• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
लुटिएको हाँसो खोज्नु थियो
64x64
सराेज तामाङ सोमबार, भदौ २९, २०७७  १२:३७
1140x725

काठमाडौं- ‘मैले आमालाई खुसी पार्नु थियो। आमाकै कारण म राष्ट्रिय टिमको कप्तानसम्म बन्न सफल भएँ। अब त फुटबल कि परिवार? भन्ने अवस्थामा पुगेँ। आफ्नो खुसीको लागि त यतिका वर्ष खेलेँ, अब आमाको लागि केही गर्छु भन्ने भयो। त्यसपछि फुटबल छाड्ने निधो गरेँ।’

स्याङ्जा वालिङमा खालि खुट्टा नै रमाइलोका लागि फुटबल खेलिरहेकी सजना राना मगर राष्ट्रिय फुटबल टिमसम्म पुग्नु सानो मेहनत होइन। तर त्यसरी सपना साकार भएको क्षणले लामो समय खुसी दिइरहन सकेन। अरु धेरै खेलाडी जस्तै अभावले पिरोलिइन्। यसैले त परिवारको खुसी या आफ्नो खुसी भन्ने दोधारमा पुगिन्। 

सोच हुन्छ, खेल्दा खेल्दै चटक्कै छोड्न नपरोस्। पाइरहेको सफलता ठप्प नरोकियोस्। उपलब्धीका कथा जोडिइरहोस्, पछाडि फर्किने दिन कहिल्यै नआओस्। तर शताब्दी लामो इतिहास बोकेको नेपाली खेलकुद सजना जस्ता खेलाडीका कारण अझै पछुताइरहेछ। 

स्याङ्जाको वालिङमा उकाली ओराली गर्दागर्दै सजनालाई कहिल्यै लागेन राष्ट्रिय फुटबल टिमसम्मको यात्रा तय गर्छु। नसोचेको उपलब्धि पाउँदा सजना दंग थिइन्। सन् २०१० मा १५ वर्षकै उमेरमा राष्ट्रिय फुटबल टिमबाट ११औं दक्षिण एसियाली खेलकुदमा भाग लिन बंगलादेश पुगेकी थिइन्।

मेहनतमा दंग परेकी सजनाको लागि साग खेलकुद जिन्दगीकै यस्तो हिस्सा बन्यो, जुन उनी कहिल्यै बिर्सिन्नन्। टिममा सबैभन्दा कान्छी खेलाडी थिइन् उनी। अभ्यासकै क्रममा पनि सबैबाट सकारात्मक प्रतिक्रिया बटुलेकी सजनालाई डर थियो कतै खेल नबिग्रियोस्। भारतको एकछत्र राज हुने दक्षिण एसियाली महिला फुटबलमा नेपाल आफ्नो उपस्थिति बलियो बनाउन चाहन्थ्यो। केही नयाँ खेलाडी र पुरानै खेलाडीको मिश्रणमा प्रशिक्षक ध्रुब केसी बंगलादेश पुगेका थिए।

समूह चरणमै नेपाल र भारतबीचको खेल थियो। एक प्रकारको डर सबैलाई थियो। नभन्दै समूह चरणमा भारतसँग नेपाल ५-० गोलको फराकिलो अन्तरले पराजित हुन पुग्यो। प्लेइङ सेटमै खेलेकी सजनालाई नराम्रो लाग्ने भइहाल्यो। तर भारतसँग ब्यहोरेको त्यो फराकिलो हार भन्दा पनि टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएकोमा सजना खुसी थिइन्। 

