• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जसलाई देशले लुक भन्यो

64x64
सराेज तामाङ सोमबार, भदौ १, २०७७  ०८:३३
1140x725

काठमाडौं- त्यो देश छाडेर भाग्यो रे! को हल्लासँगै देखिन थाल्छ- देशमाथिको गद्दारीका आरोप र कसरी देशभक्त हुने भन्ने लामा पाठ। तर त्यसअघि देशले नागरिकमाथि गरेको गद्दारीका लामा श्रृङ्खला भने बर्षौंदेखि ओझेलमा छन्। 

कोहि किन भागोस्? किन छाड्छ देश? देशले दिएको दुःख सहेर वर्षौ जोतिइरहेकाहरु एक दिन एक्कासी किन हिँडिदिन्छन्? देशमै रहेका कतिलाई मन होला देशमै रहिरहन? यसका उत्तरमा आउने गहिरा पीडा पलायन भएका खेलाडीसँग पनि मिल्छन्। 

देशका लागि खेल्दाखेल्दै चोट बोकेका एक खेलाडीको लाखौँ लाग्ने उपचारमा १० हजार रुपैयाँ दिएर कसरी पन्छाउन मिल्छ? गरिब देश हो कि संयन्त्र? पैसा नभएको कि आवश्यकता यकिन नभएको? खेल्न सक्दासम्म देशको गहना हुने खेलाडी खेल्न नसक्दा के? 

सबैलाई थाहा भएको तर पनि कहिल्यै उत्तर नआउने यस्ता प्रश्नहरु निकै छन्। जहाँ राष्ट्रवाद जोडिन्छ त्यहाँ प्रश्नहरु दबाइने हाम्रो हुर्काइ नै हो। जसरी जुडो खेलाडी रमेश मगरको मनमा दबिएका छन् सयौँ प्रश्नहरु। 

२०७६ साल बैशाखको पहिलो दिन नै हो, नेपाल जुडो संघमा खैलामैला मच्चिरहेको थियो। हंगेरीमा प्रशिक्षणको लागि गएका जुडो खेलाडी रमेश मगर सम्पर्कविहीन भए। अन्तर्राष्ट्रिय जुडो महासंघले पनि हंगेरी नपुगेको भन्ने जानकारी दिएपछि जुडो संघले निष्कर्ष निकाल्यो-रमेश भाग्यो। 

हल्लामार्फत आइरहेका सूचनाहरु खबर बनेर आउन थाले। समाचारले जुडोसम्बद्ध मात्रै होइन सबै खेलाडी स्तब्ध बने। प्रशिक्षणका लागि हंगेरी उडेका रमेश कसरी बीच बाटोबाटै पलायन भए? प्रश्न जुडो संघलाई पनि तेर्सियो। 

अन्य खेलाडी भन्दै थिए- होइन होला। होइन भने कहाँ गए त रमेश? तर्क वितर्कहरु भए। यकिन नहुँदा कौतुहलताले सबैलाई पिरोल्न थाल्यो। जुडो संघले अनुसन्धान गरेको भन्दै भन्यो- रमेश बीच बाटोबाटै पोर्चुगल पलायन भए। कुनै पनि जुडोको गतिविधिमा संलग्न हुन नपाउने गरी रमेशलाई १० वर्षको प्रतिबन्ध लाग्यो। 

nimb
nimb
Ncell 2
Ncell 2

अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता रमेश अनुशासित र कुशल खेलाडीका रुपमा चिनिन्थे। चिन्नेहरु उनलाई ज्ञानी खेलाडी मान्छन्। संघले पनि उनीमाथि सधैँ विश्वास गर्थ्यो। खेलमा लगनशीलता उनको पहिचान बनेको थियो। तर पनि रमेश भागे। 

भागेपछि रमेशमाथि आरोप लागे। अनेक टिकाटिप्पणी भइरहे। देशको बदनाम गराएकोदेखि अपराधीको संज्ञासमेत दिइयो। तर रमेश किन भागे भन्ने प्रश्न देखिएको जति सरल छैन। यसमा देशको खेल जगत र त्यसको सञ्चालनको प्रक्रिया जोडिन्छ। खेलाडीलाई भनिने र दिइने प्राथमिकताका फरक छाया देखिन्छ। 
रमेश भन्छन्- ‘केही नहुने देखेपछि अन्तिम विकल्पको रुपमा म भागेँ।’

