काठमाडौं– सर्वोच्च अदालतले प्रतिनिधि भसा विघटनविरुद्धका रिट दर्ता गरेको छ। रिटमाथि सुनुवाइका लागि कात्तिक १२ गते पेसी तोकिएको छ।
रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुने छ। सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटन खारेजीको माग गर्दै मंगलबार सर्वोच्चमा १० वटा रिट निवेदन गएका थिए।
बुधबारसम्म आइपुग्दा १३ वटा रिट अदालतमा पुगेका भए पनि १० वटा मात्रै दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अजुर्नप्रसाद बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।