काठमाडौं– साताकाे पहिलाे काराेबारका दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ।
आइतबार सुन ताेलामा ११०० रुपैयाँ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएकाे छ।
महासंघका अनुसार आज सुन ताेलामा १ लाख ९२ हजार ९०० रुपैयाँमा काराेबार भइरहेकाे छ। यसअघि शुक्रबार सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे।
यस्तै, आज चाँदीकाे मूल्य पनि बढेकाे छ। आइतबार चाँदी ताेलामा ६५ रुपैयाँले बढेर २ हजार २८५ रुपैयाँमा काराेबार भइरहेकाे छ। यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार २२० रुपैयाँमा काराेबार भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।