• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २८, २०८२ Sat, Jul 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
जसले देश भुलेका छैनन्
64x64
सराेज तामाङ सोमबार, भदौ ८, २०७७  १२:००
1140x725

काठमाडौं- दुःखका भुमरीले घेरिएपछि मानिस एकतिर हुत्तिन विवश हुन्छ। जो दुःखमा अल्छिरहन्छ उसलाई त्यसैले हुत्याइदिन्छ। कति हुत्तिएकै छन्, कति समयको मेसो चिनेर अलग्गिएका छन्। नेपाली खेलकुदमा यस्तै दुःखको भुमरी सुरुवातदेखि नै छ। जसबाट पदकधारीहरुको पलायन सामान्य देखिइरहेका छन्। 

देश छाडेर जानेहरुको कथा सुखद छैन। सामाजिक, साँस्कृतिक पाटोलाई बिर्संदा उनीहरु देशबाहिर रहनुपर्ने एउटै कारण छ- समानताको समाजमा सहज भविष्यको खोजि। त्यस्तै सहज भविष्यको खोजीमा नेपाली माटोको कीर्ति छाडेर पलायन भएका कराते खेलाडी हुन्- सुनिल लामा। 

११औं सागका स्वर्णधारी सुनिललाई कहिल्यै लागेन विदेशिन्छु। तर रहर नभएको विदेश यात्रा बाध्यताले यसरी जुराइदियो कि उनी देश छाडेर हिँडे। हुर्किंदै गरेका छोराछोरी, बुढेसकालले छोएका बाबुआमा, जति परिश्रम गरे पनि खेलकुदले दिएको शून्यता। यीनै परिस्थितिले थिचिएका सुनिल खेल्दा खेल्दै अमेरिका भासिए।

राष्ट्रिय प्रतियोगिता खेलेका मात्रै होइन, सागमा स्वर्ण जितेकादेखि ओलम्पियन खेलाडीसमेत बाहिरिएका छन्। राज्य टुलु टुलु हेरिरहेकै छ। राज्य बाहिरिनेहरुलाई बिर्सन्छ र देशमै रहेकाहरु बाहिरिन बाध्य हुने वातावरण बनाइरहन्छ।

राष्ट्रिय खेलकुद परिषदमा आफ्ना कार्यकर्ता भर्ती गर्नेले खेलाडीलाई कहिल्यै आफ्नो सोचेन। राजतन्त्रमा चाकडीमा रमाउने खेल ब्यवस्थापन गणतन्त्रमा अझ चाकडीको जब्बर बनेको छ। विकल्पमा खेलाडीले कि त पेसा बदलेर जिन्दगी चलाउँछन् कि विदेशिएर। 

सरकारमाथि आश मर्दै जाँदा नेपाली खेलकुदलाई व्यावसायिक र व्यवस्थित बनाउन तीनै विदेशिएका खेलाडी नेपाल फर्कने आश देशमा रहेकालाई छ। त्यसैले त सुनिलहरु देश फर्कने वातावरण बनाइरहेका छन्।

सधैं आफ्नो खेल प्रदर्शनमै टिकिरहुँ भन्ने सुनिल कसरी विदेश पलायन भए? प्रश्न सुनेपछि उनी भन्छन्, ‘अमेरिका आउनुको मुख्य कारण नै पारिवारिक स्थिति हो। उमेर पुग्दै गएपछि पैसा कमाउनु पर्छ भन्ने हुन्छ। घरको आर्थिक अवस्था हेर्नै परिहाल्यो। परिवारको भविष्यको लागि नै यहाँ आएँ।’

Ncell 2
Ncell 2

सहज भविष्यका लागि अमेरिका गएका सुनिलको वर्तमान भने सोचेजस्तो सहज छैन। मेहनतको भारी यहाँभन्दा बढी नै छ। सुखको एउटै कुरा मेहनतले देखिएको छ, सुन्दर भविष्य। परिवारले गर्नुनपर्ने दुःखको सम्झना। अहिले विश्वभर संकट निम्त्याएको कोरोना माहामारीले सुनिललाई पनि ठूलै असर गरेको छ। भन्छन्, ‘खायो बस्यो। काम गर्न सकिएको छैन।’