सजनाको लागि यो प्रतियोगिता मीठासँगै तीता अनुभव जोडिएको छ। फाइनलमा नेपाल र भारत नै पर्ने भयो। यही फाइनल खेलले हो सजनालाई झस्काइरहन्छ। ६७औं मिनेटसम्म भारतलाई नेपालले रोकेको थियो। तर भारतले पेनाल्टीमार्फत अग्रता पायो। रेफ्रिको निर्णयविरुद्ध नेपाली खेलाडी खनिए। एकछिन् मैदानमा तनावको अवस्था नै आएको थियो। सम्झिँदै सजना भन्छिन्, ‘पेनाल्टी दिएपछि १०-१५ मिनेट खेल नै रोक्नु पर्ने अवस्था आएको थियो। पछि माथि के कुरा भयो कुन्नि फेरि तत्कालिन अध्यक्ष गणेश थापाले खेल भन्नु भएपछि खेल्यौँ।’

फाइनलमा नेपाल भारतसँग ३-१ गोलले स्तब्ध बन्यो। खेल सकिएलगत्तै फेरि रेफ्रिमाथि नेपाली खेलाडी खनिए। जसको कारण नेपालका केही खेलाडी प्रतिबन्धमा समेत परे। ‘हामी सबै हारेको झोँकमा थियौं। तर म त्यो भिडमा गएको थिइनँ। मसहित केही खेलाडीको नाम प्रतिबन्धमा राखेको रहेछ। त्यसको जानकारी ५ वर्षपछि सन् २०१६ भारतमा भएको १२औं साग खेलकुदका बेला बल्ल थाहा पाएँ।’

सजना आफूले नगरेको गल्तिको शिकार बनेको दुःखेसो गर्छिन्। प्रतिबन्धमा परेकै कारण सजनाले १२औं सागमा सुरुवातका दुई खेल गुमाएकी थिइन्।

परिवारको कथा
सजनाले सानामा बाको माया पाइनन्। उनका लागि आमाले सबै भरथेग गरेकी हुन्। ‘बाबालाई मैले देख्न पनि पाइनँ। बाबाले अर्कै बिहे गरेर जानु भयो भन्ने सुनेको हो। मेरो सबैथोक आमा हो’ सजना भन्छिन्। 

दाइ, दिदी र सजना गरी तीन छोराछोरीको रेखदेख आमा एक्लैका लागि सजिलो थिएन। आर्थिक रुपमा परिवारमा समस्या परि नै रह्यो। 

‘दुःख संघर्ष के हो? मेरी आमालाई सोध्नु। हाम्रो आर्थिक अवस्था यस्तोसम्म थियो कि मसलाको झोल खाएर बस्नु पर्थ्यो। सबै काम आमाले गर्नु हुन्थ्यो’, उनी थप्छिन, ‘मेरो लागि सबैथोक आमा हो। कुखुरा काट्ने, बेच्ने गर्नु हुन्थ्यो। त्यो बेला म सानै भएकोले पनि होला आमालाई कहिल्यै सहयोग गर्न पाइनँ।’

यात्रा फुटबलको
सजनाको जिन्दगीमा असफलताभित्र सफलताको कथा लुकेको छ। अनि सफलताभित्र असफलताको गाथा। जिन्दगीमा भाग्य हुन्छ कि हुँदैन? हुन्छ भने भाग्य कति मेहनत कति? 

वालिङमै सानैदेखि सजना फुटबलको वरिपरि रहेर नै हुर्किइन्। गाउँमा फुटबलको रामो माहोल थियो। खुला चौरमा अरुले फुटबल खेलेको देख्दा उनलाई पनि त्यसरी नै खेल्न मन लाग्थ्यो। फुटबलको पछि दगुर्न मन लाग्थ्यो। 

हेर्दा हेर्दै उनी पनि खेल्न थालिन्। गाउँकै दाइहरुले उनलाई फुटबल नजिक बनाएदिए। घरबाट पनि उनले राम्रै साथ पाइन्। आमाले कहिल्यै नखेल भनेको सजनालाई याद छैन। ‘अभ्यास गर्न पनि म केटाहरुसँग जान्थेँ। गाउँमा फुटबल खेल्दै गर्दा पनि केटाहरुलाई निकालेर भए पनि मलाई खेलाउँथे। सबैको उत्तिकै साथ र सहयोग थियो’, उनी भन्छिन्।

