि बत्तीमा खेलाडीका दुःखका अँध्यारा हराएका थिए। 

यतिसम्म कि पदकको आश गरिएकी तुलसा अभावले विदेशिँदा नेपाली खेलकुदले महसुस गरेन। न त त्यो समय न त अहिले नै। ‘तुलसा खेल छाडेर विदेश गइन् रे!’ भनेको सुन्दा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माको हाँसो फुत्किएको थियो। एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङले कमजोर आवाजमा ‘कम्तिमा साग सकिएपछि गइदिएको भए हुन्थ्यो’ भनेर निरिहता देखाउनुबाहेक अरु केही गर्न सकेनन्। 

खेलकुम्भमा देखिएको राष्ट्रिय लज्जाको विषय ठूला कुरा समेटिएका भाषणमा छोपिए। अझ साग सकिँदाको ५१ स्वर्ण पदकको उत्साहमा त तुलसाले थप्न सक्ने एक स्वर्णको सम्झना किन हुन्थ्यो र! राष्ट्र खेल उत्सवमा लागिरहँदा कीर्तिमानी एक खेलाडी विदेश पलायन हुनुले दशरथ रंगशाला वरपरको साग तामझामलाई गिज्यायो मात्र, तर चेताएन। 

सागअघि चीनको उहानमा भएको सातौँ विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा तुलसाले ४०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। २१ देशका धावकले प्रतिस्पर्धा गरेको प्रतियोगितामा तुलसाले दुरी ५९.५७ सेकेण्डमा पूरा गरेकी हुन्। यसअघि चार सय मिटरमा राष्ट्रिय कीर्तिमान ५९.९० सेकेण्डको रहेको थियो। जुन कीर्तिमान सन् २०१० मा प्रमिला रिजालले राखेकी थिइन्। 

Ncell 2
Ncell 2

अभावले नेपाली खेलाडी विदेशिनु तुलसासम्म आइपुग्दा नयाँ कथा होइन। विदेशमा खेल्न जाँदा खेलाडी उतै लुकेको, भागेका कथा र व्यथाहरु धेरै थिए। तर नौलो विषय तुलसा खेलकुम्भको दुई दिनअघि क्लोज क्याम्प छाडेर हिँडेकी थिइन्। 

आखिर तुलसा किन भागिन् त? न त्यसबेला बहस भयो न त त्यसपछि नै। तुलसा एक पात्र थिइन् कि नेपाली खेलकुदमा दोहोरिरहने व्यथाको चित्रण थिइन्? भित्री रहस्य कसैले बुझ्न चाहेनन्। प्रशिक्षकदेखि एथ्लेटिक्स संघसम्मले तुलसालाई खोजी खोजी कारबाही गर्नु पर्छ भन्न भ्याए। तर तुलसाको वास्तविकता न प्रशिक्षकले बुझ्ने प्रयास गरे न संघले। सरकारलाई साग आयोजनाको सफल प्रचार गर्नभन्दा अन्त ध्यान थिएन।  

सञ्चारमाध्यममा कीर्तिमानी खेलाडी तुलसा साग छाडेर कतार भागेको समाचार आइरह्यो। हुन त मुख्य प्रशिक्षक चन्द्र गुरुङसँग बुझ्दा उनले नै कतार भागेको भन्दै जानकारी दिएका थिए। तर तुलसा कतार होइन दुबई उडेकी रहिछन्। 

संकटले लत्याएको सपना
‘राष्ट्रको लागि खेल, गौरवको लागि खेल, खेलाडी राष्ट्रका गहना’ नाराहरु मीठा सुनिन्छन्। तर त्योभन्दा माथि रहेछ भोक। आदर्शभन्दा माथि हुँदो रहेछ आवश्यकता। लक्ष्यभन्दा ठूलो हुँदो रहेछ समस्या। खोजी हुनै पर्ने रहेछ समाधानको उपाय। 