खेलाडी भएर सजिलो भयो
बाबु मिलन र आमा क्यामेरा लामाको जेठो सन्तान सुनिललाई घरको जिम्मेवारी उत्तिकै थियो। रोगले च्यापेका बाबु, उमेर ढल्किँदै गरेकी आमा र हुर्किँदै गरेका छोराछोरीको जिम्मेवारीले उनी खेल्दा खेल्दै खेल छोडेर चार वर्षअघि अमेरिका गए। तर दुर्भाग्य, २०१९ मा बाबुको क्यान्सरको कारण निधन भयो। सुनिल थप दुःखमा परे। 

अहिले सुनिलले आफ्नो परिवारलाई अमेरिका नै लगेका छन्। नेपालमा बहिनी र आमा छिन्। भाइ सुशिल पोर्चुगलमा छन्। सुनिल भन्छन्, ‘आमालाई पनि यता नै ल्याउने तयारी गरिरहेको छु।’

सुनिल प्रतियोगिताकै क्रममा सन् २०१५ मा दुई पटक अमेरिका पुगेका थिए। त्यही बेला ग्रिन कार्डको लागि उनले आवदेन दिए। तीन महिनामै ग्रिन कार्ड पाएका उनी सन् २०१६ मार्चबाट भने स्थायी रुपमै बसोबास गर्न थाले। ‘न्युर्योक ओपन कराते च्याम्पियनसिपका डाइरेक्टरले मलाई स्पोन्सर गर्नु भएको थियो। त्यही भएर गाह्रो भएन’ उनले सुनाए।  

डेलिभरी ब्वाइदेखि ड्राइभरसम्म
सुनिलले सुरुका दिनमा निकै कष्ट भोगे। भारतीय रेष्टुरेन्टमा डेलिभरी ब्वाईदेखि जापानिज रेस्टुरेन्टमा सुसी रोल बनाउनेसम्म काम गर्न भ्याए। उनले डेलिभरी ब्वाईको रुपमा तीन महिना काम गरे। त्यसपछि ६ महिनाजति सुसी रोल बनाउने काम गरे।

यसैले उनी भन्छन्– ‘अमेरिका भन्दैमा सबै थोक पाइहाल्ने होइन।’

उनलाई पहिलेको कामहरुमा सन्तुष्टी थिएन। जति खेल खेल्दा मिल्थ्यो। काम गर्थे, पैसा कमाउँथे तर पनि मनमा आनन्द हुँदैन थियो। त्यही भएर नेपाल फर्किएर ४५ दिन बसे। त्यसपछि अमेरिका फर्केर एक वर्ष भाडामा ट्याक्सी चलाए। २०१८ बाट भने उनले आफ्नै ट्याक्सी किनेर चलाउँदै आएका छन्।

‘अहिले नेपालमा ‘पठाओ’ र ‘टुटल’ भने जस्तै यहाँ उबर चलाउँछु। पैसा त कमाइन्छ तर वर्षैपछि घट्दै गएको छ’, उनी थप्छन्, ‘महिनामा ५ हजार डलर कमाइ हुन्छ। सबै खर्च गरेर महिनामा ३ हजार डलर बचत हुन्छ।’

उनले कामको शिलशिला र पारिवारिक परिस्थितिका कारण एक वर्ष जति कराते चटक्कै छोडे। तर उनलाई करातेको हुटहुटी भने भइरह्यो। आफै भए पनि अभ्यास गर्ने भन्दै थालेका उनले अहिले अमेरिकामा धेरै प्रतियोगिताहरु खेलिसकेका छन्। उनी मात्रै हैन, उनका छोरी र छोरालाई पनि करातेमै लगाएका छन्।

च्याम्पियन बाबुको च्याम्पियन छोराछोरी
आफ्नो बाबुको कारण कराते सिकेका सुनिल आफ्ना छोराछोरीलाई पनि राम्रो खेलाडी बनाउने लक्ष्यमा छन्। आफूले पूरा गर्न नसकेको सपना छोराछोरीको मेहनतमा देखिरहेका छन्। त्यही भएर अहिले उनी आफ्ना १३ वर्षकी छोरी याङजोम र ७ वर्षका छोरा याङतेनलाई नियमित अभ्यास गराउँदै आएका छन्। 

‘मेरो छोरी र छोरालाई एसियन गेम्सदेखि ओलम्पिक खेलकुदसम्म खेलाउने सपना छ। उनीहरु रुची पनि राख्छन्। मेरो बाबा करातेदेखि सबै खेलहरु खेल्नु हुन्थ्यो। उहाँकै कारण मैले पनि कराते खेले। सफल भएँ पनि। अब मेरो सन्तानलाई पनि सफल बनाउँछु’ सुनिलले सुनाए।

