• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २२, २०८३ Fri, Jun 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अब फुटबल खेल्दिनँ

64x64
सराेज तामाङ सोमबार, भदौ १५, २०७७  ११:४५
1140x725

काठमाडौं- संघर्ष र प्राप्तीका कथाहरु धेरै लेखिएका छन्। मुस्किलमा उठेका हातहरु सुन्दर लाग्छन् नै। दुःखमा पनि बढिरहेका पाइलाका तारिफ हुन्छन् नै। तर रोकिनुपरेका समयको वेवास्ता किन हुन्छ? छाडेर जानेहरु किन कहिल्यै राम्रो लागेनन्? चाहे बाध्यता जेसुकै होओस्।

देशमा रहँदा उनीहरु दुःख बोल्दैनन्। बोलि दबाइने समाजमा नबोलिएका कुराहरु झनै छोपिन्छन्। यसैले दबिएका ती उकुसमुकुस पलायनसँगै बाटो खोज्छन्। निस्कन्छन्। अहिले फुटबल खेलाडी हेमन गुरुङलाई ठीक त्यस्तै भइरहेको छ। ती कठीन दिनहरुले झस्काइरहन्छ। 

दुःखपछि सुख, रातपछि दिन आउँछ भन्नु उनका लागि काल्पनिक बिम्बबाहेक केही भएन। सुखको दिनका लागि सयौँ दुःखका रातहरु कटे तर उज्यालो देखिएन। प्रश्न बाँकी थियो त दुःखको पर्वाह नगरी राष्ट्रिय खेलाडीको गर्व गरिरहने कि सुखद भविष्य रोज्ने? उनले मुस्किलले दोस्रो विकल्प रोजे र देश छाडे। 

खेल्दाखेल्दै मैदान छाड्नुको दुःख खेल्नेहरुलाई नै थाहा छ। बाहिर देखिएकोे उचाइले भित्रभित्र गहिराइमा पार्दै लगेपछि विकल्पको खोजि स्वभाविक बनिदिन्छ। जहाँ बाध्यता बनिदिन्छ विदेशिनु। प्रश्न उठ्छ, यहाँ नै यत्तिका संघर्षमा बाँचिरहेछन् त केही किन देश नै छाड्छन्? विकल्प देशमा नै पनि त हुन्छ। 

यसको उत्तर कसैसँग पनि छैन। फुटबल मैदान छाडेर अस्ट्रेलिया पुगेका हेमनसँग पनि। तर उनलाई यत्ति थाहा छ, हामी अगाडि देखिएका केही अनुहारका आधारमा पछाडि भएकाको अवस्था बुझ्न सक्दैनौँ। नेपाली फुटबलले संघर्षबाट आफै उठेका किरण चेम्जोङ र रोहित चन्द देखाएर हेमनहरुको वेवास्ता गरिरहनु मिल्दैन। 

हेमन अहिले अस्ट्रेलियामा पढाइ अगाडि बढाउने प्रयासमा छन्। केही समयको कक्षा र बाँकी साथीहरुसँग फुटबलमा नै छन् उनी। कोरोना माहामारीका कारण कठीन बनेको समयमा काम पाएका छैनन्। ‘केही गर्ने भनेको कोरोना भाइरसको कारण मिलेको छैन। विकास गौचन प्रशिक्षक र हिमालयन शेर्पा क्लबमा खेल्दाका साथीहरुसँग अहिले बसिरहेको छु’ उनले सुनाए।

