• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास

64x64
सराेज तामाङ सोमबार, चैत १६, २०७७  २०:१२
1140x725

काठमाडौं– नेपाली फुटबल जगतमा सफल दरिएका कप्तान विराज महर्जनले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका छन्। सोमबार दशरथ रंगशालामा बंगलादेशविरुद्ध थ्री नेसन्स कपको फाइनल खेल्दै उनी अन्तर्राष्ट्रिय फुटबलबाट बिदा भएका हुन्।

विराज फाइनल खेलको ८९ औं मिनेटमा त्रिदेव गुरुङको स्थानमा मैदानमा प्रवेश गरेका थिए। उनलाई मैदानमा प्रवेश गर्ने बेला किरण चेम्जोङले लगाईरहेको कप्तानको ‘ब्यान्ड’ रोहित चन्दले लगाईदिएका थिए। यो उनको १९ औं खेलमा कप्तानी हो। साथै राष्ट्रिय टिमबाट उनको यो ७३ औं खेल हो। उनले राष्ट्रिय टिमबाट २००९ मा भएको कीर्गिस्तानविरुद्धको एएफसी च्यालेन्ज खेलमा एक गोल गरेका थिए।

थ्री नेसन्स कपको उपाधिसँगै विराजको बिदाई सुखद् भएको छ। खेलपछि खेलाडीहरुले उनलाई काँधमा बोकेर मैदान घुमाएका थिए। दर्शकहरुले ताली बजाउँदै उनलाई सम्मान गरे। 

मैदानमा निकै भावुक बनेका विराज निकैबेर दर्शकहरुको वरिपरि थिए। उनको बिदाईमा राष्ट्रिय टिमका अन्य खेलाडीले लगातार सम्मानस्वरुप हुटिङ गरिरहेका थिए।

त्यो महसुस

२०७६ साल भदौंमा नेपालले साउनमा नेपालले विश्वकप छनोटको दोस्रो चरणको कुवेतविरुद्धको खेलको लागि तयारी स्वरुप मलेसियन लिग च्याम्पियन क्लब जोहर दारुल ताजिमसँग खेलेको थियो। यही खेलदेखि विराज राष्ट्रिय टिमबाहिर रहँदै आएका थिए।

आफ्नो २० वर्षे खेलाडी जीवनको उतरार्धमा विराज आफूलाई अपमान भएको महसुस त्यो बेला नगरेका भने होइनन्। विश्वकप छनोटको दोस्रो चरणमा नेपालले कुबेतसँग दुई खेल खेल्यो। चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डनसँग पनि विश्वकप छनोटका अवे खेलहरु नेपालले खेल्यो। तर, यी पाँचै खेलमा विराजलाई भने अभ्यासमा समेत समावेश गराइएन।

३० वर्षीय विराजले आफ्नो करियरलाई ‘सेफ ल्यान्डिङ’ गर्न चाहिरहेका थिए। त्यो अवसर उनलाई मिलेको छ। ‘कुनै पनि खेलाडीको राष्ट्रिय जर्सी लगाएरै विदाई हुने सपना हुन्छ। मेरो पनि छ। म त्यस्तै चाहन्छु’, यसअघि विराजले भनेका थिए।
 
यसकारण विराज सफल कप्तान

Ncell 2
Ncell 2
nimb
nimb

विराज एन्फा एकेडेमीको उत्पादक खेलाडी हुन्। २०५७ साल एन्फा एकेडेमीमा आएका उनको यहाँसम्मको यात्रामा उनकै संघर्षका कथा लुकेको छ।

उमेर समूहमा एकपछि अर्को गर्दै राम्रो गरेपछि उनले राष्ट्रिय टिममा स्थान बनाए। घरेलु प्रतियोगिता र यू–१९ मा राम्रो प्रदर्शन गरेपछि विराज २०६४ मा पहिलोपटक राष्ट्रिय टिम परेका थिए। त्यहीँबाट उनको खेल जीवनले एउटा गति लियो।

पाकिस्तानसँग पोखरा रंगशालामा भएको मैत्रीपूर्ण खेलका लागि उनीसँगै यू-१९ फुटबल टिमबाट किरण चेम्जोङ, भरत खवास, विकाससिंह क्षेत्री र दीपक भूषाल परेका थिए। पहिलो खेलमा पाकिस्तानसँग २-१ गोलअन्तरले हारेको नेपालले भरत र विराज सुरुवाती एघारमा परेको खेलमा भने १-० गोलले जितेको थियो। त्यसैले विराज आफ्नो डेब्यु खेललाई सुखद् सुरुवात मान्छन्। त्यसपछि भने विराज राष्ट्रिय टिममा निरन्तर पर्दै आए। 

२०१५ मा अनिल गुरुङ टिममा नपर्दा उनले भारतविरुद्धको साफ च्याम्पियनसिप खेलमा कप्तानीको जिम्मेवारी सम्हाल्ने अवसर पाए। विराजको खेल करियरमा सधैँ स्मरणीय रहने प्रतियोगिता भनेकै बंगबन्धु गोल्डकप, १२औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता र एएफसी सोलिडारिटी कप हो।

‘आफ्नै कप्तानीमा बंगबन्धु, साग र सोलिडारिटी कपको उपाधि जित्दाको जस्तो क्षण अरु छैन,’ विराजले भन्ने गरेका छन्।

नेपाली फुटबलमा जति खेलाडी कप्तानीको भूमिका निभाए विराजले कप्तान हुँदा जतिको उपाधि नेपालले अन्य कप्तान हुँदा जितेको छैन। ‘म्याच फिक्सिङ’ जस्तो काण्डमा तत्कालिन कप्तान सागर थापा, उपकप्तान सन्दीप राई लगायतका खेलाडी र प्रशिक्षक तानिएर निकै आलोचित भएको नेपाली फुटबललाई उपाधि दिलाउँदै सबैको कर्णप्रीय बनेका कप्तान पनि विराज नै हुन्।

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  २०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ५–३ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा सिजनको आफ्नो शतप्रतिशत विजयी सुरुआतलाई पाँच खेलसम्म काय... सोमबार, असोज ५, २०८३
रियलले बार्सिलोनासँग दूरी घटाउने मौका गुमायो स्पेनिस ला लिगामा सिजनको पहिलो मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले १० खेलाडीमा सीमित रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ। सोमबार, असोज ५, २०८३
आर्सनलको पहिलो हार, शीर्षस्थान गुम्यो ब्राइटनले ३–० ले पराजित गरेसँगै आर्सनलले जारी लिगमा पहिलो हार बेहोरेको हो। गोलअन्तरका कारण आर्सनल म्यानचेस्टर सिटीभन्दा पछाडि परेको... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्