• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ २५, २०८३ Thu, Sep 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खाडी जानु रहर होइन

64x64
सराेज तामाङ सोमबार, भदौ २२, २०७७  ११:५४
1140x725

काठमाडौं- आफ्नो उर्जावान उमेर खेलमा बिताइसक्दा पनि खेलेर के भयो त? भन्ने प्रश्न गर्नुपर्ने क्षण साह्रै दुःखद छ। सक्दासम्म त खेल्ने, खेल्न छाडेपछि के गर्ने? खेलाडीले यो चिन्ता गरेको लामो समय भयो, तर साथमिल्दो उत्तर पाएका छैनन्। त्यसैले त पलायन हुने खेलाडीहरुको संख्या थपिँदो छ।

खेलाडीका पलायनपछि लुकेका बाध्यता, रहर र भोगाइका कथाहरुमा देशको खेल ब्यवस्थाप्रतिको निराशा धेरै छ। खेल्दा खेल्दै पनि खेलाडीमाथि हुने नराम्रो व्यवहार, खेलाडीका नाममा पदाधिकारीको मोज, खेलमा लागिरहँदा पनि बाँच्न मुस्किल हुने आयस्ता, असुरक्षित भविष्य जस्ता कारण खेल चटक्क छाडेर विदेशिन्छन्।

नेपाली भलिबलमा लामो समय रहेकी खेलाडी निता शाहको अवस्था पनि अरु खेलाडीको भन्दा भिन्न भएन। भविष्यप्रतिको चिन्ताले उसैगरी सताइरह्यो। यसैले त सुखद बिदाइको आश गरिरहँदा पनि खेल जीवनका अन्तिम वर्षहरु सम्हालिन सकिनन्, र विदेशिइन्। 

देशको लागि पदक जित्दा जति खुसी मिल्छ, त्यो भन्दा धेरै पीडा खेलिरहेको खेलाडीलाई खेल्न सक्दैनस् भन्ने नराम्रो व्यवहारबाट हुन्छ। जसले सुधारको अपेक्षा भन्दा बढी अपमानको श्रृङ्खला दोहोरिन्छ। यस्तै अवस्थ भोगिन् निताले पनि।  

नेपाललाई बिच भलिबलमा थुप्रै पदक दिलाएकी उनीसँग भलिबलले दिएको चिनारीसँगै थुप्रै कष्टकर क्षण छ। मैदानबाट कोही जितेर जान्छन् त कोही हारेर। नितासँग जित्दा जित्दै हारेका त्यस्ता पलहरु छन्, जसले भलिबल नै त्याग्न बाध्य बनायो। खेल्दा खेल्दै पनि उमेरमाथिको प्रश्न, उपचारको लागि आर्थिक संकट झेल्दै २४ वर्ष भलिबलमा बिताएकी उनी अन्ततः साग खेलकुदको तयारीमा लागिसक्दा पनि छाडेर दुबई उडिन्। 

निताले विपक्षी टिमसँगको प्रतिस्पर्धामा भन्दा कठिन अवस्था आफ्नै खेललाई बाधक बनिरहेका आफ्नैहरुसँग गरिरहिन्। अभावसँग प्रतिस्पर्धा गरिरहिन्। अन्ततः जित मैदान बाहिर लग्ने गरी भयो। नेपाली खेल क्षेत्र पुनः अर्को खेलाडीको पलायनले पराजित भयो। 

बंगलादेशको समुद्र किनारमा होस् या चीनको। त्यो बालुवामा विदेशी खेलाडीले हानेको सर्टभन्दा गरुङ्गो त पदाधिकारीको रुखो शब्द लाग्थ्यो। खेल्नुको विकल्प खोज्दा खोल्दै, सोच्दा सोच्दै आफैमा हराइरहन्थिन् उनी। विकल्पको खोजीले यसरी पिरोलिरह्यो कि अन्त्यमा मैदान छाडिन्।  

Ncell 2
Ncell 2
nimb
nimb

पटक पटक सपना टुटेपछि
खेल्नु मात्रै ठूलो कुरा होइन रहेछ। खेलेर मात्रै केही हुने पनि होइन रहेछ। जब सपना र उद्देश्य भन्दा त ठूलो आवश्यकता बनिदिन्छ।

निता र कोपिला उप्रेतीको जोडी पोखरामा भएको बिच भलिबल प्रतियोगितामा दोस्रो भयो। सात प्रदेश र तीन विभागीय टिम रहेको यो प्रतियोगिता १३औं दक्षिण एसियाली खेलकुदको छनोटसमेत थियो। प्रतियोगितामा विनिता बुढाथोकी र नेबिकाको जोडी पहिलो भएको थियो। 

