काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले हेटौँडामा सर्वोच्चको आदेश विपरीत सडक विस्तार गर्न संरचनामा डोजर चलाएकोप्रति कानुनी राज्यको नांगो उपहास भएको टिप्पणी गरेका छन् ।
सर्वोच्च अदालतले सडक विस्तार रोक्न आदेश दिइसक्दा पनि सरकारले संरचना भत्काउन थालेपछि उनले सामाजिक सञ्जाल एक्समार्फत् हेटौँडामा कानुनी राज्यको नांगो उपहास भएको टिप्पणी गरेका हुन् ।
उनले बाइपासको विकल्प छँदाछँदै र राजमार्ग बन्नुअगावै बसेको बस्ती अनि जनताको वैध स्वामित्व रहेको निजी सम्पत्तिमाथि मुआब्जा नदिई जबरजस्ती कब्जा गर्ने कार्य जघन्य अपराध भएको समेत बताएका छन् ।
उनले भनेका छन्, ‘कानुनी राज्यको नांगो उपहास ! सर्वोच्च अदालतले ‘सडक विस्तार तत्काल रोक्नु’ भन्ने आदेश दिँदादिँदै पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकार जनताको निजी सम्पत्तिमाथि आक्रमण गर्दै छ । बाइपासको विकल्प छँदाछँदै र राजमार्ग बन्नुअगावै बसेको बस्ती अनि जनताको वैध स्वामित्व रहेको निजी सम्पत्तिमाथि मुआब्जा नदिई जबरजस्ती कब्जा गर्ने कार्य जघन्य अपराध हो । शक्तिको दुरुपयोग गरी जनताको घर भत्काऊ, तर कमसेकम ‘अतिक्रमणकारी’ भन्ने गलत आरोप जनतामाथि नलगाऊ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।