सानो छँदा उनले फुटबलबाहेक कराते पनि सिकिन्। करातेबाट पनि उनले काठमाडौंसम्मको यात्रा तय गरिन्। तर कराते उनको लागि होइन रहेछ। करातेबाट उनले काठमाडौं भन्दा अघिको यात्रा तय गर्न सकिनन्। 

फुटबलमा खेल्दा खेल्दै उनको खेल राम्रो हुँदै गयो। दाइहरुबाटै थप सिक्दै गइन्। तर सुरुवाती दिनमा उनले राष्ट्रिय टिममा पर्छु, देशको लागि खेल्छु भनेर खेलेका थिइनन्। खेल्ने रहरले खेलेकी थिइन्। रमाइलोका लागि खेलेकी थिइन्।

खेल्दा गर्दा एक दिन राष्ट्रिय महिला टिमको छनोटसम्बन्धी जानकारी पाइन्। त्यो देशव्यापी रुपमा हुन लागेको छनोट ११औं सागको लागि थियो।

सातदोबाटोस्थित एन्फा एकेडेमीमा छनोट थियो। सजना काठमाडौंमा मामा माइजूकोमा बसेर छनोटमा भाग लिइन्। छनोटमा भाग लिनुअघि कुनै पनि प्रतियोगिता नखेलेकी सजनालाई कठीन त भएको थियो। तर गाउँमै खेल्दा खेल्दै दिलिप थापा प्रशिक्षकबाट सिकेको टेक्निकहरु पनि काम लाग्यो। 

सजना भन्छिन्, ‘स्याङ्जामा हुँदा कुनै प्रतियोगिताहरु खेलेको थिइनँ। एकैपटक राष्ट्रिय टिमको छनोटमा भाग लिँदै थिएँ।’

त्यो बेला महिला टिमको मुख्य प्रशिक्षकमा ध्रुब केसी थिए। देशभरका खेलाडीको उपस्थिति रहेको त्यो छनोट चरणको पहिलो राउण्डबाट पार हुन्छु भन्ने विश्वास सजनालाई थिएन। तर उनले एकपछि अर्को गर्दै सफलता पाइरहिन्।

‘११औं साग के हो भन्ने नै थाहा थिएन। मलाई त छनोटमा पर्ने भन्ने मात्रै थाहा थियो। उनी प्रश्नसहित थप्छिन्, ‘त्यो बेला म सानै थिएँ। अलि कच्चा थिए। नेपाली महिला फुटबल पनि त्यस्तै कच्चा थियो। अहिले चाहिँ सुध्रियो कि त्यस्तै छ?’ 

अहिले पनि महिला फुटबल त्यस्तै कच्चा त छ। व्यावसायिकताको कुरै छोडौँ, वर्षदिनमा हुने १-२ राष्ट्रिय प्रतियोगिताको भरमा खेलाडी बाँच्नु परेको दशकौं भइसक्यो। यति लामो फुटबल इतिहासमा अहिले पनि महिला फुटबल गर्भमै छ। 

कल्पनाभन्दा बाहिर
अनुभवि र सुविधा सम्पन्न स्थानका खेलाडीलाई पछि पार्दै टिममा पर्नु सजनालाई एउटा युद्ध जित्नु भन्दा गाह्रो थियो। खेल्दा खेल्दै थाकेकी सजना कति पटक त भोक भोकै खेल्थिन्। बिना जर्सी, बिना बुट खेल्ने सजनालाई त्यो अग्नी परीक्षा कटाउनु सगरमाथाको उचाइ थियो। 

पहिलो पटक राष्ट्रिय टिममा पर्दाको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘४-५ चरणको छनोट पार गर्दै राष्ट्रिय टिममा स्थान बनाउनु मेरो लागि चानचुने कुरा थिएन। अन्तिम ३० जनाको बन्द प्रशिक्षणबाट फाइनल लिष्टमा आफ्नो नाम पर्दा खुसीको सीमा थिएन।’

