• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

देशबाट पर हो, खेलबाट छैन

64x64
सराेज तामाङ सोमबार, असोज ५, २०७७  १३:४९
1140x725

काठमाडौं- बाध्यता र अभावमा मैदान छाड्न बाध्य खेलाडीहरुको कथामा केही फरक अनुभव र अवस्थाहरु पनि छन्। जसलाई अवसरका रुपमा लिने हो भने मैदान छाड्नु उनीहरुको भाग्य नै भन्नुपर्ला। यसैले दुःखले थिचिएर बसिरहेका र दुःखै काट्न बाहिरिएकाहरुमा टेबलटेनिस खेलाडी दिप साउनको कथा अलि भिन्न छ। 

दिप नेपालमा टेबलटेनिस स्टार खेलाडी हुन्। तर उनको खेल कौशल देख्न नपाएको पनि दुई वर्ष बित्यो। खेल्दा खेल्दै चटक्कै छाडेर उनी अमेरिका हुइँकिए।

पेशा नै परिवर्तन गरेर विदेशिएका खेलाडीको सूचि छोटो छैन। अझ कीर्तिमानी खेलाडीको विदेश पलायनले त नेपालको खेलकुदमा केही हुँदैन भन्ने देखाइरहन्छ। राम्रा खेलाडी विदेशिनु अरु विदेशिनेको जस्तै बाँच्ने शैली सुधार्ने आश नै हो, तर नेपाली खेलकुदको लागि त त्यो दुर्गति भइरहेको छ। 

नेपालको त्यस्तो कुनै खेल छैन, जहाँबाट खेलाडी नविदेशिएका हुन्। विदेशिएका कीर्तिमानी खेलाडीलाई न रेकर्डले रोक्यो, न सफलताको उचाइले। यो भन्दा बलियो समस्याले निम्त्याएको आवश्यकता र इच्छाहरु हुँदो रहेछ। यसैले त कति इच्छा र रहरले विदेशिएका छन् कति परिबन्धले।

दिपको कथामा परिबन्ध भन्दा बढी रहर नै जोडिएला। या त परिबन्ध आउनुअघि नै उनलाई अवसर आयो। विदेश जाने अवसरमा खेलाडीहरु एक क्षण पनि खेल छाड्दिनँ भनेर सोच्न सक्ने स्थिति देशमा छैन। खेलकुद क्षेत्रमा कुरा जति ठूला भए पनि यो रहरका खेलाडीले टिकिरहेको क्षेत्र हो। 

अमेरिकाले तान्यो
सन् २०१८ इन्डोनेसियामा आयोजना हुने एसियन गेम्सको तयारीमा जुटिरहेका थिए दिप। पुलिसमा जागिरे दिपलाई अभाव केही कुराको थिएन। काठमाडौंमै जन्मिएकाले पनि सुदूरदेखि आएर संघर्ष गरिरहेका खेलाडीमाझ दिप आफूलाई भाग्यमानी नै ठान्थे।

खेल क्षेत्रमा लागिरहेका एक खेलाडी, छाडेर जाने नसोचेको बेला अवसर त्यस्तै आइदियो, जसलाई दिपले नाइँ भनेनन्। उनलाई डिभीले अमेरिका तान्यो। विदेशिने रहरले भरेको चिठ्ठाले उनलाई देशको मैदानबाट पर लगिदियो। 

nimb
nimb
Ncell 2
Ncell 2

एसियन गेम्सपछि अमेरिका जाने निधो गरेर उनले बन्द प्रशिक्षणलाई निरन्तरता नै दिइरहेका थिए। तर खेल सोचेजस्तो भएन। टिम इभेन्ट्समा भाग लिएकोमा प्रर्दशन राम्रो भएन। चीनसँग ३–० को सेटमा पराजित भए। 

दिप भन्छन्, ‘एसियन गेम्सको बन्द प्रशिक्षणमा हुँदा डिभीको भिसा आएको थियो। तर एसियन गेम्स खेलेर आएँ। अनुभव बटुल्ने मात्रै हो। चीनसँग जित्न त कहाँ सकिन्छ र।’

एसियन गेम्स लगत्तै अमेरिका पुगेका दिप अहिले क्यालिफोर्नियामा छन्। नेपाल छोड्दै गर्दा, बाल्यकालदेखि नै खेल्दै आएको टेबलटेनिसबाट टाढिँदाको दुःख नलागेको होइन। सुर्ताले नसताएको होइन। अमेरिकामा पुगेर के गर्ने? भन्ने चिन्ता नभएको होइन। तर त्यो सबैलाई अमेरिकाको सपनाले जितिरहेको थियो। 

