काठमाडौं – सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १४८ रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले ६ विकेट गुमाएर १४७ रन बनाएको हो।
सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४५ रनमा अविजित रहे।इसान पाण्डे ३८, क्रिश ब्रोन २४,कप्तान दीपेन्द्र सिंह ऐरी १९, बिनोद भण्डारी १५, दीपक बोहरा ३,र हर्मित सिंह शून्यमा आउट भए।
विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए भने प्रतिश जीसीले दुई र बसिर अहमदलेएक विकेट लिए।
दुवै टोली प्लेअफमा पुगिसकेका छन् । विराटनगर किङ्सलाई शीर्ष २ मा पर्नका लागि राम्रो अन्तरको जित आवश्यक छ ।
सुदूरपश्चिम भने पराजित भए पनि शीर्ष स्थानमै रहने पक्का छ । उसले अपराजित यात्रा जारी राख्दै आफ्नो दबदबा कायमै राख्ने लक्ष्यमा छ ।
विराटनगरले राम्रो रनरेटका साथ जित निकाले सुदूरपश्चिमसँगै नै पहिलो क्वालिफायरमा खेल्नेछ। अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ। त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाण्डु गोर्खाज भिड्नेछन्।
सुदुरपश्चिमको टोलीः
दिपेन्द्र सिंह ऐरि, आरिफ शेख, अविनास बोहोरा, इसान पाण्डे, विनोद भण्डारी, दिपक बोहोरा, जस ब्राउन, हरमित सिंह, हिक्मत महरा, धु्रव परासर, पुनित मेहरा
विराटनगरको टोलीः
प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, सन्दीप लामिछाने, सुर्य तामाङ, शंकर राना, नरेन भट्ट, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गप्टिल, मर्चेन्ट डि लाङगे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।