काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा हुने भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले मिति र ठाउँ प्रस्ताव गरेका छन् ।
अध्यक्ष ओलीले आज गरेको प्रस्ताव तीनदिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकले औपचारिक रूपमा निर्णय लिनेछ । अहिले ओलीको प्रस्तावमाथि छलफल बैठकमा चलिरहेको छ ।
एमालेमा ओलीलाई नेतृत्वबाट बिदा गर्नेुपर्ने बहस चलिरहेको छ । तर, अध्यक्ष ओलीले भने फेसबुकले भन्दैमा नेतृत्व नछाड्ने भन्दै पार्टी कमिटीले भने मात्रै छाड्ने बताइसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।