उनले कामकै सिलशिलामा केही गर्ने सोच बनाइरहेका थिए। खेलकै दौरानमा अमेरिकामा चिनजान पनि भएको हुँदा टेबलटेनिसमै केही गर्ने लक्ष्य समेत थियो। नभन्दै उनलाई दुई वटा क्लबले बोलायो। फ्रेमन्ट टेबल टेनिस एकेडेमीले उनलाई टिकटको व्यवस्थासमेत गरेर क्यालिफोर्निया बोलाएपछि दिप गए।

‘सुरुमा विदेशिँदा टेबलटेनिस छाडेँ भनेर डर थियो। करिब २० वर्षे लामो आफ्नो खेल करियरलाई बिचैमा छोडेर हिँड्दा दुःख त निकै लाग्दो रहेछ’, दिप सुनाउँछन्।

तर उनको त्यो दुःख र डर खुशीमा परिणत भयो। दिपले सानैबाट अरु काम छोएका थिएनन्। अरु केही गर्न आउने पनि थिएन। उनले जानेकै टेबलटेनिस खेल्न। नेपालमा हुँदा खेल्ने बाहेक अरु काम पनि थिएन। एक्कासी टेबलटेनिसबाटै बिदा भएका उनलाई फेरि यही खेलमा फर्किन्छु भन्ने लागेको थिएन।

उनी अहिले क्यालिफोर्नियाको क्लबमा प्रशिक्षकको भूमिकामा छन्। फ्रेमन्ट टेबल टेनिस एकेडेमीमा दुई सय जना जति विद्यार्थी खेलाडी छन्। दीप फुल टाइम टेबलटेनिस सिकाउने गर्छन्।

‘धेरै सहज भयो मलाई आफ्नै पेसामै फेरि जोडिन पाउँदा। मैले अरु नै काम गर्नु परेको भए गाह्रो हुने थियो होला’, उनी थप्छन्, ‘नेपालबाट अमेरिका आउँदा म टेबलटेनिसमै आबद्ध हुन्छु भन्ने लागेको थिएन। तर मेरो भाग्य राम्रो रहेछ।’

दिपको पारिश्रमिक पनि राम्रो छ। सम्झौता प्रत्येक वर्ष नवीकरण गर्दै जान्छन्। उनको प्रशिक्षणप्रति क्लब पनि सन्तुष्ट नै छ। तर सुरुमा काम पाउन निकै मुस्किल परेको उनी सुनाउँछन्। ‘यहाँ चीनका खेलाडीहरु धेरै छन्। चीनका राम्रा खेलाडीहरु धेरै हुँदा हामीले कोचिङ पाइहाल्ने अवस्था छैन।’

नेपालमा यस्तै भइदिए
दिपले अमेरिकामा प्रशिक्षण मात्रै गराउँदैनन्। खेल्छन् पनि। क्यालिफोर्नियामा रेटिङको व्यवस्था छ। जसले गर्दा कुन खेलाडीको स्तर कस्तो भनी निर्धारण भइरहन्छ। त्यसै रेटिङलाई टेक्दै दिपले प्रशिक्षण गर्न पाइरहेका हुन्।

क्यालिफोर्निया अमेरिकाको टेबलटेनिसको हब जस्तै भएको दिप सुनाउँछन्। भन्छन्, ‘म बसेको स्थानमा ४–५ जना ओलम्पियन खेलाडीहरु छन्। प्रत्येक महिनामा २–३ वटा प्रतियोगिता भइरहन्छ। म पनि खेल्छु। यहाँको स्तर राम्रो छ। सन्तुष्ट नै छु। टेबलटेनिसमै छु।’

क्यालिफोर्नियाको क्लबहरु व्यवसायिक छन्। प्रत्येक क्लब आर्थिक रुपमा सम्पन्न छन्। राम्रा प्रशिक्षक राखेर व्यवस्थित अभ्यास गराउँदै आइरहेका छन्। खेलकुद संस्कार बसेको समाज छ। कुनै न कुनै खेलमा छोराछोरीलाई आबद्ध गराउँ भन्ने सोच अभिभावकमा छ। तर नेपालमा यस्ता संस्कारको विकास भएको छैन। सित्तैमा सिकाइ दिन्छौं भन्दा खेल्न नपठाउने नेपालको स्थिति छ। पैसा तिरेर त सिकाउने नेपाली अभिभावक विरलै पाइन्छ।

‘यहाँ सिक्न आउने प्रत्येक खेलाडीले शुल्क तिर्नु पर्छ। नेपालमा त्यस्तो छैन। यहाँ खेलाडीको लागि सरकारले राम्रो व्यवस्था गरेको छ। व्यवस्थित प्रतियोगिताहरु हुन्छ। खेलेरै राम्रो कमाइ हुन्छ। खेलाडीले आफ्नो भविष्य राम्रो बनाउने स्थान छ। नेपालमा त्यस्तो छैन’, दिप भन्छन्।