कष्टकर खेलाडी दैनिकीमा घोटिइरहन रमेशलाई भविष्यको सोचले दिएन। सयौँ पटक सिरानी भिजे। हजारौँ पटक सोच्दा सोच्दै आफैमा हराए। आँखा अघि अँध्यारो छाइरह्यो। खेलकुदमा लागेकोमा गौरवभन्दा बढी दिग्दारी हुन्थ्यो। 

रमेश अहिले पोर्चुगलमा छन्। काम गर्दै छन्। त्यहाँ अस्थायी बसोबासको अनुमति (टिआर) लिने प्रक्रियामा छन्। ‘काम गरेको पैसाले खान बस्न ठीक हुन्छ। पोर्चुगलमा पैसा धेरै हुँदैन त्यो मलाई राम्रोसँग थाहा थियो। तर यहाँ आएपछि परिवारको लागि राम्रो हुने भएको हुँदा मैले दुःख गरिरहेको छु। टिआर लिएपछि यहाँ परिवार ल्याउन मिल्छ’ रमेशले सुनाए। 

अहिले उनी ‘एब्रा कन्स्ट्रक्सन’मा काम गरिरहेका छन्। कामको चाप निकै छ। तर परिवारको भविष्य सुधार्न गरिरहेको मेहनतले आउने समय सम्झिएर रमेश खुसी नै छन्।

अनि जुडो?
सानोदेखि बसेको जुडोको माया चटक्क त कसरी छाड्नु? पलायनपछिका दिनहरु जुडोको यादले खुब सताइए। त्यसैले पोर्चुगलमा पनि उनले जुडो अभ्यास गर्न थाले। रमेश नेपालको ब्यवस्था र खेलकुद सञ्चालकबाट भागेका थिए, जुडोबाट होइन। 

‘बच्चैबाट सिकेर आएको आफ्नो खेललाई कसले सम्झिँदैन होला र! याद आइरहन्छ। तर याद आएर मात्रै नहुने रहेछ यहाँ। परिस्थितिले फरक अवस्था सिर्जना गरेपछि के नै पो हुन्छ र! मेरो खेल यात्रा निकै सम्झिन्छु’, रमेश भावुक सुनिए। 

अब फेरि रिङमा आउने उनको बाचा छ। १०-१५ वर्षपछि नेपाल आएर जुडो खेललाई व्यवसायिक र ब्यवस्थित बनाउने लक्ष्य रहेको सुनाए। आउने पुस्ताका खेलाडीको हात थाम्ने उनको योजना छ। 

अनि मन रोइरह्यो 
सन् २०१०, बंगलादेशमा भएको ११औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता। रमेशका लागि खेल जीवनकै ठूलो दुर्घटना। उनी आफ्नो खेलाडी जीवनकै सबैभन्दा भयंकर क्षण भएको सुनाउँछन्।

‘बंगलादेशमा मेरो खुट्टा भाँचियो। पाँच तला माथिबाट लिफ्ट खसेर मेरो खुट्टामा गहिरो चोट लागेको थियो। म मात्रै थिइन त्यहाँ पूरै टिम थियौं। तर उपचारमा सरकारले राम्रो ब्यबहार गरेन’, रमेशको दुःखेसो छ।

जसोतसो उपचार गरेपछि उनी खेलमा फर्किए। तर डाक्टरले राम्रो उपचार नगरेसम्म खेलमा फर्किन नहुने सल्लाह दिएका दिए। राम्रो उपचारका लागि रमेशसँग पर्याप्त पैसा थिएन। त्यसमा लागि न त समय नै थियो। त्यसैले दुखाइ कम भएपछि अभ्यासमा फर्किए। सन् २०११ मा पाकिस्तानमा भएको जुडो च्याम्पियनसिप खेल्न रमेश बसबाटै टिमसँग यात्रा गरे। त्यो कष्टकर यात्रा पनि उनको आखा अगाडि अहिलेसम्म झलझली आइरहन्छ। 

त्यसबेला रमेश ६६ केजी तौल समूहमुनि फाइनलमा पुगेर हारेका थिए। रमेशकै भनाइमा त जबरजस्ती हराइएको थियो। उनी भन्छन्- ‘त्यहाँ फाइनल खेल भारतसँग थियो। मैले नकआउट हान्दै जितेँ, तर भारतको प्रशिक्षकले यो भएन भन्दै फेरि रिम्याच खेलायो। जहाँ मलाई हराइयो। मैले सिंगलमा रजत पदक जित्दा टिममा भने स्वर्ण पदक जितेँ।’ 