तुलसाले १३औं सागमा ४०० मिटर सिंगल्स, ४०० मिटर हर्डल्स र ४ गुणा ४ रिलेमा सहभागिता जनाउने तयारी थियो। एउटा लक्ष्य नजिक थिइन् उनी। वर्षौंदेखि सजिएको सपना पूरा हुँदै थियो। खेललाई सोच्दा उनको मन गदगद नै थियो। तर मैदानबाहिर निस्कनेवित्तिकै मन कटक्क खान्थ्यो। छाती पोल्थ्यो। दयनीय आर्थिक अवस्थाले सम्हालिन गाह्रो पर्थ्यो। सबै सम्झिएर मन रुन्थ्यो। 

तुलसा भन्छिन्, ‘साग प्रतियोगिता छाडेर हिँड्नु मेरो पनि गल्ति त छ। मैले राम्रो काम गरेको होइन। यो खेलकुदको आँखाले हेर्दा हो, तर मेरो वास्तविकता भने कसले हेर्ने?’

तुलसाले सागअघि नै विदेश जानको लागि मेनपावरमा पासपोर्ट दिएकी थिइन्। आर्मीमा स्थायी जागिरे तुलसा मात्रै होइन पासपोर्ट बुझाउनेमा आर्मीकै अन्य खेलाडी पनि थिए। तुलसा साग खेल्छु भनेरै सोचिरहेकी थिइन्। त्यसैले अभ्यास पनि गरिहेकी हुन्। संघ र प्रशिक्षकसँग केही नभने पनि उनले मेनपावरमा साग सकाएर मात्रै जाने कुरा राखेकी थिइन्। तर सम्भव भएन।

अझै पनि साग खेल्न नपाएको पीडा तुलसाले भुल्न सकेकी छैनन्। कुराकानीमा भावुक बनेकी तुलसा भन्छिन्, ‘अन्तिम समयसम्म पनि मैले अभ्यास गरिरहेँ। आफ्नै रेकर्ड तोड्ने लक्ष्यमा थिएँ। तर मिल्दै मिलेन। खेल कि आफ्नो करिअर? भन्ने भयो। विभिन्न संकट र समस्याले निमोठिएको परिवारको अवस्था हेरेँ, त्यसपछि आफ्नै कर्म बनाउन लागेँ।’ 

हुन त तुलसाले विदेश जाने सोच पहिले नै बनाइसकेकी थिइन्। धेरै पटक मेनपावर धाएकी थिइन्। बुझ्दै जाँदा दुबईमा रोयल गार्डको लागि राम्रो हुन्छ भन्ने थाहा पाइन्। पासपोर्ट पेस गरेको केही दिनमै भिसा आइदियो। त्यसैले साग खेलकुद सुरु हुनै लाग्दा सपनालाई उडाउँदै उनी हिँडेकी थिइन्। 

खेल्दा खेल्दै छोड्नु पर्दाको जस्तो दुःख केही नहुँदो रहेछ। तुलसा रोइरहिन्। बाध्यताले सिर्जित कठीन परिस्थितिको सामना गरेकी तुलसा सञ्चारमाध्यममा आएका समाचारले झनै दुःखी भइन्। ‘यतिका वर्ष खेलेँ, पसिना बगाएँ, अन्तिममा खेल्न पाइनँ। दुःख लाग्छ। तर विभिन्न किसिमका समचारहरु आए। सबैले मलाई नराम्रो भने, कतिले थुके। यसले झनै चोट पुग्यो’ बोल्दा बोल्दै तुलसा रोकिइन्।

दुबई पुगेपछि पनि उनले सागमा के भइरहेको छ भनेर जानकारी भने लिइरहिन्। सम्झनामा सागमय भएर सुरक्षित भविष्यका लागि लागिपरिन्।

कोरोना भाइरस (कोभिड १९) को महामारी विश्वमै छ। तुलसा दुबईमा आर्मी क्याम्पभित्र छन्। कोरोनाको त्यस्तो डर नभएको तुलसा सुनाउँछिन्। 

‘रोयल गार्ड भनेर नेपालबाट आएको हुँ। अहिले दुबई पुलिसको लागि तयारी गरिरहेको छु। अहिले हामी आर्मी ब्यारेक भित्र छौं। एक महिना यहाँ आर्मीको तालिम गरेँ। अहिले पनि तालिममै छौं’ उनले सुनाइन्।