लामो इतिहास बोकेको नेपाली खेलकुदमा अहिलेसम्म पनि व्यवसायिकता भित्रिन सकेको छैन। जसको कारणले गर्दा सयौं खेलाडी पेशा छोड्न बाध्य छन्। खेलेर सुन्दर भविष्य बनाउन सक्ने स्थिति नभएपछि अर्कै पेशा छान्नु खेलाडीको बाध्यता बनेको छ। टेबलटेनिसमा अहिलेसम्म व्यवसायिकताको त कुरै छोडौं स्तरीय प्रतियोगिताकै अभावमा खेलाडी छन्।

त्यो ११औं साग
नेपाली टेबलटेनिससँग दिपको त्यस्तो साइनो जोडिएको छ, जुन अटुट छ। त्यसैले त उनी देश छाडे पनि टेबलटेनिसमै रमाइरहेका छन्।
एक समयका स्टार खेलाडी दिपले निकै अन्तर्राष्ट्रिय प्रतियोगिता खेले। केही यादगार पलहरु कोरे। सन् २०१० मा बंगलादेशमा भएको ११औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता उनको खेल करियरकै स्मरणीय क्षण हो। हुन त अन्तर्राष्ट्रिय स्तरमा उनको लागि पहिलो पदक भएर पनि होला।

क्वाटरफाइनलमा पाकिस्तानलाई पराजित गर्दै टिम इभेन्ट्समा नेपाल सेमिफाइनलमा पुगेको थियो। बलियो थियो पाकिस्तान। पाकिस्तानका खेलाडी फाइनल खेलिरहेका थिए। तर टिम इभेन्ट्समा भने नेपालसँगै पराजित हुन पुग्यो। पाकिस्तानलाई पराजित गर्दा टिमका एक हिस्साको रुपमा दिप पनि थिए। टिममा दिपसँगै अजय सुवाल, पुरुषोत्तम बज्रचार्य, शिवसुन्दर गोथे र चन्दन शाही थिए।

दिप भन्छन्, ‘हामीले ३–० को सेटमा पाकिस्तानलाई हरायौं। खेल्नुभन्दा अघि यस्तो नतिजा आउँछ जस्तो लागेको थिएन। त्यहीँ पाकिस्तानका खेलाडीहरु फाइनल खेलिरहेका थिए।’

तर नेपालका लागि सेमिफाइनलमा भारत बाधक बन्यो। सेमिफाइनलबाट अघि बढ्न नसकेको टिमले नेपाललाई कास्य पदक भने दिलायो। दिपले आफ्नो खेलाडी करियरमा नेपालबाट थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेले। उनले टिम इभेन्ट्समा नेपाललाई सन् २०१६ मा भएको साग खेलकुदमा पनि कास्य पदक दिलाए।

सन् २०१४ मा कोरियामा भएको एसियन गेम्स, चीनमा भएको विश्व च्याम्पियनसिप, एसियन टेबलटेनिस च्याम्पियनसिप, विश्व युनिभर्सिटीसम्मका प्रतियोगिताहरु खेल्न भ्याए। यो अवधिमा नेपाली खेलकुदमा दाम त त्यस्तै हो, नाम भने कमाए। सबैले उनलाई दिप साउन भनेर चिने। टेबलटेनिस पछ्याउने धेरैको तारा बने। तर त्यही तारा आज नेपालमा उदाउँदैनन्।

अन्धकार भविष्य
सानो उमेरदेखि नै टेबलटेनिसप्रति दिपको झुकाव थियो। विद्यालय स्तरदेखि नै टेबलटेनिस खेल्दै आएको दिपको लागि राष्ट्रबाट खेल्न त्यति गाह्रो पनि भएन।

दिप २०६५ सालमा राष्ट्रिय प्रतियोगितामा छिरे। त्यसपछि लगातार देशको लागि खेल्दै आए। उनी दुई पटक राष्ट्रिय च्याम्पियन बनेका छन्। २०६८ सालमा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण जित्दै राष्ट्रिय च्याम्पियन बनेका उनी २०७३ मा भएको सातौं राष्ट्रिय खेलकुदमा पनि च्याम्पियन बने।

दिप भन्छन्, ‘टेबलटेनिस खेल्दा कहिल्यै नकारात्मक सोच आएन। विद्यालयहरुमा पनि सिकाउने हुँदा महिनाको ५० हजार रुपैयाँ जति कमाइरहेको पनि थिएँ। आर्थिक अवस्था संकटमा थिएन। पश्चताप पनि थिएन। खुशी नै थिएँ।’