साग खेलकुदको बन्द प्रशिक्षण नजिकिँदै थियो। निता पनि साग खेल्छु भनेर लागिरहेकी थिइन्। तर खेल जीवनकै उत्तरार्धतिर पुग्दासमेत उनले आफ्नो भविष्य राम्रो देखिनन्। खेलाडी जीवनमा ढल्किँदै गरेको उमेर, पदाधिकारीको छुच्चो व्यबहारबाट घायल भइसकेकी थिइन्। यसरी कति दिनसम्म थेग्नु अब त भलिबल नै त्याग्छु भन्नेमा पुगिन्। दुबई मै काम गर्दै आइरहेकी चन्द्रकला थापासँगको सल्लाहपछि उनले २०७६ को साउनमा पासपोर्ट पेसिन्।

नभन्दै उनको भिसा आयो। सागको लागि बन्द प्रशिक्षण सुरु हुन १० दिन बाँकी रहँदा उनी दुबई उडिन्। उनी दुबई उडेपछि साग तयारीमा कोपिलाको जोडीमा मनिषा चौधरी भइन्।

दुबईमा रहेकी निता भन्छिन्, ‘जति गरे पनि केही नहुने देखेँ। खेलाडीलाई केही सुविधा छैन। विनिताकै अवस्था हेर्ने हो भने पनि प्रस्ट हुन्छ। संघ वा राज्यले के गरेको छ त? १–२ वर्ष अघि नै छोड्छु भन्ने लागेको थियो। तर साग खेलेर बिदा लिने सोचमा थिएँ। त्यो पनि पूरा भएन।’

दुबई उड्नु दुई दिनअघि मात्रै उनले टिमका साथीहरु र गुरुलाई आफू विदेश जाने सुनाइन्। भदौ ६ गते टिमका साथीहरुसँग सानो तिनो बिदाइ कार्यक्रम राखिन्। त्यो बिदाइको भावुकता अझै नितालाई याद आइरहन्छ। आफ्नो क्लबलाई जानकारी दिए पनि उनलाई डर थियो कतै मलाई रोक्ने त होइन?

‘मैले मेरो पुलिस क्लबलाई जानकारी दिएर नै आएँ। तर डर थियो मेरै पालामा केही एक्सन लिन्छ कि भन्ने। सागको उत्साह थियो। मन मार्ने इच्छा नहुँदा नहुँदै मार्नु पर्ने अवस्था आयो’, निता भन्छिन्।

पुलिसमा स्थायी जागिरे भए पनि खेल्न नसकेपछि अथवा टिमबाहिर रहेपछि खेलाडीले गर्ने भनेको त ड्युटी नै हो। ड्युटी नै गर्नु परे राम्रै पैसा कमाउने लक्ष्यसहित दुबई गएको उनको तर्क छ। अहिले उनी दुबईमा रोयल गार्डमा काम गर्छिन्। कामप्रतिको सम्मान र महिलालाई गर्ने व्यवहार निकै राम्रो भएको उनी सुनाउँछिन्।

उनी आफ्नो भविष्य बनाउन गइन्। के नेपाली भलिबलमा भविष्य नदेखेरै पलायन भएकी हुन् त? आवश्यकता थियो कि रहर? समस्या थियो कि पैसा कमाउने लोभ? खेलाडीमाथि तेर्सिने यिनै प्रश्न हुन्। यसको जवाफमा उनी भन्छिन्- ‘अहिलेसम्म भलिबल खेलाडीको इन्सुरेन्स छैन। घाइते हुँदा लाखौं खर्च हुन्छ। त्यो पैसा हामीसँग छैन। समस्याले च्यापेपछि विदेशिनुको विकल्प नहुँदो रहेछ। यहाँ आवश्यता पूरा गर्ने पैसा भएको नेपाली खेलाडी को छ र? आर्थिक अवस्था पनि राम्रै होस् भन्ने सोच सबैको हुन्छ नै।’

निता मात्रै हैन अहिलेसम्म विदेशिएका सबै खेलाडीको एउटै समस्या हो, आर्थिक अभाव। यसकै चपेटामा परेका धेरै प्रतिभावान खेलाडी खाडी मूलुकमा श्रम बेच्न बाध्य छन्।

‘आर्थिक अवस्था राम्रो होस्। कसैमाथि हात फैल्याउन नपरोस् भनेर लागि परिरहेको छु। बुढेसकालको साहाराको लागि मात्रै म आएकी हुँ’, निता भन्छिन्, ‘ठूलो देशहरुमा जानेहरुको लागि रहर होला तर हामी खाडी मूलुकमा आउनेहरुको लागि पीडा नै हुन्छ। खाडी मूलुक कोही रहरले आउँदैनन्। बाध्यता, समस्या र संकटकै कारण आएका हौं।’