खेल्दा खेल्दै छाडे
हेमन अस्ट्रेलिया गएको आठ महिनाजस्तो भयो। सहिद स्मारक ए डिभिजन लिग खेल्दा खेल्दै छाडेर उनी विदेशिए। हेमन नेपाली समुदायले गर्ने कार्यक्रममा सहभागिता हुन अस्ट्रेलिया गएका थिए। त्यसपछि नेपाल फर्किएनन्। उनले पहिल्यै भनिसकेका थिए, अब म फुटबल खेल्न नेपाल फर्किंदिनँ।

nimb
nimb
Ncell 2
Ncell 2

हेमनले २०७६ सालमा भएको ए डिभिजन लिगमा मछिन्द्र क्लबबाट ब्रिगेड ब्वाइज क्लबविरुद्धको पहिलो खेल मात्रै खेले। त्यसपछि मैदानमा देखिएनन्। न त उनको खोजि नै भयो। हेमन भन्छन्- ‘को कहाँ गयो? के गर्दै छ? मर्यो कि बाँच्यो? एन्फालाई मतलब नै हुँदैन। खेलाडी बाँच्ने आधार नै छैन। त्यसैले छाडे।’

हेमनलाई रिस पनि छ, उत्तिकै पीडा पनि। सरकार र एन्फाले खेलाडीको भविष्य नहेरेकोमा उनलाई रिस छ। आफूले फुटबल छोड्दाको पीडाले पनि उत्तिकै सताउँछ। खेलिरहेका खेलाडीलाई कसरी बाँच्ने भन्ने चिन्ताले सताउँछ भने अनेक सोच आइनै हाल्छन्। 

सरकार फेरियो। एन्फा फेरियो। तर खेलाडीको अवस्था फेरिएन। समस्या थपिँदै जाँदा कति खेलाडीले बीच बाटोबाटै फुटबलबाट पाइला मोडेका छन्, कतिले पछुताउँदै छाडेका छन्। फुटबलमा जिन्दगी बिताइसकेकाको पनि प्रश्न हुन्छ, आखिर के भयो त? अहिले पनि देशलाई स्वर्ण पदक दिलाएका खेलाडीहरु देशमा कुटो कोदालोदेखि विदेशमा श्रम बेचिरहेका छन्। 

फुटबलमा केही नहुने देखेरै धेरै खेलाडीहरु अन्तै आफ्नो भविष्य खोज्दै छन्। ती मध्येका एक हुन् हेमन। ‘२-३ वर्ष अगाडि नै खेलेर केही हुँदैन भन्ने लागेको थियो। फुटबलबाहेक अरु विकल्प हेर्दै थिएँ। जे गरे पनि एन्फालाई ज्यु-ज्यु गरेर बस्नु पर्छ’, हेमन थप्छन्, ‘जिन्दगीभर फुटबल खेल्यो खेलाडीले पाउँछ चाहिँ के? नेपालमा खेलाडीले जति गरे पनि हुने केही होइन। बाँच्ने आधार नै छैन। खानु बस्नु नै धौ धौ हुन्छ।’

यहाँ अन्धकार छ
नेपाली खेलाडीका लागि उज्यालोभन्दा बढी अँध्यारोले सताइरहेको छ। देखिने उज्यालोमा पनि छोपिएको अन्धकार नै अघि आउँछ। 

एन्फामा शक्ति फेरियो, पदाधिकारी फेरिए। तर खेलाडीलाई कहिल्यै अविभावकत्व महसुस भएन। हेमनकै कुरा सुन्ने हो भने त- बोलूँ, बोल्न पाइँदैन। आलोचना गरे टिम बाहिर। तब किन गर्नु प्रतिकार? बरु ज्यु ज्यु गरेर टिममा परिरह्यो। 

देशमै भएका धेरै खेलाडी पनि एन्फाप्रति सन्तुष्ट छ्रैनन्। तर बोल्न सक्दैनन्। बोल्नु खेल गुमाउनु भएपछि बोल्नु पनि पो किन? 

‘खेलाडीको भविष्य सुनिश्चित कहिल्यै छैन। किरण र रोहित दाइको उदाहरण दिएर मात्रै हुँदैन। राष्ट्रिय टिमबाट खेल्ने सबै खेलाडीको भविष्य अन्धकारमा धकेलिदिएको छ’, विदेश पुगेपछि हेमन खुलेर बोले। 

