• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जसले देश भुलेका छैनन्

64x64
सराेज तामाङ सोमबार, भदौ ८, २०७७  १२:००
1140x725

काठमाडौं- दुःखका भुमरीले घेरिएपछि मानिस एकतिर हुत्तिन विवश हुन्छ। जो दुःखमा अल्छिरहन्छ उसलाई त्यसैले हुत्याइदिन्छ। कति हुत्तिएकै छन्, कति समयको मेसो चिनेर अलग्गिएका छन्। नेपाली खेलकुदमा यस्तै दुःखको भुमरी सुरुवातदेखि नै छ। जसबाट पदकधारीहरुको पलायन सामान्य देखिइरहेका छन्। 

देश छाडेर जानेहरुको कथा सुखद छैन। सामाजिक, साँस्कृतिक पाटोलाई बिर्संदा उनीहरु देशबाहिर रहनुपर्ने एउटै कारण छ- समानताको समाजमा सहज भविष्यको खोजि। त्यस्तै सहज भविष्यको खोजीमा नेपाली माटोको कीर्ति छाडेर पलायन भएका कराते खेलाडी हुन्- सुनिल लामा। 

११औं सागका स्वर्णधारी सुनिललाई कहिल्यै लागेन विदेशिन्छु। तर रहर नभएको विदेश यात्रा बाध्यताले यसरी जुराइदियो कि उनी देश छाडेर हिँडे। हुर्किंदै गरेका छोराछोरी, बुढेसकालले छोएका बाबुआमा, जति परिश्रम गरे पनि खेलकुदले दिएको शून्यता। यीनै परिस्थितिले थिचिएका सुनिल खेल्दा खेल्दै अमेरिका भासिए।

राष्ट्रिय प्रतियोगिता खेलेका मात्रै होइन, सागमा स्वर्ण जितेकादेखि ओलम्पियन खेलाडीसमेत बाहिरिएका छन्। राज्य टुलु टुलु हेरिरहेकै छ। राज्य बाहिरिनेहरुलाई बिर्सन्छ र देशमै रहेकाहरु बाहिरिन बाध्य हुने वातावरण बनाइरहन्छ।

राष्ट्रिय खेलकुद परिषदमा आफ्ना कार्यकर्ता भर्ती गर्नेले खेलाडीलाई कहिल्यै आफ्नो सोचेन। राजतन्त्रमा चाकडीमा रमाउने खेल ब्यवस्थापन गणतन्त्रमा अझ चाकडीको जब्बर बनेको छ। विकल्पमा खेलाडीले कि त पेसा बदलेर जिन्दगी चलाउँछन् कि विदेशिएर। 

सरकारमाथि आश मर्दै जाँदा नेपाली खेलकुदलाई व्यावसायिक र व्यवस्थित बनाउन तीनै विदेशिएका खेलाडी नेपाल फर्कने आश देशमा रहेकालाई छ। त्यसैले त सुनिलहरु देश फर्कने वातावरण बनाइरहेका छन्।

सधैं आफ्नो खेल प्रदर्शनमै टिकिरहुँ भन्ने सुनिल कसरी विदेश पलायन भए? प्रश्न सुनेपछि उनी भन्छन्, ‘अमेरिका आउनुको मुख्य कारण नै पारिवारिक स्थिति हो। उमेर पुग्दै गएपछि पैसा कमाउनु पर्छ भन्ने हुन्छ। घरको आर्थिक अवस्था हेर्नै परिहाल्यो। परिवारको भविष्यको लागि नै यहाँ आएँ।’

nimb
nimb
Ncell 2
Ncell 2

सहज भविष्यका लागि अमेरिका गएका सुनिलको वर्तमान भने सोचेजस्तो सहज छैन। मेहनतको भारी यहाँभन्दा बढी नै छ। सुखको एउटै कुरा मेहनतले देखिएको छ, सुन्दर भविष्य। परिवारले गर्नुनपर्ने दुःखको सम्झना। अहिले विश्वभर संकट निम्त्याएको कोरोना माहामारीले सुनिललाई पनि ठूलै असर गरेको छ। भन्छन्, ‘खायो बस्यो। काम गर्न सकिएको छैन।’