खेल संस्कार बसेन
खेलाडीको मुख्य समस्या भनेको नै चोट हो। खेलिञ्जेल सरकार र संघले गुनगान गर्छ। तर घाइते हुँदा कसैले हेर्दैन। त्यतिकै छोडिदिन्छ। घाइते भएकै कारण निता पनि विदेशिइन्। यसको हेक्का न संघलाई छ न राज्यलाई। अहिले नेपाल भलिबल संघको शक्तिमा को आउने भन्ने लडाइँमै छ।

खुट्टामा चोट लागेपछि बिच भलिलबलमा लागेकी निता भन्छिन्, ‘एथ्लेटिक्सकी केसरी चौधरी जस्ता कीर्तिमानी खेलाडी त विदेशिदा राज्यले केही गरेन। अब अरुलाई के हेर्ला र? भलिबलमै केही गर्ने योजना थियो। तर केही गर्न सक्ने वातावरण नै थिएन। त्यसैले छोड्ने अवस्थामै पुगेँ।’

खेलाडी विदेशिदा के कारणले गए? भनेर न संघले खोज्ने गरेको छ। न राष्ट्र नै लागेको छ। वर्षौंदेखिको यो अनुत्तरित प्रश्न हो। सबै आफ्नो दुनो सोझ्याउने पक्षमै छन्। निता कै शब्दमा भन्दा केशरी चौधरी जस्ता कीर्तिमानी खेलाडी विदेशिदा कसले प्रश्न गरेका छन्? मेडल ल्याउँदा खेलाडीलाई पुरस्कृत गर्ने बाहेक अन्य केही कुरामा ध्यान दिएको छैन। खेलाडीको सेवा सुविधाको कुरै नगरौं। सामान्य बीमा समेत नहुँदा प्रत्येक वर्ष धेरै खेलाडीहरु चोट लागेपछि चरम आर्थिक संकटमै गुज्रिने गरेका छन्।

एउटा प्रतियोगितामा कीर्तिमान बनाएका खेलाडी अर्को वर्ष देखिँदैन। खेलाडीले खेल्ने हो। संघ अथवा राज्यले खेल्ने वातावरण मात्रै बनाउने होइन। एउटा खेलाडीको भविष्य सुनिश्चित गर्ने जिम्मेवारी पनि हो। अहिलेसम्म भलिबलमा खेलमा त्यस्तो संस्कार बसेको छैन। व्यावसायिकता कुरै नगरौं। संघ पैसा छैन भनेर सरकारको मुख ताक्छ। सरकार पन्छिन खोज्छ, अनि राम्रा खेलाडी नविदेशिएर के गरोस् त?

त्यो जित, त्यो मेडल
अछामबाटै भलिबल यात्रा तय गरेकी निताले २०५२ देखि २०७६ सम्म खेलिन्। विरेन्द्र शिल्डबाट यात्रा थालेकी उनले राष्ट्रिय स्तरका धेरै प्रतियोगिताको उपाधि जितेकी छिन्।

२०५७ सालबाट पुलिसमा स्थायी जागिरे बनेकी निता र चुडा खड्काको जोडीले २०६० सालमा बंगलादेशमा भएको अन्तर्राष्ट्रिय आमन्त्रण बिच भलिबल कास्य पदक जितेको थियो।

ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हात पार्दाको क्षण उनमा अहिले पनि ताजै छ। २०६२ मा चीनमा भएको तेस्रो एसियन बिच भलिबलमा कुबेतमाथि निकालेको जित होस् या २०६६ सालमा बंगलादेशमा भारतलाई पराजित गर्दा त्यो दिनहरु निताको लागि करिअरकै नबिर्सिने यादहरु हुन्। उनी भन्छिन्, ‘बंगलादेशमा भएको एसियन बिच भलिबल प्रतियोगिता मेरो लागि करिअरकै उत्कृष्ट प्रतियोगिता हो। जहाँ हामीले भारतलाई पराजित गर्दै कास्य पदक जितेका थियौं।’

२०६७ सालमा बंगलादेशमा भएको अन्तर्राष्ट्रिय बिच भलिबल प्रतियोगिता र २०६८ मा श्रीलंकामा भएको साउथ एसियन बिच भलिबलमा पनि निता र चुडाको जोडीले कास्य पदक जितेको इतिहास छ।