एन्फाप्रति उनको कुनै अपेक्षा छैन। पहिलेदेखि नै एउटै ताल भएपछि एन्फामा आशा राख्नु बेकार भएको उनको तर्क छ। ‘अझै म फुटबलमा लागिरहेको भए ४-५ वर्ष खेल्थेँ होला। तर त्यसपछि गर्ने के? म अझै खेलिरहेको भए खेलाडी जीवनपछि खाडी मुलुक जाने स्थिति आँउथ्यो। बेलैमा सोचेछु जस्तो लाग्छ’ उनले भने। 

लामो समय राष्ट्रिय टिमबाट खेलिसकेका एक खेलाडीलाई नेतृत्वविरुद्ध यतिका वितृष्णा पैदा हुनु पछाडिको कारण के? वर्तमानमा भोगेको वेवास्ता, असुरक्षा र भविष्यप्रतिको डरबाहेक अरु के होला र। 

राष्ट्रिय टिममा रहँदा एन्फाले पुरुष खेलाडीलाई मासिक १५ हजार रुपैयाँ दिन्छ। क्लबले लिग अथवा मोफसलको प्रतियोगिता हुँदा टिममा अनुबन्धित गर्छ। खेलाडीअनुसार त्यसको रकम फरक छ। अरु समय फुटबल खेलाडी त्यतिकै बस्छन्। एक त आर्थिक संकटमा परेको नेपाली क्लबले खेलाडीलाई न्युन पारिश्रमिक दिएको छ। त्यो पनि समयमै पाउँदैनन्। आफ्नो खर्च धान्न खेलाडीलाई मुस्किल पर्छ। 

‘अनिल (गुरुङ) दाइले देशको लागि कति खेल्नुभयो? खोइ त व्यवस्था? विराज दाइको त्यस्तै छ। उहाँले आफ्नै कप्तानीमा देशलाई तीन वटा उपाधि दिलाउनु भयो तर एन्फा खोइ त?’, एन्फालाई प्रश्न गर्दै हेमन भन्छन्, ‘यस्तो प्रवृत्ति विकास भएको छ कि, एन्फामा धाइरहनु पर्ने। गुड मर्निङ सर.. गुड मर्निङ सर भन्दै क्रिपावाद गरिरहनु पर्ने अनि मात्रै यसो अलिअलि पाउने हो। जो एन्फाविरुद्ध जान्छ त्यसको जिन्दगी गयो खेर।’

नेपाली फुटबलमा जोडिएको हेमनसँग त्यस्ता थुपै्र यादहरु छन्। जसले उत्साह भन्दा बढी निराश बनाउँछ। धेरै फुटबल खेलाडी दिक्दार छन्। आफ्नै दुनो सोझ्याउने एन्फा पदाधिकारीको प्रवृत्तिबाट हैरान भएका छन्। दसैँमा घर जाने बेलामा पैसा नभएकोदेखि एन्फाले दिएको कहिल्यै पूरा नहुने आश्वासनसम्म सुनाए हेमनले।

‘नेपालमा भएका खेलाडीले बोल्न सक्दैनन्। बोल्नै दिँदैनन्। सबै आफ्नै दुनो सोझाउन मात्र एन्फामा आउँछन्। खेलाडीहरु दिनदिनै मरेको कसैले देख्दैन। एक हजार देखि १५ सय भन्छ एक दिनको भत्ता। तर दुई-तीन महिनापछि आउँछ त्यो पनि १० हजार मात्र, बोल्यो कि पोल्यो।’

त्यो क्षण सम्झिँदा खेलौं लाग्छ
हेमन होचा कदका छरिता खेलाडी हुन्। करिब पाँच वर्ष राष्ट्रिय फुटबल टिमको मिडफिल्डरको रुपमा मैदानमा देखिएका हेमन अब सायदै उसैगरी देखिने छन्। यसपछिको कारण कसले खोजेको छ? राष्ट्रिय टिमबाट खेलेका फुटबलरहरु कहाँ के गर्दै छन्? 