टिममा परेपछि उनी ११औं साग खेलकुद बंगलादेशमा खेलिन्। साग सकिएपछि आर्मी र पुलिसले पनि महिला फुटबल टिम राख्ने भन्ने कुरा आयो। राष्ट्रिय टिमका धेरै खेलाडी पुलिस र आर्मी क्लबमा गए। तर सजनाको उमेर सानै भएको कारण उनी घर फर्किइन्।

त्यसपछि उनी एपिएफ क्लबमा जोडिइन्। त्यो बेला महिला फुटबलमा एपीएफको दबदबा थियो। अहिले पनि एपिएफ कै शान छँदै छ। त्यो समयमा स्टार खेलाडीहरुको बाहुल्यता रहेको एपीएफ क्लब सबैको सपना थियो।

‘एपीएफमा करारमा आबद्ध भएँ। घरैमा बस्नु पर्ने। कुनै प्रतियोगिता आउँदा मात्रै जानु पथ्र्यो। फुटबल बुझ्दै जाँदा एउटा सपना थियो एपीएफ क्लबबाट खेल्ने। एपीएफबाट खेल्न पाउँदा अर्को सपना पूरा भए जस्तो लाग्यो’ सजना सुनाउँछिन्। 

मासिक ३ हजार रुपैयाँ पाउने सर्तमा उनी एपीएफ क्लब अनुबन्धित भएकी थिइन्। त्यो बेला ३ हजार पाउँदाको खुसी अहिले लाख थाप्दा पनि नहुने सजनाको भनाई छ। भन्छिन्, ‘सुरुमा मेरो तलब ३ हजार थियो। तीन महिनापछि काठमाडौं आउँदा ९ हजार तलब थाप्दा खुसीको सीमा हुँदैन थियो।’

रहर हैन
सन् २०१० देखि राष्ट्रिय टिमबाट फुटबल करिअर थालेकी सजनाले २०१७ को अन्त्यसम्म फुटबल खेलिन्। २०१७ मा मलेसियासँग भएको दुई वटा मैत्रिपूर्ण खेल सजनाकै कप्तानीमा नेपालले खेलेको थियो। पहिलो खेलमा १-१ गोलको बराबरी खेलेको नेपालले दोस्रो खेल भने ४-१ गोलले हारेको थियो। 

सजनाको लागि त्यो मैत्रिपूर्ण खेल नै राष्ट्रिय टिमबाट अन्तिम बन्यो। हुन त कुन खेलाडीले पो चाहन्छ र देशको लागि नखेलूँ? सजनाको लागि नचाहँदा नचाहँदै परिस्थिति अर्कै बन्यो।

सन् २०१७ डिसेम्बरमै भएको प्रधानसेनापति कपको उपाधि एपीएफलाई आफ्नै कप्तानीमा दिलाइन्। क्लबका लागि उनको यो नै अन्तिम प्रतियोगिता हो। एपीएफमा स्थायी जागिरे भएको चार वर्ष कट्दै थियो। फुटबलबाट बिदा लिन्छु भन्ने सोचमा पुगेकी पनि थिइनन्। तर खेलेरै बाच्ने अबस्था भने थिएन। सिनियर खेलाडीको हालत देखेर उनी तर्सिन्थिन्।

सजना भन्छिन्, ‘विभागमा पनि आबद्ध भएको हुँदा राम्रै थियो। तर विभागकै दिदीहरु दुबई आएको हुँदा मैले पनि विदेश जानुपर्ने कुरा मनमा भने राखेको थिएँ। तर खेल्न नै छोड्छु र हिँड्छु भनेर सोचेको पनि थिइनँ।’

सेन्टर मिडफिल्डर सजनाले खेलेरै केही गर्ने लक्ष्य नबनाएकी भने होइनन्। तर एन्फाले गर्ने खेलाडीको वेवास्ताले उनलाई फुटबलबाट टाढा धकेलिरहेको थियो। कहिले त आफ्नै अन्धकार भविष्य देखेर छटपटाउँथिइन्। कहिले अभ्यासकै अभावमा मुर्मुरिन्थिइन्। 