आवश्यक पर्ने सबै सामग्री व्यवस्थापन गरेर उनी आफैले सिकाइरहेका छन्। अहिलेसम्म उनका छोरा याङतेनले न्युर्योकमा चार वटा प्रतियोगिता खेलेका छन्। जसमा तीन स्वर्ण र एक कास्य पदक जित्न सफल भएका छन्। त्यस्तै, याङजोमले तीन प्रतियोगिता खेल्दा दुई स्वर्ण र एक कास्य पदक जितेकी छिन्।

बाबुकै पथमा हिँडेका छोराछोरीको यो उपलब्धिले सुनिल पनि खुसी छन्। आफ्ना छोराछोरीमा सुनिलको ठूलै विश्वास छ, जुन आफूले खेल्न नसकेको प्रतियोगिता खेलाउनेदेखि पदक दिलाउनेसम्म।

‘छोराको प्रदर्शन निकै राम्रो छ। न्युर्योकमा सबैले छोरालाई चिन्छन्। नेपालमा हुँदा बालाजु डोजोमा कराते सिक्दै आएको थियो। त्यही बाट उनको बेसिक राम्रो थियो’, तारिफ गर्दै सुनिल भन्छन्।

तर अमेरिकामा बसाई भए पनि नेपालबाटै आफ्ना छोराछोरीलाई खेलाउने सुनिलको इच्छा छ। आफूले छोराछोरीलाई नेपालकै नेतृत्व गर्दै खेल्नु पर्छ भनिरहेको पनि उनले सुनाए।।

अमेरिकामा कराते क्लब
बाल्यकालदेखि नै करातेमा लागेको सुनिल करातेबाट टाढिएर बस्न सक्दैनन्। त्यहीभएर उनी न्युर्योक सिटीमा कराते क्लब खोल्ने लक्ष्यमा छन्। तर क्लब सञ्चालन गर्न त्यति सजिलो भने छैन।

क्लब खोल्ने प्रक्रिया पनि उनले अघि बढाइसकेका छन्। क्लब सञ्चालन गर्नकै लागि भनेर अहिले उनी आफ्ना छोराछोरीलाई दैनिक रुपमा पार्कमा लगेर अभ्यास गराउँछन्। जसले गर्दा आफ्नो बारेमा विज्ञापन होस्।

क्लब खोल्न गाह्रो छैन। तर अमेरिका कराते महासंघको अनुमति लिएर विविध सर्त पूरा गर्नु पर्छ। त्यो सबै नीति पूरा गरी क्लब सञ्चालन गर्न लागि परेको उनले बताए। भन्छन्, ‘क्लब सञ्चालन गर्दा कोठा भाडा निकै महंगो पर्न आउँछ। त्यसकै कारण रोकिरहेको छु। अर्को कुरा कोरोना भाइरसको कारणले गर्दा पनि क्लब सञ्चालन गर्न नसकिएको हो। अब कोरोना हट्दै गएपछि विस्तारै क्लब सञ्चालन गर्छु।’

न्युर्योक कराते संघबाट उनले प्रशिक्षकको लाइसेन्स लिइसकेका छन्। योसँगै उनले ट्रेनिङ गराउन पाउने भए। अमेरिकामा करातेप्रति निकै लगाव भएको कारण आफूलाई कुनै अप्ठ्यारो नपर्ने सुनिलको तर्क छ। भन्छन्, ‘यहाँ करातेमा राम्रो झुकाव छ। सेल्फ डिफेन्स आजको आवश्यकता भनेर सबैले बुझेका छन्। छोराछोरीलाई सिकाउँदा पनि सोधिखोजी गर्छन्।’

नेपालमा च्याम्पियन्स मार्सल आट्स एकेडेमी
सुनिल खेलाडी मात्रै नभएर नेपाली खेलकुदका सचेतक पनि हुन्। अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रर्दशन स्तरीय बनाउन केही न केही गरेर बस्ने स्वभावका मान्छे हुन् उनी।

काठमाडौंको बालाजु खरिबोटमा अहिले ठूलो मूल्यमा भवन निर्माण भइरहेको छ। त्यो भवन कुनै ब्यापारिक प्रयोजनको नभइ विदेशिएका पूर्व राष्ट्रिय खेलाडीले एकेडेमी सञ्चालन गर्नका लागि निर्माण भइरहेको भवन हो।