२६ वर्षका हेमनले सन् २०१५ मा बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा राष्ट्रिय टिम डेब्यु गरे। २०१५ मै भारतमा हुने साफ च्याम्पियनसिपको लागि तयारी स्वरुप नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेदेखि पाँच वर्ष हेमन टिममा रहिरहे। उनले राष्ट्रिय टिमबाट अन्तिम खेल २०१९ मा मलेसियन क्लबविरुद्ध खेलेका थिए। सायद उनको यो नै अब अन्तिम खेल हो।

हेमनले नेपाली फुटबल टिममा डेब्यु गरेपछि तीन ठूला उपाधि नेपालले जित्यो। ऐतिहासिक सफलता पायो। नेपाललाई ऐतिहासिक सफलता दिलाउन हेमनको पनि मुख्य भूमिका थियो। बंगबन्धु गोल्डकप, १२औं साग खेलकुद प्रतियोगिताको फुटबलमा स्वर्ण र एएफसी सोलिडारिटी कपको उपाधि नेपालले जित्यो।

लगातारको जितले टिमका सबै खेलाडी हिरो बने। र्याली निस्क्यो। खेलाडीको जीवन कायापलट हुने अनुमान भए। तर अहिले त्यही खेलाडीले फुटबललाई छोडेर अर्कै पेसामा भविष्य खोजिरहेको छ। त्यो पनि समुद्र पारीको देशमा।

नेपाललाई तीन ठूला उपाधि दिलाएको स्मरण गर्दै हेमन भन्छन्, ‘त्यो क्षण सम्झिँदा खेलौँ झैँ लाग्छ। तर सरकार, एन्फा, पदाधिकारी र प्रशिक्षकको ताल देख्दा फुटबल छुन पनि मन लाग्दैन।’

आफ्नैप्रति अविश्वास
नेपालमा जो प्रशिक्षक टिकिरहे। उनीहरु कहिल्यै अब्बल भएनन्। जो केही गर्न भनेर आए उनीहरुलाई एन्फाले टिक्न दिएन। एन्फाले नेपाली फुटबलको विकास गर्न राम्रो प्रशिक्षक ल्याउन सकेको छैन। नेपालमा आएका प्रशिक्षकको मानसिकता नै कम गोल खाएर हार्ने भएको हेमनको दाबी छ।

‘हाम्रोमा प्रशिक्षकले तल्लो स्तरको मानसिकता बनाएको हुन्छ। रोक्ने, रोक्ने र रोक्ने नै हो हाम्रो रणनीति। कम गोल खाएर हार्ने लक्ष्य हुन्छ। यस्तो पनि हुन्छ?’, हेमन प्रश्न गर्दै थप्छन्, ‘खेल जित्नलाई खेलिने हो। सधैँ बराबरीको सोच कहाँ हुन्छ? चाहे त्यो बलियो टिम होस् या कमजोर जित्ने सोच पो हुनुपर्छ। राम्रो प्रशिक्षक नै छैन। स्तरीय प्रशिक्षक एन्फाले रुचाउँदैन। अनि कहाँबाट हुनु फुटबलको प्रगति।’

त्यसो त, हेमन अहिलेका प्रशिक्षक योहान कालिनकै प्रशिक्षण कालमा राष्ट्रिय टिमबाट बाहिरिए। यसैले पनि हुन सक्छ, प्रशिक्षकले स्तरीय प्रशिक्षण नदिएको उनको आरोप छ। जुधेर खेल्न लगाउने स्वभावको प्रशिक्षक कालिन भएको उनको ठम्याई छ। ‘प्रशिक्षक कालिनका कारण पनि मैले फुटबल छाडेँ। खेलाडीको खेलअनुसार व्यवहार भएन। सुरुमा नराम्रो लाग्थ्यो। तर फुटबल छाडेर ठिक गरेछु भन्ने भएको छ। प्रशिक्षकको कारणले गर्दा मैले आफ्नो भविष्य हेर्न पाएँ’ उनले भने। 

त्यसो भए नेपालमा कस्तो प्रशिक्षक चाहिन्छ त? भन्ने प्रश्नमा हेमनको प्रतिक्रिया छ, ‘विदेशबाट ल्याइएका प्रशिक्षकमा जति ज्ञान भएका प्रशिक्षक नेपालमा पनि हुुनुहुन्छ। तर हामीलाई त सेतो छाला नै चाहिन्छ नि।’