१२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सन् २०१६ भारतमा भयो। जहाँ रमेशले पनि खेल्ने भए। तर उनको मन यही प्रतियोगिताबाट नराम्ररी कँुडिएको थियो। 

सागकै लागि भनेर उनले एक महिना भारतमै बसेर अभ्यास गरेका थिए। १२औं सागमा सेमिफाइनलमा अफगानिस्तानका खेलाडीसँग खेल्दै गर्दा उनको पुरानै घाउ बल्झियो। उनी ढले। आँखाबाट आँसु बगिरहे। हारको पीडाले भन्दा पनि चोटले सताएको थियो।

उनी भन्छन्- ‘अफगानिस्तानका खेलाडीसँग खेल्दै गर्दा मेरो खुट्टामा फेरि पुरानै समस्या देखियो। म हारेँ। कास्य पदकको लागि बंगलादेशका खेलाडीसँग खेल्नु पर्ने भयो। खेलेँ। जसोतसो कास्य पदक जितेर स्वदेश फर्किएँ।’ 

नेपाल आएपछि अस्पतालमा जचाउँदा तत्काल शल्यक्रिया गर्नुपर्छ भन्ने भयो। तर रमेशसँग पैसा थिएन। उनी सहयोगका लागि नेपाल जुडो संघमा धाए। संघले धेरै सहयोग गर्न नसक्ने भन्दै १० हजार दिने आश्वसन दियो। त्यो पैसा पनि रमेशले शल्यक्रिया भएको चार महिनापछि पाएका थिए। आफ्नो उपचारको लागि साथीभाइसँग हात फैलाए। साथीभाइकै सहयोगमा उपचार सम्भव भयो।

‘खेलाडी कल्याणकारी कोषबाट एक लाख रुपैयाँ लिएँ। मेरो बाइक थियो। त्यो बेचेँ। पुग्ने पैसा थिएन। चोट झन झन जटिल बन्दै गइरहेको थियो’, उनी थप्छन्, ‘धेरै अस्पताल धाएँ। कुनैमा तीन लाख रुपैयाँ भन्यो त कुनैमा त्यो भन्दा धेरै। अन्तिममा ग्राण्डी अस्पतालमा २ लाख ५० हजार रुपैयाँमा डाक्टर चक्रराज पाण्डेसँग शल्यक्रिया गराएँ।’ 

उपचारपछि पनि रमेशले नियमित रुपमा थेरापी गराउनु पर्थ्यो। दिनकै पाँच सय तिर्नु पर्दा साह्रै दुःखमा परिसकेका थिए। राष्ट्रिय खेलकुद परिषद् (राखेप) होस् या खेलकुद मन्त्रालय, उनले पाउने भनेकै आश्वसन थियो। 

कति पटक चोटले रोए, कति पटक चिप्ला कुराले। ‘अनेक थियो समस्या। आयस्रोत थिएन। आफ्नो जिन्दगी नै खेलकुदका लागि लगाएको थिएँ। तर सरकार र संघले हेरेन। बेवारिसे जस्तै भएँ। आफूलाई आफै अनाथ जस्तै लाग्थ्यो’ रमेश भन्छन्।

देशले लुक भन्यो
रमेश जुडोमा चलेका खेलाडी। तर उनलाई खेलले नामबाहेक अरु केही दिएन। नामले खान लाउन मिलेन। उनले नेपाली खेलाडीले खेल्न मिल्ने ठूला भनिएका प्रतियोगिताहरुमा सहभागिता जनाएका छन्। 

रमेश सन् २०११ मा जापानमा भएको विश्व जुडो च्याम्पियनसिप खेल्न गएका थिए। त्यहाँ पनि उनलाई साथीहरुले उतै बस्न सुझाब दिएका थिए। तर आफू देशको गहना भएको भन्दै गद्दारी नगर्ने बाचा गरेर उनी फर्किएका थिए।

रमेश भन्छन्- ‘जापानमा साथीहरुले मलाई खेलमा मात्र केही हुँदैन यतै बस भन्दै सुझाब दिएका थिए। तर मैले म देशको लागि खेल्छु भनेँ र फर्किएँ।’

