काठमाडौं– साफ यू– २० महिला च्याम्पियनसिप २०२५ अन्तर्गत घरेलु टोली बंगलादेशविरुद्ध नेपाल पराजित भएको छ ।
बंगलादेशविरुद्ध नेपाल ३–१ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमै २–०ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल फर्काउँदै बराबरीमा ल्याएको थियो ।
तर निर्धारित समय बराबरीमा रोकिएपछि सात मिनेट थप गरिएको थियो । उक्त समयमा खेलाडीहरुबीच विवाह हुँदा खेल १२ मिनेटसम्म पुग्यो । अन्तिम समयमा नेपालले तेस्रो गोल खान पुग्यो र खेलमा हार व्यहोर्यो ।
नेपालले शुक्रबार पहिलो खेलमा भुटानलाई ६–१ गोलले पराजित गरेको थियो । ४ टोलीको सहभागिता रहेको च्याम्पियनसिप डबल राउन्ड रोबिनका आधारमा हुनेछ । सबै टोलीले एकअर्कासँग २ पटक खेलेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।