सबै खेलाडीले निश्चित अवधि खेल्ने हो। कुनै न कुनै दिन बिदा हुनु नै पर्छ। तर जुनसुकै खेलाडीले आफ्नो सुखद बिदाइको अपेक्षा गरेको हुन्छ। तर लेजेन्ड खेलाडी जसले देशलाई केही दिएका छन्। उनीहरुलाई गलत्याएर निकाल्दा दुःख त लाग्छ नै।

‘राष्ट्रका लागि पदक दिलाउँदा गौरव त लाग्ने भइहाल्यो। भलिबल किन खेले? पश्चताप छैन। गौरव नै लाग्छ। तर पहिलेको जस्तो तेरो खेल भएन भन्दै गलत्याएर निकाल्ने गरेको छ, त्यसमा भने दुःख लाग्छ’, उनी थप्छिन्।

निताले भलिबलमै केही गर्छु भनेर लागि नपरेकी पनि होइनन्। भलिबलमै फरक भूमिकामा देखिनको लागि उनले प्रशिक्षकमा लेभल वान र टु कोर्ष पूरा गरिन्। सिकाउँदै आइरहेकी पनि थिइन्।

उषा भण्डारी जस्ता युवा खेलाडीको जग निताले नै बसाली दिइन्। ‘नयाँ आएका खेलाडीहरुलाई अभ्यास पनि गराएको थिएँ। मैले जानेका कुराहरु सिकाइरहेका हुन्थेँ। भलिबलमै प्रशिक्षकको भूमिकामा रहिरहन्छु भन्ने सोच थियो’, उनी प्रश्न गर्दै भन्छिन्, ‘नयाँ पुस्ताको हात थाम्ने लक्ष्यमा थिएँ। तर त्यो लक्ष्य किन तोडेँ? यसका कारणहरु के हुन्? यसको जवाफ संघ र राज्यले दिनुपर्छ।’

सरस्वतीहरुको खोजी हुनुपर्छ
भलिबल खेल नेपालमा सर्वाधिक खेलिने खेल हो। जुन सुकै स्थानमा जुनसुकै समयमा खेलिँदै आइरहेको भलिबल अहिले राष्ट्रिय खेल भएको छ। तर उपलब्धि भनेको राष्ट्रिय खेल हुनु बाहेक अरु केही छैन।

निता भन्छिन्, ‘जुम्लाको खेलाडी खेल्न चाहन्छ भने संघले तेरो त प्लेन भाडा नै महंगो हुन्छ, नखेल भन्छ। यस्तो छ अहिलेको अवस्था। भलिबल संघको एउटा उद्देश्य छैन। जसो तसो काम चलाउ छ।’

खेलाडी सबैको उस्तै अवस्था हुँदैन। अधिकांश खेलाडीको आर्थिक अवस्था कहाली लाग्दो नै छ। बिहान घाँस काटेर, धान रोपेर, मेलापात भ्याएर बचेको समयमा मात्रै खेल खेल्ने नेपालको परिपाटी छ। यस्तो अवस्थालाई चिर्दै सधैंभरी खेल मै व्यस्त हुने वातावरण बनाउन संघको के छ उद्देश्य अनि सरकारको नीति? 

संघमाथि निताले उठाएको प्रश्नले सबैलाई झकझक्याउँछ नै। निता प्रश्न गर्छिन्, ‘सरस्वती चौधरी जस्ता अन्य सरस्वतीहरु पनि कैलालीमा छन् भनेर कसैले खोजेको छ कि छैन? खोज्नु पर्यो नि। खेलाडीको खोजी संघले गरेको छ?’

(विदेशिएका खेलाडीको आवाज समेट्न नेपाल लाइभ स्पोर्टस् ब्यूरोले यो श्रृङ्खला ‘मैदान छाडेपछि’ सुरु गरेको हो। जसमा हरेक हप्ता खेलाडीको बोलिमार्फत उनीहरुको भोगाइ, बाध्यता र रहर प्रस्तुत हुन्छन्।)

श्रृंखलाको अरु अंकहरु -  

यो पनि पढ्नुहोस्

‘परिवारको अवस्था हेरेँ अनि हिँडे’ सोमबार, साउन २६, २०७७

यो पनि पढ्नुहोस्

जसलाई देशले लुक भन्योसोमबार, भदौ १, २०७७

यो पनि पढ्नुहोस्

जसले देश भुलेका छैनन्सोमबार, भदौ ८, २०७७

यो पनि पढ्नुहोस्

अब फुटबल खेल्दिनँसोमबार, भदौ १५, २०७७

 

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  ११:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय बिहीबार, भदौ २५, २०८३
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ बिहीबार, भदौ २५, २०८३
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान बिहीबार, भदौ २५, २०८३
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान बिहीबार, भदौ २५, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्