रमेशले खेलेका प्रतियोगितामध्ये सबैभन्दा ठूलो प्रतियोगिता हो, सन् २०१४ मा कोरियामा भएको एसियाली खेलकुद। एसियाली खेलकुदमा राम्रो प्रदर्शन गरेको कारण उनलाई जुडो संघले सम्मान नै गरेको थियो। कोरियामा पनि उनलाई साथीहरुले उतै लुक्न सुझाब दिएकै थिए। तर त्यस्तो गल्ती नगर्ने बाचा गर्दै रमेश स्वदेश फर्किए। 

देशको लागि खेल्छु। यहाँ नै केही गर्छु भन्ने सपना थियो। तर ११औं सागको दुर्घटनापछि पटक पटक उनको चोट बल्झिरह्यो। आर्थिक संकटमा पर्दै गए। सबै ठाउँबाट सहयोग नपाएपछि उनको मन कमजोर हुँदै गयो।

‘जुडोमा सबै थोक त्यागेर लागेको थिएँ। यतिसम्म कि आफ्नै आमा बाबुको कुरा पनि लत्याएको थिएँ। बाबु आमाले त पहिले नै भन्नु भएको थियो, तँलाई कसैले सहयोग गर्दैन भनेर। त्यही बेला बाबुआमाको कुरा सुनेको भए मेरो भविष्य राम्रो हुने थियो। म नै मुर्ख रहेछु भन्ने अहिले लाग्दैछ’ भावुक हुँदै उनले भने। 

खेलकुदमा लागेर नै उनी पश्चातापमा परेका होइनन्। खेलाडीलाई गर्ने ब्यवहारबाट हरेस खाएका हुन्। रमेशले खेल्दा खेल्दै खेलाडी जीवनलाई लात हान्नु पर्ने अवस्था देशले नै गरेको हो। अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी घाइते रहँदा उपचारमा सहयोगसमेत नहुनु असाध्यै दुःखद छ। 

सहयोगका लागि धाउँदा धाउँदै उनको जुत्ता खिइयो। तर आश्वासन बाहेक केही पाएनन्। त्यसैले विकल्प हेर्दै जाँदा, सोच्दै जाँदा आफू पलायन भएको सुनाउँछन्। भन्छन्- ‘अब मलाई यिनीहरुले घण्टी जस्तो हल्लाएर राख्छन् भन्ने भयो। त्यसपछि तिनीहरुबाट छुटकारा पाउने सोच बनाएँ। हंगेरीमा प्रशिक्षणको लागि जाँदै थिएँ, बिच बाटोबाटै पोर्चुगल हिँडे।’ 

यो रमेशको मात्र कथा होइन। देशको खेलकुदको अवस्था हो। त्यसैले रमेश किन भागे? त्यसपछाडिका कारणहरु र दिन मिल्ने उत्तरहरुको खोजि हुनुपर्छ। खेलकुदको कुर्चिमा भएकाहरुले मैदानको अवस्थाअनुसार काम गर्नैपर्छ। जसले फेरि ‘रमेशहरु’ कतै भाग्नु नपरोस्। 

(विदेशिएका खेलाडीको आवाज समेट्न नेपाल लाइभ स्पोर्टस् ब्यूरोले यो श्रृङ्खला ‘मैदान छाडेपछि’ सुरु गरेको हो। जसमा हरेक हप्ता खेलाडीको बोलिमार्फत उनीहरुको भोगाइ, बाध्यता र रहर प्रस्तुत हुन्छन्।)    

पहिलो अ‌ंक - 

यो पनि पढ्नुहोस्

‘परिवारको अवस्था हेरेँ अनि हिँडे’ सोमबार, साउन २६, २०७७

 

प्रकाशित मिति: सोमबार, भदौ १, २०७७  ०८:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
केन्द्रीय कमिटी बैठक बोलाउन ओलीकाे निर्देशन मंगलबार, भदौ ९, २०८३
सुरु भयो नाडा अटो शो, ५ दर्जनभन्दा बढी ब्रान्डका सवारी प्रदर्शनमा मंगलबार, भदौ ९, २०८३
पोखराबाट दुबईको नियमित उडानबारे पोखरेली व्यवसायीले गरे युएईका राजदूतसँग छलफल मंगलबार, भदौ ९, २०८३
उद्योग खुलेका छन् तरपनि सरकारले चासो दिएन : अध्यक्ष श्रेष्ठ मंगलबार, भदौ ९, २०८३
राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित, अर्को बैठक भदौ १६ गते मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
टप एन्ड टी–ट्वान्टीमा नेपाल ‘ए’को पहिलो जित सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्