धादिङ– माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँगको सम्भावित एकताबारे मुख खोलेका छन् ।
धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाटमा उनले केपी ओलीको नेतृत्व नरहे एमालेसँग एकताको ढोका खुल्न सक्ने बताए । उनले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन । तर, ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।’
तिहारलगत्तै समाजवादी मोर्चाभित्र रहेका दलहरूसँग एकता प्रक्रिया अघि बढ्ने उनले जानकारी गराए ।
फागुन २१ को चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउने प्रचण्डले कार्यकर्तालाई सुनाए । युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको उनको जिकिर थियो ।
दाहालले भने ‘अहिले मेरो जेन-जी युवाहरूसँग पनि छ्लफल भैरहेको छ । युवाहरुले माओवादी सही रहेछ भन्ने बुझ्नु भएको छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।