खेलाडी भएर सजिलो भयो
बाबु मिलन र आमा क्यामेरा लामाको जेठो सन्तान सुनिललाई घरको जिम्मेवारी उत्तिकै थियो। रोगले च्यापेका बाबु, उमेर ढल्किँदै गरेकी आमा र हुर्किँदै गरेका छोराछोरीको जिम्मेवारीले उनी खेल्दा खेल्दै खेल छोडेर चार वर्षअघि अमेरिका गए। तर दुर्भाग्य, २०१९ मा बाबुको क्यान्सरको कारण निधन भयो। सुनिल थप दुःखमा परे। 

अहिले सुनिलले आफ्नो परिवारलाई अमेरिका नै लगेका छन्। नेपालमा बहिनी र आमा छिन्। भाइ सुशिल पोर्चुगलमा छन्। सुनिल भन्छन्, ‘आमालाई पनि यता नै ल्याउने तयारी गरिरहेको छु।’

सुनिल प्रतियोगिताकै क्रममा सन् २०१५ मा दुई पटक अमेरिका पुगेका थिए। त्यही बेला ग्रिन कार्डको लागि उनले आवदेन दिए। तीन महिनामै ग्रिन कार्ड पाएका उनी सन् २०१६ मार्चबाट भने स्थायी रुपमै बसोबास गर्न थाले। ‘न्युर्योक ओपन कराते च्याम्पियनसिपका डाइरेक्टरले मलाई स्पोन्सर गर्नु भएको थियो। त्यही भएर गाह्रो भएन’ उनले सुनाए।  

डेलिभरी ब्वाइदेखि ड्राइभरसम्म
सुनिलले सुरुका दिनमा निकै कष्ट भोगे। भारतीय रेष्टुरेन्टमा डेलिभरी ब्वाईदेखि जापानिज रेस्टुरेन्टमा सुसी रोल बनाउनेसम्म काम गर्न भ्याए। उनले डेलिभरी ब्वाईको रुपमा तीन महिना काम गरे। त्यसपछि ६ महिनाजति सुसी रोल बनाउने काम गरे।

यसैले उनी भन्छन्– ‘अमेरिका भन्दैमा सबै थोक पाइहाल्ने होइन।’

उनलाई पहिलेको कामहरुमा सन्तुष्टी थिएन। जति खेल खेल्दा मिल्थ्यो। काम गर्थे, पैसा कमाउँथे तर पनि मनमा आनन्द हुँदैन थियो। त्यही भएर नेपाल फर्किएर ४५ दिन बसे। त्यसपछि अमेरिका फर्केर एक वर्ष भाडामा ट्याक्सी चलाए। २०१८ बाट भने उनले आफ्नै ट्याक्सी किनेर चलाउँदै आएका छन्।

‘अहिले नेपालमा ‘पठाओ’ र ‘टुटल’ भने जस्तै यहाँ उबर चलाउँछु। पैसा त कमाइन्छ तर वर्षैपछि घट्दै गएको छ’, उनी थप्छन्, ‘महिनामा ५ हजार डलर कमाइ हुन्छ। सबै खर्च गरेर महिनामा ३ हजार डलर बचत हुन्छ।’

उनले कामको शिलशिला र पारिवारिक परिस्थितिका कारण एक वर्ष जति कराते चटक्कै छोडे। तर उनलाई करातेको हुटहुटी भने भइरह्यो। आफै भए पनि अभ्यास गर्ने भन्दै थालेका उनले अहिले अमेरिकामा धेरै प्रतियोगिताहरु खेलिसकेका छन्। उनी मात्रै हैन, उनका छोरी र छोरालाई पनि करातेमै लगाएका छन्।

च्याम्पियन बाबुको च्याम्पियन छोराछोरी
आफ्नो बाबुको कारण कराते सिकेका सुनिल आफ्ना छोराछोरीलाई पनि राम्रो खेलाडी बनाउने लक्ष्यमा छन्। आफूले पूरा गर्न नसकेको सपना छोराछोरीको मेहनतमा देखिरहेका छन्। त्यही भएर अहिले उनी आफ्ना १३ वर्षकी छोरी याङजोम र ७ वर्षका छोरा याङतेनलाई नियमित अभ्यास गराउँदै आएका छन्। 

‘मेरो छोरी र छोरालाई एसियन गेम्सदेखि ओलम्पिक खेलकुदसम्म खेलाउने सपना छ। उनीहरु रुची पनि राख्छन्। मेरो बाबा करातेदेखि सबै खेलहरु खेल्नु हुन्थ्यो। उहाँकै कारण मैले पनि कराते खेले। सफल भएँ पनि। अब मेरो सन्तानलाई पनि सफल बनाउँछु’ सुनिलले सुनाए।