तुलसा नेपाल छाडेर दुबई गएको आठ महिना पुग्यो। यो अवधिमा उनले निकै दुःख गर्नु पर्‍यो। तर दुःख अनुसारको सेवा सुविधा लिन सकिन्। नेपालमा भोगेको आर्थिक संकट टार्न सकिन्। अहिले महिनामा झण्डै एक लाख नेपाली रुपैयाँ कमाइ हुन सकेको उनले सुनाइन्।

प्रतियोगिता खेल्न भागेकी तुलसा
खेलको रहर यति थियो कि तुलसा एक समय खेल्नकै लागि घरबाट भागेर हिँड्थिन्। जुन बेला उनलाई एथ्लेटिक्स खुब मन पर्थ्यो। एक समय खेलकुदका लागि भागेकी उनलाई अहिले खेलकुदले नै भगायो। 

विद्यालयस्तरीय प्रतियोगिता हुँदै राष्ट्रिय प्रतियोगितासम्म पुगेकी तुलसाले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि भागेर खेल्न गइन्। खेल्न जाउँ आमाको डर, नजाउँ खेल्ने रहर। आमालाई थाहै नदिइ भागेर उनले मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट खेलिन्। त्यसपछि उनले लुम्बिनी च्याम्पियनसिप खेलिन्।

खेलमा अब्बल देखिएर निकै राम्रो तारिफ पाएकी तुलसाको त्यसपछि विभागीय टिम आर्मीतर्फ पाइला मोडियो। ९ महिना तालिम गर्दै आर्मीमा जागिर खाएकी तुलसाको लक्ष्य थियो, अब एथ्लेटिक्समै केही गर्छु। उनलाई टिम गेम हेर्दा मन पर्ने भए पनि खेल्न खासै रुची थिएन।

तर उनको बाटो सोचे जस्तो बनेन। आर्मीमा भर्खरै प्रवेश गरेकी तुलसाले अब भलिबल खेल्नु पर्ने भयो। एथ्लेटिक्स छाडेर भलिबल खेल्दिनँ भन्दाभन्दै खेल्नु परेको उनी बताउँछिन्। उनले एक वर्षमा आर्मीबाट भलिबलमा निकै प्रतियोगिता खेलिन्। यो दौरानमा उनले सातौं राष्ट्रिय खेलकुद, ढोरपाटन कप, एनभिए कप, दीदीबहिनी कप, शेरबहादुर स्मृति कप लगायतका प्रतियोगिताहरु खेलिन्।

उनी भन्छिन्, ‘भलिबल खेल्न मलाई मन थिएन। तर सरहरुले भनेपछि मान्नै प¥यो। एक वर्ष भलिबल खेलेँ। एथ्लेटिक्स खेल्नका लागि म आर्मी गएको थिएँ। मलाई भलिबल भन्दा पनि एथ्लेटिक्स नै मन पर्थ्यो।’

जसोतसो एक वर्ष भलिबलमा बिताएपछि उनी एथ्लेटिक्समै फर्किइन्। २०७४ मा भएको प्रधानसेनापति कपमा उनले प्रतिस्पर्धा गरेकी थिइन्। जहाँ तेस्रो हुन सफल भइन्।

‘प्रधानसेनापति कपमा एथ्लेटिक्समा भाग लिएँ। तेस्रो भएपछि गुरु पुष्पराज ओझालाई एथ्लेटिक्स नै खेल्छु भनेर कुरा राखेको थिएँ’, उनले थपिन्।

२०७४ को दसैँ तिहारपछि उनी भलिबल टिम छाडेर एथ्लेटिक्स खेलमा फर्किइन्। यही वर्ष राखेप च्याम्पियनसिप भएको थियो। जहाँ तुलसा ११० मिटर हर्डल्स र ४०० मिटर हर्डल्समा तेस्रो भएकी थिइन्। 

एथ्लेटिक्समा राम्रो हुँदै गएपछि तुलसामा आशा बढ्दै गए। अपेक्षा थपिए। एथ्लेटिक्समै दिन बित्न थाल्यो। खेलमा राम्रो गर्दै गइन्।