सफलताको कथा त्यही अन्धकारमा रुमल्लिरहेको थियो। कतै आफ्नो जिन्दगी पनि यसरी नै बित्ने त होइन? यहि प्रश्नको जवाफ खोजीरहिन्। दौडी रहिन्। तर त्यसको जवाफ न उनले एन्फाबाट पाइन् न सरकारबाट।

‘वर्षमा एउटा प्रतियोगिता खेलेर कसरी भविष्य सुनिश्चित गर्न सकिन्छ? त्यो पनि प्रथम पुरस्कार तीन लाख रुपैयाँको हुन्थ्यो। आफ्नै अनिश्चित भविष्य देखेर विरक्त लाग्थ्यो। दुःखी हुन्थेँ’, सजना भावुक हुँदै भन्छिन्।

तर उनलाई फुटबल खेलेकोमा पछुतो भने पटक्कै भएन। फुटबलले नै चिनायो। अझै पनि म उनी गर्वको साथ भन्न्ने गर्छिन्, ‘म नेपाली फुटबलर हुँ।’

सजनालाई अझै पनि फुटबल खेल्न मन छ। तर अब सम्भव नभएको उनी आफै भन्छिन्।सजना भन्छिन्, ‘साफ च्याम्पियनसिपको उपाधि नेपाललाई दिलाउने लक्ष्य थियो। त्यो पूरा गर्न सकिनँ। आउँदो पुस्ताले गोल्ड मेडल जितेको हेर्ने सपना छ।’

लुटिएको हाँसो ल्याउनु थियो
आमाले आफूहरुलाई हुर्काउन कति मेहनत गरेकी छिन्, त्यो सजनाले कहिल्यै भुल्दिनन्। आमाले आफ्नो लागि सारा समय लगाउँदा अब आमाका लागि केही गर्ने समय सजनाको थियो। 

सजनालाई उनको आमाको लुटिएको हाँसो फिर्ता ल्याउनु थियो। सधैँ चिसा हुने आँखा ओभानो पार्नु थियो। उनको वालिङमा बसोबास भएको घर पनि मामा माइजूको। त्यही घर पनि २०७२ सालको भूकम्पले बस्न मिल्ने छाडेन। घरमा रातो स्टिकर टालियो। अर्को आपत थपियो। दुःखीको दिनहरु त्यसै दुःखमा।

सजना भन्छिन्, ‘बाको सम्पति केही थिएन। मैले आमालाई खुसी पार्नु थियो। आमाकै कारण म राष्ट्रिय टिमको कप्तानसम्म बन्न सफल भएँ। फुटबल कि परिवार? भन्ने अवस्थामा पुगेँ। आफ्नो खुसीको लागि त यतिका वर्ष खेलेँ, अब आमाको लागि केही गर्छु भन्ने भयो। त्यसपछि फुटबल छोड्ने निधो गरेँ।’

उनका दाइ भारतीय आर्मी। दिदीले बिहे गरेको पनि निकै लामो समय भइसकेको थियो। तत्काल घर बनाउनु पर्ने अवस्था थियो। तर आर्थिक अभाव। अभावै अभावबीच उनले फुटबल छोडिन्। २०१७ को डिसेम्बरमा उनी फुटबल यात्रालाई बिट मात्रै पैसा कमाउन दुबई लागिन्।

तर उनी दुबईमा पुगेपछि लामो समय तनावमै बिताइन्। सेवा सुविधा राम्रो हुँदा हुँदै पनि उनी छट्पटाइरहनुको एउटै कारण थियो फुटबलबाट बिछोड। फुटबलसँगको बिछोडले सताइ नै रह्यो।

‘दुबईमा आएको एक वर्ष त म फ्रस्टेसनमै थिएँ। फुटबलबाट टाढा हुनुपर्दाको पीडाले सताइरह्यो। खेलका ती पलहरु याद आइरह्यो। यहाँको वातावरणसँग घुलमिल हुन निकै समय लाग्यो। तर विस्तारै सबै सामान्य हुँदै गयो’, सजना सुनाउँछिन्। 

