• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?

64x64
सराेज तामाङ सोमबार, चैत २३, २०७७  ०९:१५
1140x725

काठमाडौं- कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आइतबार नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। योसँगै 'प्रो लाइसेन्स' भएका प्रशिक्षक नेपालले पाएको छ। तर, नेपाली फुटबलको आवश्यकता प्रो लाइसेन्स भएको प्रशिक्षक मात्रै हो त?  

एउटा तथ्य, नेपालमा कुनै पनि प्रशिक्षकह प्रो लाइसेन्स प्राप्त छैनन्। योहान कालिनले मुख्य प्रशिक्षकबाट राजीनामा दिएपछि नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जनले सम्हाल्दै आएका थिए। तर, उनी प्रो लाइसेन्सप्राप्त प्रशिक्षक होइनन्। पछिल्लो समयमा विश्व फुटबल महासंघ (फिफा) ले आफ्ना सदस्य राष्ट्रको मुख्य प्रशिक्षकले प्रो लाइसेन्स लिएको हुनुपर्ने मापदण्ड राखेपछि एन्फालाई टाउको दुखाइको विषय बनेको थियो। प्रो लाइसेन्स भनेको फुटबल प्रशिक्षक हुनका लागि आवश्यक पर्ने अनुमतिपत्र हो जसलाई प्रफेसनल फुटबल प्रशिक्षकको योग्यता पनि भनिन्छ। फिफादेखि युइएफएसम्मले यसलाई म्यान्डेटरी बनाएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) प्रो लाइसेन्सप्राप्त प्रशिक्षक पाउँदैमा ढुक्क भएको छ। तर, नेपाली फुटबलको आवश्यकता प्रो लाइसेन्स मात्रै हो त? होइन भने नेपाली फुटबललाई दीर्घकालीन रूपमा अगाडि बढाउन कस्ता प्रशिक्षक चाहिएको हो? यसको गहन छलफल र बहस भने अहिलेसम्म हुन सकेको छैन। 

अब्दुल्लाहसँग प्रो लाइसेन्स छ। तर, अनुभव छैन। उनको राष्ट्रिय टिमको प्रशिक्षण नेपाल नै पहिलो हुनेछ। यसअघि उनले कीर्गिस्तानको यू–१६ टिमको प्रशिक्षक भएर काम गरेका थिए। प्रशिक्षकको रूपमा उनको अनुभव यो नै हो। त्यसो त, कुवेत र साउदी अरबको क्लबमा रहेर पनि उनले काम गरेका छन्।
चैत ६ गते कतार फुटबल फेडेरेसनले एन्फालाई प्रो लाइसेन्स प्रशिक्षक तथा एएफसी कोचिङ इन्स्ट्रक्टरका रूपमा अब्दुल्लाहलाई नेपाल पठाएको थियो। सम्भवत: उनको लागि नेपाल बसाई सिकाई प्रक्रियामै सकिनेछ। विगतमा पनि यस्तै भइरहेको थियो। छोटो समयका लागि आउने प्रशिक्षक नेपाली खेलाडीको बारेमा बुझ्दाबुझ्दै फर्केर जाने गरेका छन्। 

दीर्घकालीन प्रशिक्षकको खाँचो
नेपाली फुटबलको इतिहासलाई पल्टाउने हो भने विगतमा र अहिले खासै फरक छैन। अझ भनौं, नेपाली फुटबल दक्षिण एसियामै घुमिरहेको छ। त्यसैले त साफ च्याम्पियनसिप जित्ने एउटा संकल्प नै छ। तर, अहिलेसम्म साफ च्याम्पियनसिपको सेमिफाइनलदेखि माथि उठ्न नसकेको नेपाल ‘थ्री नेसन्स कप’ जस्ता प्रतियोगिता जित्दा, विजयी उत्सव मनाउनु पर्छ। यो स्तरदेखि माथि उठ्नको लागि पनि दीर्घकालीन योजना चाहिन्छ। अनि त्यही अनुसारको प्रशिक्षक र व्यवस्था।