प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा भने उनले ४०० मिटर सिंगल्समा स्वर्ण जित्न सफल भइन्। ४०० मिटर हर्डल्समा दोस्रो भएकी उनी आबद्ध टिमले ४ गुणा ४ रिलेमा स्वर्णसहित राष्ट्रिय कीर्तिमान बनाएको थियो।

बाँच्ने आधारको खोजी 
हुन त भएर कसलाई पुगेको छ र! प्रश्न उठ्न सक्छन्– यहाँ अभाव धेरैलाई छ, समस्या धेरैलाई छ तर खेल छाडेर विदेशिनुपर्ने तुलसालाई नै किन त? भनिन सक्छ– अभाव झेलेर राष्ट्रको इज्जतमा तुलसा डट्नुपर्ने हो। तर सामान्य आवश्यकता पूरा गर्ने सकस भोग्नेहरुले मात्र देख्छन्। राष्ट्रभक्ति र देशप्रेमको सम्मान लिएरै पनि अभावले थिलिएको आमाको अनुहार सम्झिएर कोही कसरी दौडिरहोस्। 

खेलेर खान लाउन मात्रै राम्ररी पुग्ने भए, ऋणमा परिवार डुबाउनु नपर्ने भए कोही खेलाडी विदेशिने थिएनन् होला। 

संघ र राष्ट्रिय खेलकुद परिषदलाई कुनै ठूला प्रतियोगिता विदेशमा हुँदा खेलाडी उतै नबसुन् भन्ने डर हुन्छ। तर खेलाडीको सेवा सुविधामा विचार गरौँ, जम्बो टोलीमा आफूहरु विदेश घुम्न नजाऔँ भन्ने याद हुँदैन। नेपाली खेलकुद त कार्यकर्ता भर्ती गर्ने अड्डा बनेको छ। जसमा नातावाद र पार्टीवादको रजाइँ। 

‘भलिबल, फुटबल र क्रिकेट खेल भइरहन्छ। उनीहरुको जिन्दगी जसोतसो चलेको छ। एथ्लेटिक्समा पनि म्याराथन बेला बेला भइरहेको हुन्छ। यहाँ पनि ठिकै छ। तर हाम्रो ट्याक एण्ड फिल्डमा? दर्दनाक अवस्था छ’, तुलसा भन्छिन्, ‘प्रतियोगिता नै हुँदैन। वर्षमा एक पटक मात्रै खेल्न पाइन्छ। अन्तर्राष्ट्रिय प्रतियोगिता त कुर्दा कुर्दै बुढो भइन्छ।’

खोजिपस्दा खेलाडीका समस्या निकै छन्। खेल छाडेकाहरुको मात्र होइन खेलिरहेकाहरु पनि अभावसँग जुधेरै बढिरहेका हुन्। खेलाडीको तलबले बस्नै पुग्दैन, डाइट खाने परको कुरा। विभागीय टिमबाहिरको खेलाडीको अवस्था त अझ दयनीय छ। तुलसा भन्छिन्– ‘संकटमै बसिरहनु पर्छ। यसरी धेरै खेलाडी डिप्रेसनमा पनि परेका छन्। बाँच्ने आधार नै नदेखिएपछि त्यसको विकल्प त खोज्नु प¥यो नि।’

धेरै प्रतियोगिता भइदिएको भए। त्यसमा पनि स्तरीय र व्यवसायिक प्रतियोगिता हुने भए कोही पनि खेलाडी समस्यामा पर्ने थिएनन्। तर वर्षदिनमा एउटा प्रतियोगिता खेलेर जीवन टार्न सकिन्छ? खेलाडीको लागि यो भन्दा ठूलो दुर्भाग्य अरु के हुन्छ र? त्यसैले अहिले तुलसालाई खुसी छ– जिन्दगी बनाउनतिर लागेँ भन्ने। भन्छिन्– अहिले सन्तुष्ट छु। मेरो भाग्यमा थिएन खेल। त्यसैले छोडेर आएँ।