मान्छेलाई आवश्यकता र इच्छाले त कहिले पूर्ण बनाउँछ र। भएको भन्दा अलि होस् भन्ने चाहनाले नै मान्छेमा नयाँपन भइरहेको होला। यसैले कुनै बेला देशको लागि राम्रो खेल्दै नाम कमाउने सपना देखेका दिपको सपना फेरियो। लक्ष्य फेरियो। खेलेर मात्रै हुँदैन। आर्थिक रुपमा पनि बलियो हुनुपर्छ भन्ने सोच आएपछि उनको टेबलटेनिससँग साइनो विरानो बन्दै गएको थियो।

भन्छन्, ‘टेबलटेनिस खेलेर गुजरा चलिरहेको थियो। तर भविष्य राम्रो भने थिएन। विपत पर्दा होस् या कुनै ठूलो समस्या आउँदा पैसा नहुने भन्ने थियो। पैसा अलि अलि भए पनि बचत हुने अवस्था थिएन। आफ्नै केही व्यवसाय गर्ने सोच थियो। बाहिरिने सोच आइरहेको थियो।’

उनलाई खेलकुदमा लागेकोमा दुखमनाउ पनि छैन। तर गुनासो छ, अखिल नेपाल टेलबटेनिस संघसँग। संघले जति गर्नु पथ्र्यो त्यो गरेन। खेल र खेलाडीको लागि संघले प्रभावकारी भूमिका खेल्न नसकेको तितो सत्यो हो। संघ आफै राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्दैन। सधैं खेलाडी राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्रतियोगिता ताकेर बस्नु परेको छ। विगतमा यस्तै थियो। अहिले पनि त्यस्तै छ।

दिप भन्छन्, ‘मैले २० वर्ष टेबलटेनिसमा बिताएँ तर २० वटा राष्ट्रिय प्रतियोगिता खेल्न पाइनँ। म विदेशिनुको एउटा कारण यो पनि हो।’

हुन त संघ बेकामे नै देखिन्छ। खेलाडीलाई पैसा तिराएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पठाउँछ। दिपले मात्रै होइन धेरै खेलाडीले आफ्नै गोजीको पैसा तिरेर ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएका छन्। सम्भावना र हैसियत हुँदा हुँदै पनि संघले खेलाडीको सुविधामा हेलचक्र्याई गरेकै हो।

‘सुरुमा जर्मनीमा विश्व च्याम्पियनसिप प्रतियोगिता खेल्न मेरो नाम थियो। तर आफैले एक लाख रुपैयाँ हालेर जानु पर्ने भएपछि म गइनँ। अरु आफ्नै पैसामा खेल्न गए। त्यसपछि मैले पनि विदेशमा खेल्न आफ्नै पैसा हालेर गएको छु’, दिप तितो अनुभव सुनाउँछन्।

दिपलाई त अप्ठ्यारो समय आउनुअघि फरक अवसर आयो तर कति खेलाडी खेल्ने दिन कुरेर चुपचाप देशभित्रै बसिरहलान्? खेलिरहेकाहरु केही नहुँदा पनि खेल्न पाइएको छ भन्ने सोचेर मात्र कति दिन खेलाडी बनिरहलान्?

(विदेशिएका खेलाडीको आवाज समेट्न नेपाल लाइभ स्पोर्टस् ब्यूरोले यो श्रृङ्खला ‘मैदान छाडेपछि’ सुरु गरेको हो। जसमा हरेक हप्ता खेलाडीको बोलिमार्फत उनीहरुको भोगाइ, बाध्यता र रहर प्रस्तुत हुन्छन्।)

श्रृंखलाको अरु अंकहरु -

यो पनि पढ्नुहोस्

लुटिएको हाँसो खोज्नु थियोसोमबार, भदौ २९, २०७७

यो पनि पढ्नुहोस्

खाडी जानु रहर होइनसोमबार, भदौ २२, २०७७

यो पनि पढ्नुहोस्

‘परिवारको अवस्था हेरेँ अनि हिँडे’ सोमबार, साउन २६, २०७७

यो पनि पढ्नुहोस्

जसलाई देशले लुक भन्योसोमबार, भदौ १, २०७७

यो पनि पढ्नुहोस्

जसले देश भुलेका छैनन्सोमबार, भदौ ८, २०७७

यो पनि पढ्नुहोस्

अब फुटबल खेल्दिनँसोमबार, भदौ १५, २०७७

 

प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १३:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
ग्यास भण्डारण गर्नेलाई आयल निगमले दियो कारबाहीको चेतावनी बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
थबाङ पहिरो अपडेट : मृतकको संख्या १० पुग्यो, तीन बेपत्ताको खोजी जारी [नामसहित] बिहीबार, साउन २८, २०८३
पत्रकार किशोर श्रेष्ठको घरमा आज पनि मध्यरातसम्म खानतलासीमा प्रहरी बिहीबार, साउन २८, २०८३
चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधनप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
सर्वत्र आलोचनापछि उपसभामुख ठाकुरले हटाइन् स्टाटस बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्