काठमाडाैं – विवादास्पद ठेकेदार मनोज भेटवालका सहयोगी नरेश कुमार चेङवाङ पक्राउ परेका छन्।
प्रहरी वृत्त जनसेवाको टोलीले उनलाई पक्राउ गरेको हो। उनी जलेस्वर बीकोई बिल्डर्स प्रालिमा कार्यरत व्यक्ति हुन्।
यसअघि असार १३ गते १० लाख बिगो कायम भएको चेक बाउन्स मुद्दामा भेटुवाल पक्राउ परेका थिए। साझेदार चेङवाङविरुद्ध बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले बताए।
तेह्रथुम जिल्लाको फेदाप-४ का ४७ वर्षीय स्थायीवासी चेङवाङले सिन्धुलीका राजकुमार बराललाई ४ करोडको चेक दिएका थिए। उनकै जाहेरीले जिल्ला अदालत काठमाडौंबाट असार ६ गते पक्राउ पुर्जी जारी भएको प्रवक्ता बोहराले बताए।
काठमाडौं भ्यु टावर निर्माणकै क्रममा उक्त आर्थिक कारोवार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त निर्माणकार्यका लागि स्वीकृत रकम निकासामा बिलम्ब हुँदा यो समस्यामा परेको चेङवाङले प्रहरीलाई बताएका छन्।प्रहरी वृत्त जनसेवाको टोलीले उनलाई पक्राउ गरेको हो। उनी जलेस्वर बीकोई बिल्डर्स प्रालिमा कार्यरत व्यक्ति हुन्।
यसअघि मनोज भेटवाल समेत पक्राउ परेकोमा स्वास्थ्य समस्या देखाउँदै जिल्ला अदालत काठमाडौंले छाड्न आदेश दिएको थियो। उनीहरुविरुद्ध बैंकिङ कसुरको मुद्दामा जाहेरी परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।