आवश्यक पर्ने सबै सामग्री व्यवस्थापन गरेर उनी आफैले सिकाइरहेका छन्। अहिलेसम्म उनका छोरा याङतेनले न्युर्योकमा चार वटा प्रतियोगिता खेलेका छन्। जसमा तीन स्वर्ण र एक कास्य पदक जित्न सफल भएका छन्। त्यस्तै, याङजोमले तीन प्रतियोगिता खेल्दा दुई स्वर्ण र एक कास्य पदक जितेकी छिन्।

बाबुकै पथमा हिँडेका छोराछोरीको यो उपलब्धिले सुनिल पनि खुसी छन्। आफ्ना छोराछोरीमा सुनिलको ठूलै विश्वास छ, जुन आफूले खेल्न नसकेको प्रतियोगिता खेलाउनेदेखि पदक दिलाउनेसम्म।

‘छोराको प्रदर्शन निकै राम्रो छ। न्युर्योकमा सबैले छोरालाई चिन्छन्। नेपालमा हुँदा बालाजु डोजोमा कराते सिक्दै आएको थियो। त्यही बाट उनको बेसिक राम्रो थियो’, तारिफ गर्दै सुनिल भन्छन्।

तर अमेरिकामा बसाई भए पनि नेपालबाटै आफ्ना छोराछोरीलाई खेलाउने सुनिलको इच्छा छ। आफूले छोराछोरीलाई नेपालकै नेतृत्व गर्दै खेल्नु पर्छ भनिरहेको पनि उनले सुनाए।।

अमेरिकामा कराते क्लब
बाल्यकालदेखि नै करातेमा लागेको सुनिल करातेबाट टाढिएर बस्न सक्दैनन्। त्यहीभएर उनी न्युर्योक सिटीमा कराते क्लब खोल्ने लक्ष्यमा छन्। तर क्लब सञ्चालन गर्न त्यति सजिलो भने छैन।

क्लब खोल्ने प्रक्रिया पनि उनले अघि बढाइसकेका छन्। क्लब सञ्चालन गर्नकै लागि भनेर अहिले उनी आफ्ना छोराछोरीलाई दैनिक रुपमा पार्कमा लगेर अभ्यास गराउँछन्। जसले गर्दा आफ्नो बारेमा विज्ञापन होस्।

क्लब खोल्न गाह्रो छैन। तर अमेरिका कराते महासंघको अनुमति लिएर विविध सर्त पूरा गर्नु पर्छ। त्यो सबै नीति पूरा गरी क्लब सञ्चालन गर्न लागि परेको उनले बताए। भन्छन्, ‘क्लब सञ्चालन गर्दा कोठा भाडा निकै महंगो पर्न आउँछ। त्यसकै कारण रोकिरहेको छु। अर्को कुरा कोरोना भाइरसको कारणले गर्दा पनि क्लब सञ्चालन गर्न नसकिएको हो। अब कोरोना हट्दै गएपछि विस्तारै क्लब सञ्चालन गर्छु।’

न्युर्योक कराते संघबाट उनले प्रशिक्षकको लाइसेन्स लिइसकेका छन्। योसँगै उनले ट्रेनिङ गराउन पाउने भए। अमेरिकामा करातेप्रति निकै लगाव भएको कारण आफूलाई कुनै अप्ठ्यारो नपर्ने सुनिलको तर्क छ। भन्छन्, ‘यहाँ करातेमा राम्रो झुकाव छ। सेल्फ डिफेन्स आजको आवश्यकता भनेर सबैले बुझेका छन्। छोराछोरीलाई सिकाउँदा पनि सोधिखोजी गर्छन्।’

नेपालमा च्याम्पियन्स मार्सल आट्स एकेडेमी
सुनिल खेलाडी मात्रै नभएर नेपाली खेलकुदका सचेतक पनि हुन्। अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रर्दशन स्तरीय बनाउन केही न केही गरेर बस्ने स्वभावका मान्छे हुन् उनी।

काठमाडौंको बालाजु खरिबोटमा अहिले ठूलो मूल्यमा भवन निर्माण भइरहेको छ। त्यो भवन कुनै ब्यापारिक प्रयोजनको नभइ विदेशिएका पूर्व राष्ट्रिय खेलाडीले एकेडेमी सञ्चालन गर्नका लागि निर्माण भइरहेको भवन हो।

