काठमाडौं– सरकारले नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति गठन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझाको योग्यताबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो ।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन भएको बालुवाटार स्रोतले बताएको छ । उक्त समितिमा बिमा विज्ञ कपिल ओली र एक जना अर्थशास्त्री रहेका छन् ।
सरकारले गत फागुन १२ गते ओझालाई बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उनले अध्यक्ष हुन पेस गरेका कागजातमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।