अब्दुल्लाहलाई एन्फाले एक वर्षको लागि प्रशिक्षक नियुक्त गरेको छ। हामीकहाँ परिपाटी पनि यस्तै चलिआएको छ, छोटो समयमा नै प्रशिक्षक परिवर्तन भइरहने। २०७५ को माघ ३ गते योहान कालिन नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। उनको प्रशिक्षणमा नेपालले मात्र आठ खेल खेल्यो।

योहान कालिनको प्रशिक्षणमा नेपालले तीन मैत्रीपूर्ण खेल खेलेको छ। जसमध्ये कुवेतसँग एक खेलमा बराबरी र एक खेलमा हार व्यहोरेको छ। त्यस्तै, चाइनिज ताइपेईसँगकै मैत्रीपूर्ण खेलमा नेपालले १–१ गोलको बराबरी खेलेको छ।

प्रतियोगितातर्फ पाँच खेल विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका खेलहरु खेलेको छ। योहान कालिनको प्रशिक्षणमा नेपालले विश्वकप छनोटको दोस्रो चरणमा चाइनिज चाइपेईलाई हराएको छ। यही एउटा खेल मात्रै हो, उनको प्रशिक्षणमा नेपालले जितेको। चाइनिज ताइपेईलाई २–० गोलअन्तरले हराएको नेपालले कुवेतसँग विश्वकपको दोस्रो चरणको खेलमा ७–० र १–० ले हारेको छ। त्यस्तै, अस्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले हारेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

कालिन भन्दा अघि नेपालको विदेशी प्रशिक्षक रहेका ग्योतुकी कोजीले भने एएफसी सोलिडारिटी कपको उपाधि दिलाउँदै केही राहत दिलाए। प्रशिक्षकमा स्थायित्व नहुँदा पनि नेपालले अन्तर्राष्ट्रियस्तरमा फड्को मार्न सकिरहेका छैन। अन्य देशहरुमा एउटै प्रशिक्षकले लामो समयसम्म प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका हुन्छन्। हरेक खेलाडीको सुक्ष्म तरिकाले अध्ययनपछि प्रयोग गरिरहेका हुन्छन्। नेपालमा भने प्रशिक्षकले खेलाडीको नाम समेत कन्ठ गर्न सक्दा नसक्दै छोड्नु परेको छ। एन्फाले कुनै पनि विदेशी प्रशिक्षकलाई टिकाई राख्न सकेको छैन। र, नेपाली प्रशिक्षककै स्तरोन्नति गर्दै प्रो लाइसेन्सतर्फ लैजाने पहल पनि हुनसकेको छैन। 

विदेशी प्रशिक्षकको लागि नेपाल एक प्रयोगशाला भएको छ। आउँछन्, प्रयोग गर्छन्, जान्छन्।

अब्दुल्लाहसँग नेपालको आश
अब्दुल्लाहबाट नेपालले ठूलो आशा गरेको छ। उनकै प्रशिक्षणमा नेपालले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेलहरु खेल्दैछ। आउँदो जेठमा नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग आफ्नो ‘होम’ खेलहरु ‘सेन्ट्रल भेन्यू’ कुवेतमा खेल्दैछ।

Xtrem

Xtrem

उनकै प्रशिक्षणमा नेपालले भदौदेखि बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिप खेल्नेछ। यसकारण पनि उनीमाथि नेपालले ठूलो आश गरेको छ। तर, उनको अनुभवको कमी भने नेपाली टिममा पक्कै खड्किने छ।

त्यसो त, मुख्य प्रशिक्षकमा नियुक्ति भएसँगै आफूलाई चुनौती थपिएको उनले बताएका छन्। ‘नेपालमा प्रशिक्षकको रुपमा काम गर्न पाउँदा म एकदमै खुशी छु। मेरो यो अवसरलाई चुनौतीको रुपमा लिन्छु। आशा छ, सबै नेपाली समर्थकलाई खुशी पार्न सकौं’, नियुक्तिपछि मुख्य प्रशिक्षक अब्दुल्लाहले भने।

नेपालले थ्री नेसन्स कपको फाइनलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै उपाधि जित्दा अब्दुल्लाह दर्शक बनेर खेल नियालिरहेका थिए। सायद उनले नेपालले खेल्ने शैली र खेलाडीको खुबी बुझेको हुनुपर्छ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। ब्युनस आय... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : मतदानको समय बेलुका ७ बजेसम्म थपियो शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्