अब सायदै खेल्छु
आफ्नो भविष्य नै फुटबलमा देखेका खेलाडि, जो फुटबल खेल्न मरिहत्ते गर्छन्, उसले अब फुटबलमा फर्किन्न भन्दा कति ठूलो हिम्मत र साहस बटुलेको होला। यी शब्दहरु मुखबाट निकाल्न कति बल परेको हुँदो हो। अनि कति पीडा पनि।

विरक्तिएर अस्ट्रेलियामा भविष्य खोज्दै गरेका हेमनको यस्तै दुःखलाग्दो सन्देश छ अनि कठोर निर्णय पनि। भन्छन्, ‘फुटबलमा फर्किन्छु भन्ने सोच छैन। मलाई आफ्नो भविष्य बनाउनु छ। देशको लागि खेल्दा खेल्दै भविष्य बिगारेँ। अब सपार्नेमा छु।’

अब फुटबल खेल्दिनँ भनिरहँदा हेमन भावुक सुनिए। स्तब्ध पनि। तर उनले भोगाइ लुकाएनन्। जे वास्तविक लाग्यो त्यही भने। उनले आफ्नो भविष्यको चिन्ता मात्रै पोखेनन्, नेपाली खेलाडीको भविष्य नै नभएको पनि सम्झिए। ‘नेपाली खेलाडीको भविष्य अन्धकार छ। यसो भनिरहँदा दुःख लाग्छ। यतिका वर्ष फुटबल खेलेँ। माया त लाग्छ। विगतका दिनहरुको याद आइरहन्छ। तर भविष्य नै नभएर अर्कै बाटो रोज्नु पर्यो।’

मध्यम वर्गीय परिवारमा जन्मिएका हेमनलाई दुई-तीन वर्ष अघिदेखि नै बाबुआमाले फुटबल छोड्न कर गरिरहेका थिए। लामो समयसम्म केही नहुने देखेपछि छोरालाई यस्तो भन्नु अस्वभाविक पनि होइन होला। आमाबाबुको चिन्ताले हेमनलाई पनि केही फरक सोच्न बाध्य पारिरह्यो। 

हेमन भन्छन्, ‘धेरै आर्थिक समस्या पथ्र्यो। मेरो मात्रै हैन। प्राय सबै खेलाडीको। आवश्यकता र चाहानालाई कुल्चिएर बस्नु पर्ने बाध्यता थियो। अन्तिममा केही सीप नलागेपछि फुटबल छाडेँ अहिले दुःखी छैन।’ 

(विदेशिएका खेलाडीको आवाज समेट्न नेपाल लाइभ स्पोर्टस् ब्यूरोले यो श्रृङ्खला ‘मैदान छाडेपछि’ सुरु गरेको हो। जसमा हरेक हप्ता खेलाडीको बोलिमार्फत उनीहरुको भोगाइ, बाध्यता र रहर प्रस्तुत हुन्छन्।)

पहिलो अंक -  

यो पनि पढ्नुहोस्

‘परिवारको अवस्था हेरेँ अनि हिँडे’ सोमबार, साउन २६, २०७७

दोस्रो अंक -  

यो पनि पढ्नुहोस्

जसलाई देशले लुक भन्योसोमबार, भदौ १, २०७७

तेस्रो अंक - 

यो पनि पढ्नुहोस्

जसले देश भुलेका छैनन्सोमबार, भदौ ८, २०७७

 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
धवलशमशेर र दुर्गा प्रसाईंको ११बुँदे सम्झाैता पत्रमा के छ ? शुक्रबार, जेठ २२, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न समिति गठन शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि शुक्रबार, जेठ २२, २०८३
कुशलको शतक र आरिफको अर्धशतकमा नेपालले दियो मलेसियालाई २७६ रनको विशाल लक्ष्य बिहीबार, जेठ २१, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
एक सातापछि जीवितै भेटिएका शेर्पालाई काठमाडौं ल्याइयो बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्