‘च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमी’ नामक एकेडेमीमा मार्सल आर्टस्का सबै खेलहरु प्रशिक्षण हुनेछ। त्यसमा अहिलेसम्म १ करोड २० लाख रुपैयाँ खर्च भएको सुनिल सुनाउँछन्। ‘यसमा हामी ४०-५० जना छौं। मुख्य लगानी गर्नेमा मसँगै तेक्वान्दोका पुष्प थापामगर, उसुका राजु महर्जन, जुडोका सरोज महर्जन र तेक्वान्दोका सुजन जोशी छौं।’

११औं सागमा त्यो गोल्ड मेडल
‘हार नै जितको पहिलो खुड्किलो हो।’ यहि विचार लिएर हिँडेका सुनिलसँग गर्विलो क्षण छ। सन् २०१० मा आयोजना भएको ११औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्दा जतिको खुसी उनलाई केहीमा लागेको थिएन।

५५ केजी तौल समूहमुनि स्वर्ण पदक जितेपछिका सुनिलले त्यो क्षण यसरी सम्झिए, ‘करिब तीन महिनाको अभ्यासले स्वर्ण पदक जितेको सम्झना छ। एकदमै खुसीको क्षण थियो त्यो।  जितपछिको त्यो राष्ट्रगान बज्दा छाती फुलिएको थियो, शीर उच्च थियो। देशलाई स्वर्ण दिलाउन पाउँदा जीवनकै अवस्मरणीय क्षण बनेको छ, त्यो मेरो लागि।’

सुनिलले २०१० कै मात्र साग खेलकुद खेल्न पाए। ६ वर्षपछि भारतमा १२औं साग हुँदा कराते समावेश थिएन। त्यसैले उनी अन्य खेलाडीको तुलनामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेमा कमैमा पर्छन्। तर जतिमा खेले उनी सबैमा सफल भए। 

सन् २०१२ मा भएको १३औं एसियन प्यासिफिकमा पनि उनले स्वर्ण पदक नै जितेका थिए। विश्व च्याम्पियनसिपमा अहिलेसम्म दुई वटा फाइट जित्ने उनी एक्लो खेलाडी पनि हुन्। अमेरिकामा पनि अहिले उनी प्रतियोगिताहरु खेलिरहेका हुन्छन्। अमेरिकामा उनले अहिलेसम्म विभिन्न प्रतियोगितामा ३ वटा स्वर्ण पदक जितेका छन् भने एक कास्य र एक पटक ग्रान्ड च्याम्पियन बनेका छन्।

उनी भन्छन्, ‘जित तिम्रै हो, बस खेल्दै जाउ, हारेँ भनेर कहिल्यै नछोड। खेल्दै जाउ। एकदिन अवश्य गन्तब्यमा पुगिन्छ।’ 

(विदेशिएका खेलाडीको आवाज समेट्न नेपाल लाइभ स्पोर्टस् ब्यूरोले यो श्रृङ्खला ‘मैदान छाडेपछि’ सुरु गरेको हो। जसमा हरेक हप्ता खेलाडीको बोलिमार्फत उनीहरुको भोगाइ, बाध्यता र रहर प्रस्तुत हुन्छन्।)

पहिलो अंक -  

यो पनि पढ्नुहोस्

‘परिवारको अवस्था हेरेँ अनि हिँडे’ सोमबार, साउन २६, २०७७

दोस्रो अंक -  

यो पनि पढ्नुहोस्

जसलाई देशले लुक भन्योसोमबार, भदौ १, २०७७

 

प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १२:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
सुदूरपश्चिमले महिला भलिबल लिग खेल्ने शुक्रबार, साउन २९, २०८३
कांग्रेस केन्द्रीय समिति बैठक आज पुनः बस्दै, सुरुमै शर्माले जरुरी सम्बोधन गर्ने ! शुक्रबार, साउन २९, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? शुक्रबार, साउन २९, २०८३
केही स्थानमा भारी वर्षाको सम्भावना शुक्रबार, साउन २९, २०८३
ग्यास भण्डारण गर्नेलाई आयल निगमले दियो कारबाहीको चेतावनी बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
सर्वत्र आलोचनापछि उपसभामुख ठाकुरले हटाइन् स्टाटस बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्