बुझ्नेले कुरा बुझुन्
पाँच सन्तानमध्येकी जेठी छोरी हुन् तुलसा। १२ वर्षको उमेर हुँदा आफ्नो छोराको निधनले विरही बनेका बाबु। रोगले च्यापेर थलिएकी आमा। दुई बहिनी र एक भाइ। घर खर्च जोहो तुलसाको हातमा।

परिवारको खुसीमा आफू रमाउने स्वभावकी तुलसालाई आफ्नो खुसी कुल्चिन कत्ति पनि समय लागेन। उनी कमजोर आर्थिक अवस्था सुधार गर्नकै लागि विदेशिइन्। जिम्मेवार छोरी बन्दै। पढ्दै गरेका भाइबहिनीको उज्ज्वल भविष्य र घरको आर्थिक संकट हटाउनु आफ्नो कर्तब्य ठानिन्। 

‘अब घरमा कमाउने भनेको नै मै हुँ। वर्षदिनमा एक पटक राष्ट्रिय प्रतियोगिता हुने र अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न ४–५ वर्ष कुर्नु पर्ने अवस्थामा खेलेर बाँच्न सकिन्छ?’ उनी प्रश्न गर्छिन्।

सुर्खेत जिल्लाको लेकबेसी नगरपालिका–३ मा छ तुलसाको घर। सानो छँदा तुलसाले दुःखमै दिन बिताइन्। विद्यालय शिक्षाका लागि समेत दुईघन्टाभन्दा बढी पैदल हिँड्नुपरेका सम्झना उनको मनमै छ। पैसाको अभाव त सधैँको। अभावकै बीच पनि १२ कक्षासम्म पढिन्। उनले जे भोगिन् त्यो आउने पुस्ताले नभोगुन् भन्ने उनको चाहना हो। 

‘खेल खेल्दा खेल्दै छाड्न कुन खेलाडीलाई मन लाग्छ र? तर बाध्यता हो। धेरै पटक रोएँ। कुनै पनि खेलाडीले खेल्दा खेल्दै छोड्न नपरोस्। सरकारले खेलाडीको भविष्य बनाउनु पर्छ’, तुलसा भन्छिन्, ‘देशको खेलकुद बलियो बनाउने हो भने खेलाडीको आर्थिक अवस्था पनि बलियो बनाउनु पर्छ। लगानी बिना प्रतिफल खोजेर मात्रै हुँदैन।’ 

खेलकुदमा भविष्य देख्न नसक्नुमा तुलसाको दोष छ? भए कति त? अभावलाई जितेर खेलमा बढेकी उनलाई अझ अघि बढाउने भूमिका कसको हो? गरे हुन्छ भनेर हिम्मत र भर दिनुपर्ने कसले हो? 

(विदेशिएका खेलाडीको आवाज समेट्न नेपाल लाइभ स्पोर्टस् ब्यूरोले यो श्रृङ्खला ‘मैदान छाडेपछि’ सुरु गरेको हो। जसमा हरेक हप्ता खेलाडीको बोलिमार्फत उनीहरुको भोगाइ, बाध्यता र रहर प्रस्तुत हुन्छन्। यो पहिलो अंकमा प्रयोग भएका तस्बिरहरु तुलसामार्फत नै प्राप्त भएका हुन्।)   

नोट- यसअघि प्रयोग भएको मुख्य तस्बिर गलत भएकाले परिवर्तन गरिएको छ। फरक तस्बिरका लागि माफि चाहन्छाैँ। 

प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  ०८:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
जेठ ३० गतेदेखि दलित गोलमेच सम्मेलन हुने शनिबार, जेठ २४, २०८२
पैसा नभएकै कारण अस्पतालमा पुगेर उपचार नपाउने अवस्था अन्त्य हुनुपर्छ : प्रधानमन्त्री शनिबार, जेठ २४, २०८२
नेपाल समृद्ध बनाउन विज्ञान र प्रविधिको प्रयोग आवश्यक : पूर्वराष्ट्रपति भण्डारी शनिबार, जेठ २४, २०८२
सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद शनिबार, जेठ २४, २०८२
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक जारी शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्