‘च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमी’ नामक एकेडेमीमा मार्सल आर्टस्का सबै खेलहरु प्रशिक्षण हुनेछ। त्यसमा अहिलेसम्म १ करोड २० लाख रुपैयाँ खर्च भएको सुनिल सुनाउँछन्। ‘यसमा हामी ४०-५० जना छौं। मुख्य लगानी गर्नेमा मसँगै तेक्वान्दोका पुष्प थापामगर, उसुका राजु महर्जन, जुडोका सरोज महर्जन र तेक्वान्दोका सुजन जोशी छौं।’

११औं सागमा त्यो गोल्ड मेडल
‘हार नै जितको पहिलो खुड्किलो हो।’ यहि विचार लिएर हिँडेका सुनिलसँग गर्विलो क्षण छ। सन् २०१० मा आयोजना भएको ११औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्दा जतिको खुसी उनलाई केहीमा लागेको थिएन।

५५ केजी तौल समूहमुनि स्वर्ण पदक जितेपछिका सुनिलले त्यो क्षण यसरी सम्झिए, ‘करिब तीन महिनाको अभ्यासले स्वर्ण पदक जितेको सम्झना छ। एकदमै खुसीको क्षण थियो त्यो।  जितपछिको त्यो राष्ट्रगान बज्दा छाती फुलिएको थियो, शीर उच्च थियो। देशलाई स्वर्ण दिलाउन पाउँदा जीवनकै अवस्मरणीय क्षण बनेको छ, त्यो मेरो लागि।’

सुनिलले २०१० कै मात्र साग खेलकुद खेल्न पाए। ६ वर्षपछि भारतमा १२औं साग हुँदा कराते समावेश थिएन। त्यसैले उनी अन्य खेलाडीको तुलनामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेमा कमैमा पर्छन्। तर जतिमा खेले उनी सबैमा सफल भए। 

सन् २०१२ मा भएको १३औं एसियन प्यासिफिकमा पनि उनले स्वर्ण पदक नै जितेका थिए। विश्व च्याम्पियनसिपमा अहिलेसम्म दुई वटा फाइट जित्ने उनी एक्लो खेलाडी पनि हुन्। अमेरिकामा पनि अहिले उनी प्रतियोगिताहरु खेलिरहेका हुन्छन्। अमेरिकामा उनले अहिलेसम्म विभिन्न प्रतियोगितामा ३ वटा स्वर्ण पदक जितेका छन् भने एक कास्य र एक पटक ग्रान्ड च्याम्पियन बनेका छन्।

उनी भन्छन्, ‘जित तिम्रै हो, बस खेल्दै जाउ, हारेँ भनेर कहिल्यै नछोड। खेल्दै जाउ। एकदिन अवश्य गन्तब्यमा पुगिन्छ।’ 

(विदेशिएका खेलाडीको आवाज समेट्न नेपाल लाइभ स्पोर्टस् ब्यूरोले यो श्रृङ्खला ‘मैदान छाडेपछि’ सुरु गरेको हो। जसमा हरेक हप्ता खेलाडीको बोलिमार्फत उनीहरुको भोगाइ, बाध्यता र रहर प्रस्तुत हुन्छन्।)

पहिलो अंक -  

यो पनि पढ्नुहोस्

‘परिवारको अवस्था हेरेँ अनि हिँडे’ सोमबार, साउन २६, २०७७

दोस्रो अंक -  

यो पनि पढ्नुहोस्

जसलाई देशले लुक भन्योसोमबार, भदौ १, २०७७

 

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
समाज रूपान्तरणको लागि विचार सबैभन्दा महत्त्वपूर्ण छ : पूर्वराष्ट्रपति भण्डारी शनिबार, असार २८, २०८२
राजनीतिक दलहरू बलियो हुँदा मात्रै राज्य बलियो हुन्छ : बस्नेत शनिबार, असार २८, २०८२
राजनीतिक दलहरू जनताभन्दा सर्वशक्तिमान् भए : महामन्त्री बुर्लाकोटी शनिबार, असार २८, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
मधेशमा बजेट विवाद :  प्रदेशसभा बैठक स्थगित, कार्यदल संयोजकबाट सभामुखको राजीनामा शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
लिङ्देनको निर्णयविरुद्ध नवराज सुवेदी भोलि निर्वाचन आयोग जाँदै शनिबार, असार २८, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्