अहिले उनको दुबईमा राम्रो छ। आठ घण्टा काम गर्छिन्। नेपालमा खेलेर वर्षदिनमा पनि एक लाख रुपैयाँ कमाउन मुस्किल थियो। अहिले मासिक रुपमै लाख जति तलब थाप्छिन्। अहिले वालिङ बजारमै दुई तले तीन कोठे घर ठडिएको छ। यो घर बनाउन सजनाको मेहनत ठूलो छ। 

तर अहिले कोरोना महामारीले सजनालाई निकै डर छ। भन्छिन्, ‘दुबईमा पनि लकडाउन भएपछि सबैलाई गाह्रो भएकै हो। तलब त पाइरहेका थियौं तर कोरोनाको डर भने रहिरह्यो। पहिले निकै डर थियो। २-३ महिना ड्युटी थिएन। तर अहिले त स्थिति सामान्य छ। पहिलेको जस्तै ड्युटी छ।’

सजनाको परिवारमा अहिले आर्थिक अवस्था सुधार भएको छ। परिवारमा सहज वातावरण हुँदा आमा खुसी छिन्। कहिलेकाहिँ लक्ष्य र प्राप्तिलाई छाडेर सुखको खोज पनि राम्रै हुने रहेछ। अभावलाई चिर्दाको क्षणले दिने सन्तुष्टी सानो होइन नै। 

अभाव र संकटकै कारण सजना दुबई पुगिन्। त्यो संकट र अभाव फुटबलबाट पूरा नहुने भन्ने थिएन। तर त्यसो होला भन्ने न आश थियो न त त्यसका लागि वातावरण नै। तब न अरु धेरै खेलाडीले जस्तै सजनाले विकल्प देखिनन्। 

*तस्बिरहरु सजनामार्फत नै प्राप्त भएका हुन्।

(विदेशिएका खेलाडीको आवाज समेट्न नेपाल लाइभ स्पोर्टस् ब्यूरोले यो श्रृङ्खला ‘मैदान छाडेपछि’ सुरु गरेको हो। जसमा हरेक हप्ता खेलाडीको बोलिमार्फत उनीहरुको भोगाइ, बाध्यता र रहर प्रस्तुत हुन्छन्।)

श्रृंखलाको अरु अंकहरु -

यो पनि पढ्नुहोस्

खाडी जानु रहर होइनसोमबार, भदौ २२, २०७७

यो पनि पढ्नुहोस्

‘परिवारको अवस्था हेरेँ अनि हिँडे’ सोमबार, साउन २६, २०७७

यो पनि पढ्नुहोस्

जसलाई देशले लुक भन्योसोमबार, भदौ १, २०७७

यो पनि पढ्नुहोस्

जसले देश भुलेका छैनन्सोमबार, भदौ ८, २०७७

यो पनि पढ्नुहोस्

अब फुटबल खेल्दिनँसोमबार, भदौ १५, २०७७

 

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
गाजामा इजरायलको पछिल्लो आक्रमणमा परी ९५ जनाको मृत्यु, सयौँ घाइते मंगलबार, असार १७, २०८२
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा मंगलबार, असार १७, २०८२
जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह मंगलबार, असार १७, २०८२
ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते मंगलबार, असार १७, २०८२
इजरायलसँगको युद्धमा इरानमा कम्तीमा ९३५ जनाको मृत्यु भएको पुष्टी मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
एसइईमा ४ जिपिए ल्याएकी गोमालाई पूर्ण छात्रवृत्ति दिने सांसद थापाको घोषणा सोमबार, असार १६, २०८२
पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको मुद्दा,एक लाख जरिवाना वा पाँच वर्ष कैद सजायको माग सोमबार, असार १६, २०८२
यस्तो छ मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित) सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा शुक्रबार, असार १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्